Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: बिछोड

कथा: बिछोड

डा. गोपाल पौड्याल
हाम्रो कथा घरहाम्रो कथा घरअशोज २१, २०८१9 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

सूर्यले लाली किरण छोड्दै डाँडापारीबाट बिदा हुने तरखर गर्दैछ । पुस माघको दिन लगभग साँझको पाँच बज्न लाग्यो होला । चोलाकान्त मैनाली अलिकति चिनी नपुगेको सर्वतझैँ खुशी छ । पीडा मिश्रित अनुहार लिएर कागजपत्रले भरिएको झोला काँधमा बोकेर सदा रातको एघार बज्ने भए पनि आज बेलैमा घर आइपुगेको छ । उसको अनुहारमा खुसी दिने र फेरि खुसी भित्रको पीडा दिने पनि त्यही नर्वेको भिषा हो । ऊ दायाँबाँया आँखा नलगाई सरासर किचेनतिर प्रवेश गर्दछ ।

भित्र बुढी आमा चकटीमा बसेर चिया पिउँदै छिन् । सङ्गीता तरकारी केलाउँदै खाना बनाउने तरखरमा छिन् । केटाकेटीहरू खै के खेल्दैछन् , कौसीमा खालाङ्खुलुङ्ग आवाज आउँदैछ । ऊ उभिएर एकनासले आमा र धर्मपत्नी सङ्गीतालाई हेरिरहन्छ । आमा झसङ्ग भएर चकित मुद्रामा सोध्छिन्,

“बाबु आज त बेलैमा घर आएछस् त ।”

ऊ सहमतिमा टाउको मात्र हल्लाउँछ । सङ्गीता मनोभाव बुझेझैँ एक गिलास पानी ल्याएर दिन्छिन् । ऊ च्याप्प गिलास समातेर पानी पिउँछ । ऊ आमातिर हेर्दे भन्छ

“आमा मेरो नर्वेको भिषा लाग्यो नि !”

तेरो एक वर्षदेखिको सपना र मेहनेत साकार भएछ बाबु । म त बुढेसकालमा छोराको काखमा मरेर स्वर्ग जान पाए खुसी हुन्थेँ तर के गर्नु तेरो पनि बाध्यता छन् । म बुढीको मुख हेरेर आफ्नो भविष्य बर्बाद गर्न मिलेन । यहाँ रात दिन दौडिन्छस् ; काम काम भन्छस् । हुलमूल भन्दैनस् ; देश भन्छस् । समाज भन्छस् ; पसिना बगाउँछस् तर घरमा गर्जो टार्न धौ–धौ परेको हुन्छ सँधै । तैँले जति अरुको लागि भलो गरे पनि सधैँ दुश्मनको मार्ने र काट्ने धर्म सहेर बाँच्नु परेको छ । पहिला तेरो बुवाले ज्योतिष पढ नभए विज्ञान पढ भन्दा पत्रकार बनेर देशको सेवा गर्छु भनेर लागिस् । उ बेलाको जस्तो शान्त समय छैन बाबु । आजकाल शान्ति ल्याउँछु समाजलाई खुसी र सुखको अनुभूति गराउँछु भनेर जति नै लागि परे पनि भोलि तँलाई केही भएको खण्डमा यो सरकाले केही गर्दैन । यी लालाबाला र यो बुहारीको विजोग मात्र हुन्छ । तैँले विदेश जाने कुरा सुन्दा भिषा लाउने शीलशीलामा मलाई साथीको लहलहैमा लाग्यो भनेर कटक्क मन दुःख्यो तर आज जे भएको छ धेरै राम्रो भएको छ । जाति गरेछस तैले संधै राम्रो गर्नू बाबु । सुख पाएस्, कसैको आँखा नलागोस् । मेरो सधैँ आर्शीवाद छ तँलाई । आमाले एकै सासमा देशप्रतिको गुनासो र चोलाकान्तको उज्ज्वल भविष्यको कामना गरिन ।

