जाडो आउन लाग्यो कि त गर्दै खुसुखुसु
आकाशले शीत छर्न थाल्यो छुसुछुसु
बिस्तार बिस्तार मौसम अब हुन थाल्यो चिसो
सिरक छोड्न मनै हुन्न टाँस्सिए झैँ लिसो
आऊँ कि नआऊँ गर्दै कुहिरो आयो लुसुलुसु
आकाशले शीत छर्न थाल्यो छुसुछुसु
गल्बन्दी र टोपी जे छन् बाकसमा खोज्छु
पोहोर सालको स्विटर कहाँ छ आमासँग सोध्छु
कुहिरो फाटी घामले च्यायो हाँस्दै मुसुमुसु
आकाशले शीत छर्न थाल्यो छुसुछुसु ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।