२०२५ फागुन १९ गते ठमेल सातघुम्ती काठमाडौंमा माता प्रेमकुमारी सुवेदी र पिता आदित्यचरण सुवेदीकाे सुपुत्रका रूपमा जन्मिएका हरिश कल्पित नेपाली साहित्यकाे आख्यान विधामा चर्चित आख्यानकार हुन्।
२०४१ सालदेखि लेखन यात्रामा सुरू गरेका कल्पितकाे पहिलाे कथा “ठुली बज्यै” २०४८ सालकाे मधुपर्कमा छाँपिएकाे थियाे। उनकाे हालसम्म दुइओटा कथा संङ्ग्रह आस्था- २०५७, ग्याब्रियले २०७७ प्रकाशित छन्।
आख्यान विधामा बढि रुचि राख्ने हरिश कल्पितले कविता, नियात्रा र हाइकु विधामा पनि कलम चलाउँदै आएका छन्। आज हामी उनै साहित्यकार हरिश कल्पितका केही हाइकुहरूलाई यहाँ प्रस्तुत गरेका छौँ ।
१.
साकुरा फुल्याे
सुन्दर सहरमा
जापान टाेक्याे।।
२.
हिड्दै डुल्दै
प्रकृतिको काखमा
पदयात्री हाैं ।।
३.
स्रष्टा हामी हाै
नयाँ – नयाँ ठाउँमा
रम्दै हिड्ने।।
४.
देशकाे पीडा
राेजगारी अभाव
विदेश यात्रा ।।
५.
देशकाे नेता
नैतिकता पढ्न
दु:खी जनता ।।
६.
आशाकाे दियाे
प्रेमकाे उपहार
मुटुकाे टुक्रा ।।
७.
आमाकाे माया
अमुल्य बरदान
याे जगतमा।।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।