सबैका आँखा आँसुले टिलपील भए । हवस् आमा भन्दै चोलाकान्त जुरक्कै उठेर कोठातिर लाग्छन् । दिन बित्दै जान्छ । एक दिन , दुई दिन गर्दा गर्दै फ्लाइटको दिन नजिकिन्छ । मनमा केही पाएजस्तो, केही गुमाएजस्तो कुनै ठूलो दुःखबाट मुक्ति पाएजस्तो, खुसीको संसार छोडेर दुःखतिर लागेजस्तो, हैन दुःख छोडेर सुखतिर लागेजस्तो, संभावना पाएजस्तो सम्भावना गुमाएजस्तो । मनभरि अन्र्तद्वन्दको भूमरी बोकेर घरमा सत्तरी नाघेकी बुढी आमा, जवान श्रीमती र साना लालावालालाई बिदाइका हात हल्लाउँदै भोलि बेलुका ४ बजेको फ्लाइट समात्न बेलुका तीन बजेतिर ऊ नाइट गाडी चढ्छ । ऊ दिउँसो एक बजे नयाँ बसपार्क झरेर चार बजेको फ्लाइट समात्न आतुर हुँदै लगिज च्यापेर ट्याक्सीबाट एरपोर्टतिर हुँइकिन्छ ।

टिकट चेकजाँच पछि भनेकै समयमा प्लेन पनि उड्यो तर उसका मनमा भएका अन्र्तद्वन्दहरू कायमै रहे । खै कता कता ल्याण्ड भएर प्लेन गन्तव्यमा पुग्यो कति समय लाग्यो उसलाई आज यो चासोको विषय परेको छैन ।

नर्वे पुग्दा उसलाई त्यति सारो समस्या परेन काम, खान, बस्न इत्यादि सरभाइव गर्न सक्ने खालकै थियो । काम पनि वेटरको पऱ्यो । विदेशमा गएर नेपालीले वेटर काम पाउनु मामुली कुरा थिएन । कहिले कसो भाँडा उठाउने बेलामा उसलाई नेपाल छँदा आफूले समाएको कलमको याद आयो । मुटु चसक्क गऱ्यो तर आफूले त्यो काम गरेर श्रीमतीलाई दिन सकेको खुसी र छोराछोरीको भविष्यको कल्पनाले तुरन्त दुःखेको मनमा मलम लगाइदिन्थ्यो ।

समय बित्दै गयो विदेशसँग चोलाकान्त पनि परिचित हुँदै गयो । उतै रमाइलो लाग्न थाल्यो । कमाई पनि अलिक बढी नै हुन थाल्यो । बचत पनि राम्रो भयो । घरमा पुग्ने गरी नै पैसा पठाउन थाले । दुबैतिर सन्तुष्टीको वहार छायो । विदेश बसेको पाँच वर्ष भयो । छोरी अङ्ग्रेजी स्कुलको कक्षा तीन र छोरा एकमा गइसकेका थिए । उसलाई श्रीमती र छोराछोरीलाई पनि सङ्गै राख्ने रहर जाग्यो । मान्छेको मन हो । आफ्नो परिवारको छहारी खोज्नु स्वभाविक नै थियो । उसले श्रीमतीलाई नर्वे आउने मेसो मिलाएर बोलायो ।
सङ्गीता पनि आफ्नो श्रीमानसँग बस्न पाउने खुसीले जाने हतारमा थिइन् । केटाकेटी पनि नपुगेको ठाउँमा जाने उतै पढ्ने भनेपछि चङ्गाझैँ भएका थिए । कुरा रह्यो बुढी आमाको । आमा सँधै छोरा बुहारी र नातीनातीनाको खुसी र प्रगति हेर्न चाहने भएकाले असहमत हुने कुरै भएन । सबैजना तम्तयार भए । स–परिवार जाँदा खर्च बढी नै लाग्ने भयो । खर्च जुटाउने अरु कुनै श्रोत नभएपछि चोलाकान्तले आमासँग फोन वार्तामै सुरङ्ग बजारमा रहेको घर बेच्ने सल्लाह मागे । जहाँ विगत दश वर्षदेखि गाउँको काठले बनेको घर छोडेर बसोवास गर्दै थिए । आमाले छोराको कुरालाई नाई भन्न सकिनन् । किनकि त्यो घर चोलाकान्तको नाममा नै थियो । दिदी बहिनी विहे गरेर गइसकेको थिए । दाजु छुट्टै बसेका थिए ।

