Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: पैसा

कथा: पैसा

ममता मृदुल
हाम्रो कथा घरहाम्रो कथा घरअशोज १३, २०८१5 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

मधु नामजस्तै गुलियो स्वभावकी धनी थिइन् ।
उनी असाध्यै सुन्दरी थिइन् । सधैंभरि मीठो बोली बोलेर सबैलाई रिझाएकी थिइन् ।
स्नातक पास भएपछि घरमा उनको बिहेको कुरा चल्न थाल्यो । मृदुभाषी, सुकुमारी मधु आमाबुबाको इच्छाअनुसार विवाह गर्न राजी भइन् । गौरवसंँग मधुको विवाह भयो ।

व्यवसायी गौरव व्यापारको सिलसिलामा बाहिर गइरहन्थे । मधुको गौरवसँंगको वैवााहिक सम्बन्ध राम्रैसँंग बितिरहेको थियो । उनीहरूबीच अगाध प्रेम थियो । मधुले दुई वर्षको अन्तरालमा दुई छोरा जन्माइन् । छोरा हुर्काउन रमाएकी मधुलाई बाहिरी संसार हेर्ने फुर्सद थिएन ।
धेरै खुशी मनभरि सँंगालेर मधु छोरासँगै एक महिना माइत बस्न आइन् । आमाको सान्निध्यमा माइतीमा छिट्टै समय बित्यो । समयको चक्रसँगै माइतबाट बिदा भएर उनी घर आइन् । घरमा नौला मान्छे आएका थिए । अन्दाजी पच्चीस वर्षे आइमाई र एउटी केटी थिई । मधुले हाँसेर

सोधिन् – तपाईलाई मैले चिनिन ।
मधुको प्रश्न नसकिंदै सासू आमा बाहिर आइन् । ठूलो छोरा आँगनमा भकुन्डो खेल्दै थियो । मधुले उत्तरको प्रतीक्षा गरिनन् । ढोगभेटपछि आफ्नो कोठामा आइन् । लथालिङ्ग कोठा मिलाउन थालिन् । एक महिना घर छाडेर हिंड्दा मेरो कोठा गोदाम भएछ । एक्लै बोल्दै कुचो लगाइन् । साँझ झमक्क भइसकेछ । हतारहतार भान्छाको तयारीमा जुटिन् । छोरा र सासू आमालाई खाना ख्वाइन् । , पाहुना र तीनकी छोरीलाई खान दिइन् । खाना खाएपछि छोराहरूलाई सुताउँदै थिइन्, गौरव आइपुगे । मधुले गौरवतिर हेर्दै भनिन्
‘कहिलेकाहीं त हामीलाई सम्झेर छिटो आउँदा हुन्थ्यो नि !’

काम धेरै थियो, मिटिङ साँझ परेपछि सकियो । छिटो आउन चाहेर पनि सकिंन ।
मधु उठिन् ! हिँड्नुस खाना खाऊँ भोक लागिसक्यो ।
दुवै जना खान गए । खाना खान सुरु गरेपछि गौरवले रामवती खोई भनेर सोधे ।
ए ! त्यो बच्चाकी आमा खाना खाईवरी सुत्न गई ।
मधुले सरल जवाफ दिइन् ।
गौरव केही बोलेनन्, चूपचाप खाना खाए ।
मधु खुसी थिइन् । गौरव खाना खाएर आमाको कोठातिर गए । मधु भान्साको काममा लागिन् ।

आमा निदाउनुभयो ?
छैन बाबु आइज भित्र, आमाले बोलाइन् । गौरव आमाको छेउमा बसे, आमा उठेर बसिन् ।
आमा म के गरूँ ? भोलि मधुले सबै कुरा थाहा पाउँछे । मैले सोच्न सकेको छैन । म मधुलाई सम्झाउन सक्दिनँ । कसरी भनूँ आमा केही …………।

गौरव मधु सोझी र पढेलेखेकी छे । समस्या जति जटिल भएपनि समाधान नगरी हुँदैन । यी कुरा मैले भन्दा तैले भन्नुपर्छ । धैर्यका साथ प्रेमले सम्झाउनु, आवेशमा नआई समस्याको समाधान खोज्नुपर्छ । प्रयास तैले गर्नुपर्छ । आमाछोरा बीच गोप्य वार्ता चलेजस्तो छ नि ! मधु हाँस्दै भित्र पसिन् ।

मधु! आइमाईको जीवनमा कति बेला आँधी बेहरी आउँछ थाहा हुँदैन । वर्षा कालमा पानी पर्छ, असिना झर्छ, पैह्रोले बगाउँछ तर नारीको जीवनमा वसन्त ऋतुमा पनि पैह्रो जान्छ । पहाड भत्केर टाउको माथि खस्छ, धेरै समस्या आउँछ । अर्काले गरेको गल्तीको समस्या भोग्नुपर्छ, । सोचेर निर्णय गर्नुपर्छ ।

