२०२५ फागुन १९ गते ठमेल सातघुम्ती काठमाडौंमा माता प्रेमकुमारी सुवेदी र पिता आदित्यचरण सुवेदीकाे सुपुत्रका रूपमा जन्मिएका हरिश कल्पित नेपाली साहित्यकाे आख्यान विधामा चर्चित आख्यानकार हुन्।
२०४१ सालदेखि लेखन यात्रामा सुरू गरेका कल्पितकाे पहिलाे कथा “ठुली बज्यै” २०४८ सालकाे मधुपर्कमा छाँपिएकाे थियाे। उनकाे हालसम्म दुइओटा कथा संङ्ग्रह आस्था- २०५७, ग्याब्रियले २०७७ प्रकाशित छन्।
आख्यान विधामा बढि रुचि राख्ने हरिश कल्पितले कविता, नियात्रा र हाइकु विधामा पनि कलम चलाउँदै आएका छन्। आज हामी उनै साहित्यकार हरिश कल्पितका केही हाइकुहरूलाई यहाँ प्रस्तुत गरेका छौँ।
//१//
साकुरा फुल्याे
सुन्दर सहरमा
जापान टाेक्याे
//२//
हिँड्दै डुल्दै
प्रकृतिको काखमा
पदयात्री हौं
//३//
स्रष्टा हामी हाै
नयाँ-नयाँ ठाउँमा
रम्दै हिड्ने
//४//
देशकाे पीडा
राेजगारी अभाव
विदेश यात्रा
//५//
देशकाे नेता
नैतिकता पढ्न
दु:खी जनता
//६//
आशाकाे दियाे
प्रेमकाे उपहार
मुटुकाे टुक्रा
//७//
आमाकाे माया
अमुल्य बरदान
याे जगतमा