आफ्नो अंशको घर बेचेर पैसा लिई बुहारी र नाति नातिना यूरोप जाने तयारीमा लागे । बुढी आमा गाउँको घरको संभार गर्ने तरखरमा लागिन् । छोरा छोरी लिएर बुहारी यूरोप पुगिन् । बुढी आमाको बुढेसकालमा सहारा विहीन एकल यात्राको सुरुवात भयो । कहिले छोरीले कहिलेकाहीँ छोराहरूले फोन गर्थे । कहिलेकाहीँ खर्च पठाइदिन्थे । बुढीआमा मनलाई कसेर जसोतसो दिन बिताउँदै थिइन् । छोरा बुहारीको भलो होस् भनेर साँझमा छुट्टै दियो सल्काउन कहिल्यै छोडदिन्थिन् । दिन गए रात र रात गए दिनको पट्यार लाग्दथ्यो । बुहारी विदेश गएको करिब एक वर्ष पुग्न लागिसकेको थियो ।

यता विदेशमा चोलाकान्त परिवारसँगको बसाइको खुसीसँगै बढी आमाको चिन्ता र परिवारलाई चलाउन गर्नुपर्ने थप डियुटीको कारण दिनदिनै गल्ने क्रममा थियो । एक जनाको कमाइले घर चलाउन गाह्रो पऱ्यो त्यसैले दुबैै जनाको सल्लाह बमोजिम सङ्गीता पनि काममा लागिन् । अब दुबैजना आ–आफ्नै काम र ड्यूटीमा व्यस्त रहन थाले । धेरै समय सङ्गै बिताउने मौका नै मिल्दैनथ्यो । खै त्यो अन्तरालमा के के भयो कुन्नि ? श्रीमानलाई भगवान् को रूपमा मान्ने सङ्गीता अब परिवर्तन हुँदै गए पनि चोलाकान्तले शङ्काको रूपमा कहिल्यै हेरेन ।
समयको विषयमा उनीहरू बीच द्वन्द कहिल्यै हुँदैनथ्यो ।

एकदिन घर आएर केटाकेटीलाई खाना खुवाएर चोलाकान्त श्रीमतीको प्रतिक्षामा टि.भी हेरिरहेको थियो । सङ्गीता खुट्टा लरखराउँदै एउटा अलिक लामो कुम कुमसम्म कपाल पालेको जिम सिम गरेको बडी हेर्दा खाइलाग्दो अग्लो केटाको साथमा भित्र छिरिन् ।
उसले श्रीमतीसँग आफ्नो घर आएको मान्छेलाई नराम्रो सोची हाल्न सकेन । उसले बोलाउला अथवा सङ्गीताले परिचयको क्रम अगाडि बढाउलिन् भनेर जुरक्क उठेर हेरिरह्यो । उनीहरू मुकदर्शक भए परिस्थिति यस्तो बन्यो कि जङ्गलमा दुईवटा बढेमानको सिंहको भेट भएको छ । एकै छिन्मा मौनतालाई भङ्ग गर्दै सङ्गीताले डिभोर्सको कागज झिकेर अगाडि सार्दै (लरबराउँदो स्वरमा) भनिन् ।

“चोलाकान्तजी आई वान्ट टु डिर्भाेर्स विथ यू । प्लिज साइन हियर ।”

ऊ छाँगाबाट खस्यो । केही सोच्न सकेन । उसले यसो हेऱ्यो । कलम समात्यो र चुपचाप पेपरमा सिग्नेचर गरिदियो । उनीहरू गए । अदालतमा मुद्धा चल्यो । फैसला भयो । छोरा छोरी अठार वर्ष नहुँदासम्म आमासँग बस्नुपर्ने तर खर्च भने सबै बाबुले हेर्नुपर्ने निर्णय भयो । सङ्गीता छोराछोरी लिएर त्यहीँ हिरोसँग बस्न गइन् । उसको संसार सुनसान भयो । सपनाका महलहरू भत्किए । ऊ आफन्त विहीन शून्य संसारमा छ । उसको खान बस्नको ठेगान भएन अब रात कहाली लाग्दो भयो । दिनहरू निरास लाग्दा भए ।

