बाबासँग नाना किन्न असन बजार गएँ
झिलिमिली बजार हेर्दा दङ्ग म भएँ
जताततै मान्छे- मान्छे गाडी सडकभरि
छलिएला भन्ने डर लाग्थ्याे घरी- घरी ।।
काेहि माग्दै सडकमा काेहि सामान बेच्दै
काेहि हुन्थे हताराेमा काेहि फाेटाे खिच्दै
अन्नपूर्ण मन्दिरभरि झिलिमिली बत्ती ~
मानिशकाे भिडभाड पनि हुने कति- कति ।।
बाबासँग असन बजार भाेटाहिटी हिँडे
एउटा जामा किन्न थियाे पसलभित्र छिरे
पसले त लुगा भन्दा कुरा बेच्दाे रै छ
झिम्काउदै आँखा भन्थ्याे नानी राम्री रै छ ।।
( फूलबारी कविता सङ्ग्रहमा सङ्ग्रहित कविता )
काभ्रे, पनौती
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।