मैले स्नातक पढेका,
अनपढ देखेकाे छु!
मैले बिद्यालय नगएका,
बिज्ञ भेटेकाे छु।
मैले आफू शिक्षित भनिएकाले,
गरेकाे असभ्य ब्यवहार देखेकाे छु!
मैले अशिक्षित भनिएकाले,
निर्माण गरेकाे सभ्यता देखेकाे छु।
त्यसकारण…
म कस्लाइ शिक्षित मानौँ ?
मैले दिनहु मन्दिर धाउने
अधर्मि देखेकाे छु!
मैले मन्दिर नटेकेका
महात्मा भेटेकाे छु ।
मैले काल्पनिक बिज्ञता देखाउन
गरेकाे बहस सुनेकाे छु!
मैले ज्ञानिहरूमा
शान्ति र गहन माैनता भेटेकाे छु।
मैले धनवान्, दरिद्र देखेकाे छु!
मैले निर्धन, सम्राट भेटेकाे छु ।
मैले भुइमान्छेबाट
सभ्यता सिकेको छु!
मैले ठुला भनिएकाबाट
अहंकार सिकेकाे छु ।
त्यसकारण…
म कस्लाइ महान मानौँ ?
म कस्लाइ तुच्छ ठानौँ ?
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।