एक दिन उसले आफ्नो मनलाई दह्रो पाऱ्यो आमाले भ्रुण अवस्थादेखि आफूलाई गरेको स्नेहले उसको मुटु चिरियो । सोच्ने क्रममा के के सोच्यो, सोच्यो सबै आफन्तलाई प्रतिविम्बित गर्दै आँखाको अगाडि ल्यायो । तर आमा जति ममतामयी कोही बन्न सकेनन् । उसलाई आमाको काखमा अघाउन्जेल रुने मन भयो । आमाको काँखमा जति स्नेहको छहारी अन्त कुनै ठाउँमा देखेन । उसले तुरन्त आमालाई नर्वे बोलाएर आमासँग बस्ने निर्णय गऱ्यो । आमालाई फोन लगायो र सकी नसकी भक्कानिएर सबै कुरा सुनायो ।

उसले आमालाई नर्वे आउन अनुरोध गऱ्यो । आमाले विदेश कता कता लागे पनि छोराको प्रस्तावलाई नाई भन्न सकिनन् । उसले सबै कागजपत्र पठाई दियो । आमा नर्वे आइन् । नर्वे आएदेखि नै उनको आँखाको अगाडि नाति नातिना नाच्न थाले । उनले नातिनातिना नदेखी र नभेटी आफूलाई रोक्न सकिनन् । आमाले छोरासँग बुहारीको मुख हेर्न मन नलागे पनि नातिनातिनाको मायाले मुटु चिरिएको बताइन् । आमाको इच्छालाई चोलाकान्तले महसुस गऱ्यो । छोराछोरी बस्ने घर देखाइदियो।

आमा हतारिँदै नातिनातिना भेट्न दौडिन् । चल्ला नहुर्किदै फूल पार्न लागेको पोथीले भालेको पछि लागेर छोडेका चल्लाझैँ भएका केटाकेटी हजुरआमालाई देखरे भुइँबाट खुट्टा छोड्दै, कराउँदै झ्याम्मिन आइपुगे । बुढी माउले रसिला आँखा पारेर सुम्सुम्याइन् ।

केटाकेटी आमाको काखमा तछाड मछाड गरेर बसेका थिए । पुलिस आएर बुढी माउलाई लग्यो खोरतिर । आमा कहाँ गइन् छोरालाई चिन्ताले पिरोल्यो । पुलिसलाई खबर गर्न जाँदा त बच्चा अपहरूण गर्न गएको भन्दै उनलाई उल्टै पुलिसले थुनेको रहेछ । छोराले धरौटी राखेर छुटाएर ल्यायो । अब चाहेर पनि बस्न सकिनन् बुढीआमा । जहाँ त्यो मुटु, संस्कार, नाता सबै कुरालाई कानुको नाममा आहुती हालिन्छ । स्वतन्त्रताको नाउँमा दिउँसै नग्न बनाइन्छ । उनी छोरासँग रोइकराई गरिन् र नेपाल फर्कने भईन् ।

अब चोलाकान्त आमाको छायाँबाट पनि एक्लो भयो । तर हरेस खाएर उसले अझैँ सुःख पाउने स्थितिमा थिएन । किनकि कानुनले उसलाई बन्दक बनाएको थियो । श्रीमतीले आफ्नो इच्छाले डिभोर्स गर्न लागेको नभई श्रीमानले यौन हिंसा गरेको अनि दिनदिनै यातना दिइएकोले आफूले नचाहँदा नचाहँदै पनि डिभोर्स गर्न बाध्य भएको व्यवहोरा खुलाएर मुद्दा दर्ता गराएकी थिई ।
मुद्दा चल्ने क्रम जारी थियो । ऊ जसोतसो धर्तीमा टकेरे हिँड्ने कोसिस गर्दै थियो ।

लगभग तीन वर्षपछि मुद्दा फैसाला भयो । चोलकान्तले डिभोर्स र आमालाई लागेको अपहरूणका आरोपको मुद्दा सहित त्यहाँको एक लाख सत्तरी हजार क्रोनर नेपालको करिब सत्ताइस लाख रूपैँया तिर्नु पऱ्यो । आमालाई लागेको मुद्दा अपहरूणको नभएर शान्ति खलबलिन गएको भन्ने थियो । मुद्दा फैसला भएको दिन पैसा तिर्नु नै परेपनि उसको सरको बोज हल्का भएको थियो ।