आमा खुलस्त कुरा गर्नुस् । मैले केही बुझिन ? मधु छक्क परी ।

उठ म भन्छु, सबै कुरा खुलस्त पार्छु ।
गौरवले मधुलाई लिएर आफ्नो कोठामा आए । ढोका बन्द गरे । एउटा पलङ्गमा छोराहरु सुतेका थिए । छोराहरु मस्त निंद्रामा थिए । अर्को पलङ्गमा दुवै जना बसे । मधु उत्सुक थिइन, आखिर के भएछ ? किन आमा छोरा गम्भीर छन् ।

मधु यो कुरा आज भन्दा दश वर्ष अगाडिको हो । गौरव बोल्न खोज्दै थिए, लामो सुस्केरा हाले पुनः बोल्न थाले । म बी.एड. पास भएपछि गाँउ गएँ । बुवा बिरामी हुनुभएको थियो । रामवतीको बाबु हाम्रो हरूवा थिए, खेती गर्न रामवतीको परिवार सिपालु थिए । हाम्रो खेतमा काम गर्थे र हाम्रै घरमा बस्थे । म र रामवतीबीच शारीरिक सम्बन्ध भयो । मधुले त्यसपछि केही पनि सुनिनन् । अनुहारमा पीडा व्याप्त भयो, आँखामा आँसु भरियो । गौरव एक्लै बोलिरहेका थिए । अस्ति पार्टीका मान्छे आएर घरमा बुझाएर गए । सारा संसार घुमिरहेको थियो, मधुको मनमा गौरवप्रति प्रेमको स्थानमा घृणा भरिंदै आयो ।

धेरै बेरसम्म कोही बोलेनन् । मधु जुरुक्क उठिन् दैलो उघारेर बाहिर निस्किइन । गौरव पछिपछि हिंडे । रातको अँध्यारोमा सुनसान बाटो थियो । मधुको हात समाएर गौरवले रोक्न खोजे । मधु हिंडिरहिन् । झड्काएर हात छुटाई केही नबोली अगाडि बढिरहिन, निरन्तर हिंडिरहिन । गौरवले मधुको साथ छोडेनन् । धेरै टाढा आएपछि वरपिपलको चौतारीमा मधु बसिन् । गौरव सँगै आएर बसे । विस्तारै हात मधुको काँधमा राखे । थकित मन र शरीर दुवै ढल्यो, मधु ढलिन् । गौरवले उठाएर चारैतिर नजर दौडाए पानी कतै थिएन । कसो गर्ने मन आत्तिएको थियो । मधुलाई विस्तारै बोलाए, केही समयपश्चात विस्तारै आँखा खोलिन् । मधु मैले रामवतीसँंग प्रेम गरिनँं । एक दिनको सम्पर्कपछि हाम्रो सम्बन्ध रहेन । तिमीलाई देखेपछि मैले कसैलाई हेरिंन । मैले संधै तिमीलाई मात्र माया गंरे, मैले गरेको भुललाई क्षमा गरिदेऊ । मधु म तिमीविनाको जीवन बाँच्न चाहन्न, तिमी घर हिंड । म तिम्रा लागि ज्यान फाल्न तयार छु । दुईजना छोरा सम्झेर हिंड । मधु बिस्तारै उठिन् । गौरवले मधुलाई विवाह अघि भएको सम्बन्धलाई भुलको उपमा दिए । मधुको आँखाबाट आँसु बगिरहयो, गौरवले आँसु पुछिरहे । बिहानको तीन बजे दुवैजना घर फर्के । गौरवले मधुलाई भुल भएको विश्वास दिलाए ।

घर आए, दुवै छोरा मस्त निन्द्रामा थिए । आमाको कोठामा बत्ती बलिरहेको थियो । मधुले गौरवलाई सोधिन् ! अव रामवतीलाई के गर्नुहुन्छ ? रामवती हाम्रो सानो समस्या हो, म त तिम्रो चिन्ता गरिरहेको छु । रामवतीलाई मिलाउने मैले सोचिसकेको छु, गाउँको खेतबारी रामवतीको नाममा पास गरिदिन्छु । रामवतीको छोरी के गर्नुहुन्छ ? गौरवले भने उसैले लैजान्छे ।

रामवतीकी छोरी म राख्छु । मधुको कुरा बीचमा काट्दै गौरवले भने रामवतीको छोरी नराख, अरूले उचालेको भरमा यहाँ आई ।
रामवती गलत पनि छैन । उसले आफ्नो अधिकार पाउनुपर्छ, रामवतीको छोरी म राख्छु । अरू सल्लाहपछि गरौंला भनेर दुवै जना सुते । गौरवको आँखामा निन्द्रा थिएन । मधु निदाइन् ।

