मैले पुरानो घर भत्काउदै गर्दा
आमाले आँसु झार्दै भन्नू भो
यो घरनै तेरो जन्म घर हो
जुन घर बनाउन सुरु गर्दा
त गर्भमा थिइस
घर जति सानो र कमजोर छ
मेरो मन पनि उत्ति नै कमजोर छ
यहि घर बनाउदा म सात दिन भोको बसेकि छु,
यसलाइ लाग्ने काठ ओसार्दा
फुटेको थियो तेरा ‘बा’को काँध
यहि घरको गार्हो लगाउन
ढुङ्गा ओसार्दा पुछेकी थिए
हत्केलाले पसिनाका सयौ थोपा
जसो – तसो बन्यो घर
गाउँघर समाजको अस्तित्वमा
ठडियो एउटा नयाँ बामपुड्के घर
लगत्तै उदय भइस त मेरो गर्भबाट धरतीमा ।
अब हाम्रो मेहनतको इतिहास र
तेरो जन्म सालको प्रतीक
भग्नावशेष पनि रहनेछैन एक्छिनमा
तब म कसरी नरुन सक्छु
कि,नयाँ बन्ने घरको खुशिमा !
भुकम्पको चपेटाले चिरा परेको घर भत्काउँदै
नयाँ घर बनाउन तम्सिएको मैले
आमालाई सम्झाउनै सकिन,
कि नयाँ संरचना बनाउन
पुरानो संरचना भत्काउनै पर्छ भनेर ।।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।