कोठामा आएर तुरन्त आमालाई फोन गरेर सबै कुरा भन्यो । आमाले चोलाकान्तलाई त्यो पापी बस्ने ठाउँमा एक्लै नबस्न आग्रह गर्छिन् । आमाको स्वर निकै मार्मिक थियो । फोनमा नदेखिएपनि उसले आमाको गालामा आँसुका डोब देख्यो । आफ्नो आँखा निथ्रुक्क भिजायो ।

ऊ रिसिभर राखेर सरासर किचनमा छिर्छ । तातो पानी तताउँछ । प्याकबाट एउटा रेडलेवल निकाल्छ । कपमा राख्छ । एक पेग लगाउँछ र मनमनै भन्छ । हम् बल्ल अलि रिलिफ भयो । के को रिलिफ हुन्थ्यो होइन पो रहेछ उसका मनमा अनेक तरङ्ग आउन थाल्छन् । बुवाले ज्योतिष विद्या पढ भन्दा उसले बुबालाई लगाएको वचन याद आयो । उसले बुबालाई भनेको थियो,

“म ज्योतिष बनेर दुनियाँलाई भ्रममा राख्नु भन्दा पत्रकार बनेर समाजको वास्तविकतालाई चित्रण गर्छु । कुरिती, कुसंस्कार वर्गीय विभेदको, जातीय भेदभावको अन्त्य गर्ने कोसिस गर्छु । समाज सेवा गर्छु देशको सेवा गर्छु ।”

आफ्नो प्रिय पेशा अँगाल्ने क्रममा साँझ विहान ठाउँ ठाउँमा उमाथि भएका खुकुरी प्रहारको दृश्य याद आउँछ । तीजको दिनमा नयाँ सारी र गहना नभएर श्रीमती रुन्चे मुख लगाएर मन्दिर गएको दृश्य याद आउँछ । के यी सबै उसको पत्रकार पेशासँग विछोड गराउने कारक तत्वहरू हुन् ? छोराले गला सुमसुम्याउँदै ‘म पाइलट बन्ने’ भनेको सम्झन्छ ।

आमाको चाउरिएको गालामाथिका खोपिल्टा मिर्मिराउँदा आँखामा छचल्किएको माया, पुलिसको खोरमा आमा बसेको दृश्य, बुढाको पिलर गाडेर बनाएको चिटिक्क परेको घर, आगन फूलका बोट । छोराले बाबाको काँखमा म बस्ने भनेको, हैन म बस्ने भन्दै छोरी आएको दृष्य । सङ्गीताले झापामा छउन्जेल कहिल्यै आँखा जुधाएर नबोलेको । सँधै ओठमा लजालु मुस्कान बोकेर हृदयले गरेको स्वागत अनि नर्वेमा आएपछि झ्याप्ले केटोसँग फिटन भएर लरबराउँदो स्वरमा डिर्बाेसको कागज अघि सारेको र तुरन्त फर्किएर त्यही केटोको हात समाउँदै घरबाट बाहिरिएको ।

यी सबै दृश्य रिल भएर घुमिरहेछन् । यो नर्वे पनि उसको विछोडको मुख्य कारक तत्व याद रिले हुने क्रममा छ ।
झ्याप्ले केटोले सङ्गीतालाई कसेर अङ्गालो मार्छ । सङ्गीता लजाउँदै आखाँ चिम्लिन्छे । सट्टामन ऊ ओठमा चुम्बन गर्छ । उसकै सामुन्ने यो सब उफ् सहन सक्दैन फटाफट दुई पेग थप्छ ।
पुर्पुरोेमा दुई हात राख्छ र भन्छ विछोड मिनेट भरमै … । किचेनकै टेबलमाथि टाउको जोतेर निद्रादेवीसँग रमाउँछ ।

( जलिरहेको मुटु कथा सङ्ग्रहमा संग्रहित कथा “बिछोड” )

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

#डा. गोपाल पौड्याल कथा बिछोड

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.