बिहान आठ बजे मधुको आँखा खुल्यो । छोराहरू कोठामा थिएनन् । गौरवले चिया बनाएर ल्याए । मधु ओछयानमा सुतिरहेकी थिइन् । दुवै जनाले सँगै चिया पिए । छोराहरू कहाँ गए ? गौरवले आमासँग छन् भनेपछि ढुक्क भइन् । जुरुक्क उठेर वाथरुम गइन् फर्केर आएपछि रामवतीलाई बोलाउनोस् म मिठो कफी बनाउँछु भनेर भान्छातिर गइन् । कफी लिएर आउँदा गौरव रामवतीलाई बोलाएर अगाडि आइसकेका थिए । मैले जे भने पनि तपाईं चुप लागेर बस्नुस् है भनिन् । गौरवले सहमति जनाए ।
रामवती छोरी लिएर मधुको कोठा बाहिर आएपछि अडिई । मधु र गौरव सँगै बसेका थिए । रामवती बाहिर उभिएको थाहा पाएर भित्र बोलाइन् । रामवती छोरीको साथमा भित्र आई ।

मधुले रामवतीसँग छोरीको नाम सोधिन् जमुनाह नाम रहेछ । जमुनाह र रामवतीलाई सोफामा बसाइन् । प्रेमले ढुंगा त पग्लन्छ मधुलाई थाहा थियो । मधुले बिस्तारै रामवतीलाई सोधिन्– रामवती तेरो के विचार छ ? तैंले भनेको कुरा हामीले मान्छौं भन् भनेपछि रामवती झस्किई । मौन व्रत बसेझैं भई । एक्कासि मधुको प्रश्नको उत्तर दिन रामवती तयार थिइन । रामवतीले मधुलाई सोचेको भन्दा उल्टो पाएकी थिई । मधुले पुनः प्रश्न गरिन् रामवती तैंले चुप लागेर यति ढिलो भयो अब चुप नलाग तेरो मनमा के छ ?

रामवती बिस्तारै बोली– मलाई न्याय चाहिएको छ ।
कस्तो न्याय चाहियो ? तँलाई चाहिएको कुरा प्रष्ट पार । के चाहियो ? कति चाहियो ? मधुको कुरा सुनेर रामवतीले आफन्तसँग सल्लाह गरेर भन्छु भनिसकेपछि मधु उठेर दराज खोलिन् हजारहजारका दशवटा नोट रामवतीलाई दिइन् । दुई दिनपछि सोमवार एघार बजे आफ्ना मान्छे लिएर आउनु भनिन् । रामवतीले हुन्छ भनेर टाउको हल्लाई । जमुनाह तँ यहीँ बस रामवती भरे आउँछे । मलाई घरको काममा सहयोग हुन्छ । रामवतीले छोरीलाई सम्झाएर गाउँ जान हिँडी ।

गौरव छक्क परेर हेरिरहेका थिए । मधुले गौरवलाई हेर्दै भनिन्–मलाई अरू पैसा चाहिएको छ । गौरवले हाँस्दै भने–पैसाको के कुरा ज्यान हाजिर छ । मैले भनेको कुरा राम्ररी सुन्नोस् । मलाई अहिले दुईतीन लाख चाहियो । गौरवले उठेर आफ्नो दराज खोल्यो । दुई लाख लेऊ बाँकी कति चाहिन्छ भन्नु म एटिएमबाट झिकौंला हुन्छ । मधुले गौरवको हातबाट लिएको रकम दराजमा राखिन् । हरिया कहाँ छ ? मधुको प्रश्नको उत्तर दिँदै भने– फ्याक्ट्रीमा छ बोलाउनुपर्छ ।

हरियनलाई फोन गरेर बोलाए । आधा घण्टापछि हरिया आयो । मधुले हरियालाई आफ्नो कोठामा बोलाइन् । हरिया तिम्रो बिहे भएको छ कि छैन ?
छैन मालकिन् ।

मधुले फेरि सोधिन् किन नगरेको ?
घरमा दुई जना बहिनी बिहे नगरी बसेका छन् । तिनीहरूको बिहे खर्च जुगाड भएको छैन । बाउआमा मरिसके । कमाउने एक्लो म छु । कति पैसा पायौ भने बिहे गर्छौ ?

