झिलिमिली बालेर बत्ती पालामा
हुन्छ तिहार उज्यालो अहिले सालमा
कागलाई र कुकुरलाई गोरु, गाईलाई
पूजा गर्छन् दाजुभाइलाई, लक्ष्मी माईलाई
स्यानी बैनी सोच्दैछे बसी झ्यालमा
`मेरो पूजा हुन्न र ?´ अहिले सालमा
दाजुभाइ देउसी खेल्छन्, नाच्छन्, रमाउँछन्
भैलो खेल्छन् दिदीबैनी पैसा कमाउँछन्
भैलेनीलाई दक्षिणा खोपे थालमा
पैसा कति बटुल्ने हुन् अहिले सालमा
धनको चाड भनेर धनकै मेलो छ
जता हेर्यो पैसाकै छेलो–खेलो छ
जुवा खेल्ने जुवाडे बसे खालमा
नखेले नि हुन्थ्यो जुवा अहिले सालमा
दाउरा राखी अगेनामा आगो बालेर
पिठो मुछी आमाले दाउन हालेर
रोटी पकाई थुपार्छिन् डाला-डालामा
सेल रोटीले अघाइन्छ अहिले सालमा
भाइटीकाको दिनमा दिदी आउने रे !
निधारैमा सप्तरङ्गी टीका लाउने रे !
चट्ट परी सजिने हो फूलको मालामा
ढाका टोपी ढल्काइन्छ अहिले सालमा ।
– मध्यनेपाल नगरपालिका-६,
भोर्लेटार लमजुङ ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।