नेपाली साहित्य जगतमा एउटा चर्चित नाम हाे रत्नप्रसाद अनामणि श्रेष्ठ। काभ्रेकाे नालामा पिता लालबहादुर श्रेष्ठ र माता जनकमाया श्रेष्ठका सुपुत्रका रूपमा २०२६ असाेज ६ गते जन्मनु भएका श्रेष्ठले एम.ए,बि.एड सम्मकाे शिक्षा हासिल गर्नुभएकाे छ । २०४५ सालमा पंचायत मासिकमा उहाँकाे पहिलाे पटक कविता प्रकाशन भएकाे थियाे।
उहाँले चार दशकदेखि निरन्तर गजल, हाइकु, कविता, निबन्ध, समिक्षा, बालसाहित्य, मुक्तक, नाटक क्षेत्रमा कलम चलाउदै आउनु भएकाे छ । विभिन्न साहित्यिक संघ संस्थाबाट सम्मानित स्रष्टा रत्नप्रसाद अनामणिका दुई दर्जन भन्दा बढि कृतिहरू प्रकाशित छन्।
खाेज अनलाइन रेडियाे, खाेज अनलाइन टेलिभिजन, साहित्यिक पत्रकारिताका साथै विभिन्न सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ उहाँ । आज हामीले उहाँका केही हाइकुहरू यहाँ प्रस्तुत गर्दछौँ।
१.
फेरि भेटियाे
एकजाेडी गौंथली
गर्मीकाे याम ।
२.
माया पिरती
नगद र उधाराे
घाम र पानी।
३.
राेपी पसिना
मलाई मुक्ति देऊ
नयाँ नेपाल ।
४.
पाहुना हामी
संसार धर्मशाला
खहरे खाेला ।
५.
मान्छे जन्मनु
घटना परिघटना
हजाराैं प्यास।
६.
फाेहाेरी खेल
सचेत हुनुपर्ने
जिन्दगी भर ।
७.
तिम्राे मुहार
भेटमा छचल्किने
असारे पानी ।।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।