मालिक्नीसँग के ठग्नु मसँग पैसा बच्दैन । गरीब मान्छेले …..म तिमीलाई चार लाख दिन्छु । मैले भनेको मान्छौ ?
हरिया छक्क परयो । उसलाई लाग्यो मालिक्नी बहुलाएकी त छैनन् ? उसले चारैतिर हेऱ्यो । मनमा नराम्रा विचार आयो । ऊ डराएजस्तो भयो । मधुले बिस्तारै भनिन्– हरिया तिमी रामवतीलाई फकाएर बिहे गर, म तिमीलाई चार लाख दिन्छु । तिम्रो बहिनीको बिहे खर्च पचास हजार अरू थपिदिउँला ।

हरियाले सबै कुरा बुझ्यो । मालिक्नी म रामवतीसँग बिहे गर्छु तर रामवतीकी छोरी जमुनाह कसले पाल्छ ?
जमुनाह तिमीले पाल्नु पर्दैन । रामवतीलाई मैले सोमबार आफन्त लिएर आउन पठाएकी छु । एक घण्टा अगाडि गाउँ जान्छु भनेर गएकी छे । तिमी अहिले यो लिएर जाऊ बाँकी काम भएपछि दिन्छु ।

हरिया गौरवको घरबाट निस्क्यो । हरियाको उद्देश्य रामवतीलाई खोज्नु थियो । पहिलो फिलिम हल गयो दुई वटा फिलिमको टिकट किनेर हटियातिर गयो । हटियामा दुई चक्कर लगायो । रामवती देखेन । बुधनीसँग भेट भयो । हरियाले रामवतीलाई हटियामा देखेको छौ भनी सोध्यो । बुधनीले रामवती कृष्णे साहुको कपडा पसलमा छे भनिदिई । हरिया हतारहतार कृष्णे साहुको कपडा पसलमा गयो । रामवती सारी छान्दै थिई । हरिया पनि सारी छान्न थाल्यो । हरियाले रामवतीलाई कसलाई सारी किनेको भन्यो । रामवतीले आफैंलाई किन्न लागेको भनी । हरियाले मलाई पनि छानिदेऊ भन्यो । रामवतीले दुइटा सारी किनी । हरियाले एउटा सारी किन्यो । चोलो र पेटीकोट किन्यो । हरियाले रामवतीलाई तँ यहीँ बस्छेस् होला म त गाउँ जान्छु भनेपछि रामवतीले म पनि जान्छु, तेरो साइकिलमा लान्छस् भनेपछि हरियाले हुन्छ भन्यो ।
भोक लागेको छ भनेर रामवतीलाई होटलमा लगेर सिँगडा छोयला ख्यायो । चिया पनि खान्छेस् भनेर सोध्यो । रामवतीेले हुन्छ भनी । दुवै जनाले चिया पिएपछि हरियाले बिस्तारै जाल फिँजाउने विचार गऱ्यो ।

रामवती राम्रो फिलिम चलेको छ । मसँग दुइटा टिकट पनि छ । फिलिम हेरेर मेरो साइकिलमा घर जानुपर्छ । रामवतीले आज जान्न भनी । हरिया मान्नेवाला थिएन । फकाएर छाड्यो । दुवै जना फिलिम हेर्न गए । फिलिम हेर्दा मध्यान्तरमा हरिया बाहिर निस्क्यो । टेलिफोनबाट सबै कुरा मधुलाई भनेर आज म रामवतीलाई छाड्दिन भनेर फोन राखिदियो ।

हरियाले फोन राखेपछि मधुले गौरवलाई फोन गरेर घर आउन भनिन् । गौरव घर आएपछि सबै कुरा गौरवलाई भनिन् । मधु र गौरव प्रहरी कार्यालयमा गई सारी चोलो किन्न जान्छु भनेकी रामवती घर नफर्केको जानकारी दिए । हराएकी रामवतीको फोटोसहितको निवेदन दिएर फर्के । रामवतीको फोटो हातमा लिएर प्रहरी गस्ती टोली निस्क्यो । नौ बजे फिलिम सकिएपछि साइकल पन्चर भएकोले हरियाले रामवतीलाई होटलमा बस्न राजी गरायो । होटेलमा खाना खाएर राति त्यहीँ बसे । रातको बाह्र बजे रामवती र हरियालाई लजको कोठाबाट प्रहरीले पक्राउ गऱ्यो ।

बिहान हरिया र रामवतीको गाउँमा सूर्यको किरण फैलिएसरी खबर फैलियो । गाउँले सबै प्रहरी कार्यालयमा आएर रामवतीलाई हरियाको जिम्मा लगाए । साँझमा हरियाको हातमा गौरवले दिएको चारवटा हजार हजारका बन्डल दिए । चारपाँच दिनपछि मधुले थाहा पाइन् हरिया र रामवती गाउँ छाडेर अन्तै बसाइँ सरेछन् । मधुले मनमनै सोचिन्– यो पैसाले मान्छेलाई जता पनि लैजाँदो रहेछ । जीवनको सुन्दर पल पैसाले किन्न सकिंदोरहेछ !

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

आख्यान पैसा ममता मृदुल

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.