नेपाली साहित्य जगतमा विशिष्ठ स्थान पकड गर्न सफल स्थापित साहित्यकार हनुहुन्छ प्रा.डा. शैलेन्दुप्रकाश नेपाल । उहाँकाे जन्म २०१८ मंसिर १९ गते पिता पुर्णप्रकाश यात्री र माता चन्द्रकुमारी नेपालकाे सुपुत्रका रूपमा कटुञ्जे, भाेजपुरमा भएकाे हाे। उहाँले एम.ए. बि.एड एवम् नेपालीमा विद्यावारिधि हासिल गर्नु भएकाे छ।
उहाँका प्रकाशित कृतिहरूमा गीतिकाव्य, कविता, खण्डकाव्य, महाकाव्य, उपन्यास, बालसाहित्य र पाठ्यपुस्तक लेखन गरि चार दर्जन कृतिहरू प्रकाशित भएका छन्।
विभिन्न साहित्यिक संघ संस्थामा नेतृत्व गर्नुभएका डा. नेपाल “हिमाली साैगात” पत्रिकाकाे सम्पादक र प्रकाशक पनि हुनुहुन्छ।
साहित्यमा उल्लेखनिय याेगदान गरे वापत तीन दर्जन भन्दा बढि सम्मान र पुरस्कार प्राप्त गर्नु भएका आदरणीय व्यक्तित्व प्रा.डा. शैलेन्दुप्रकाश नेपालका केही हाइकुहरूलाई यहाँ प्रकाशित गरेका छाैँ।
१.
गुरु नभए
मान्छे चल्ने कसरी
श्वास नरहे।
२.
मादल ताल
प्रकृतिकाे माथमा
बाेल्छ नेपाल ।।
३.
धुलिखेलमा
खुल्दुली मात्र भाे नी
खेल्न मिलेन।।
४.
साकुरा पैयुँ
जापान र नेपाल
मैत्री आँकुरा ।।
५.
पञ्चतत्वकाे
सप्तऋषिको विज्ञान
पञ्चामृत हाे।।
६.
चर्काे घाममा
रसिलाे फलफूल
तिम्राे सम्झना ।।
७.
पैयुँ हाे हाम्रै
साकुरा जापानमा
मान हाे राम्राे।।
= संकलन तारा के. सी