Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२

मुक्तक श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

पाक्षिक लघुकथा अभियान – अंक : ०९

जेष्ठ १६, २०८२

कविता: अर्थमै चित्त जाओस्

जेष्ठ १५, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » गजेन्द्रमोक्ष दिव्य धाम ( त्रिवेणी धाम ) संक्षिप्त परिचय

गजेन्द्रमोक्ष दिव्य धाम ( त्रिवेणी धाम ) संक्षिप्त परिचय

गैर आख्यान - नियात्रा
भूमिका गैरे तिमिल्सिनाभूमिका गैरे तिमिल्सिनाकार्तिक १३, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

त्रिकूट पर्वतको फेदी श्री कृष्णगण्डकी ( नारायणी ) नदीको तटवर्ती सुन्दर वन देव, गन्धर्व, यक्ष, किन्नर सिद्ध चरणगण तथा असङ्ख्य ऋषि महर्षिगणद्वारा सेवित थियो । मयुर कोकिलादी पंक्षीहरुको ध्वनीद्वारा गुञ्जायमान यस सुन्दर वनमा मृग, बदेल, जरायो, गैंडा, वनगाई, दुम्सी, सिंह , बाघ, बाँदर आदि धेरै किसिमका जनावरहरु निवास गर्थे ।

त्रिवेणीधाम नारायणी, तमसा र सोनभद्रा गरी तीन नदीको संगम हो । नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका वार्ड नं. ६ मा अवस्थित छ ।

परापूर्वकालमा त्यहाँ गजेन्द्र नाम गरेको हात्ती नै त्यहाँको राजा थियो । गजेन्द्रदेखि वनका साना ठूला सबै जनावरहरू डराउथे । एकदिन गजेन्द्र हाती झुण्डका साथ गण्डकी नदीमा जल विहारका लागि आउँदा बलवान गोहीले हात्तीका खुट्टा बेसरी समात्यो । वनको राजा र जलको राजा बीच लामो समयसम्म भयङ्कर लडाइँ चल्यो । गजेन्द्र आफू असफल भएको देखि पूर्व जन्ममा गरेको भगवत भक्तिको स्मृतिद्वारा भगवान नारायणलाई आह्वान गर्छन् । उनको दिव्य स्तुति सुनेर ब्रह्मा आदि सबै देवी देवता आ-आफ्नो नामको अपेक्षा गरिरहे । गोहीले जलभित्र तान्दै जाँदा सूडमात्र शेष बचेपछि भक्तवत्सल भगवान नारायण अत्यन्त शीघ्र गरुडारूढ भई आएको देखेर श्लोकद्वारा स्वागत गर्दछ । भगवान श्रीहरिले आफ्ना सुदर्शन चक्रद्वारा तत्काल ग्राह (गोही ) को शिर छेदन गरी गजेन्द्रलाई उद्वार गर्नुभएको कुरा श्रीमदभागवत महापुराण, वराहपुराणादिमा वर्णन गरेको पाइन्छ । गजेन्द्र पूर्व जन्ममा पाण्डयवंशी इन्द्रधुम्न नाम गरेका राजा थिए । अगस्त्य ऋषिका श्रापका कारणले हात्ती हुन पुगेका थिए भने ग्राह हुहु नाम गरेका गन्धर्व थिए । उनी पनि देवल ऋषिका श्रापका कारण गोही बन्न पुगेका थिए । दुबै ऋषिले हात्ती र गोही भएता पनि भगवान श्रीहरिबाट हात्ती र गोहीको शरीर त्यागी मोक्ष गतिलाई प्राप्त गर्नेछौ भन्ने आशीर्वाद दिनु भएको थियो । भगवानले गजेन्द्र सहित ग्राहलाई पनि जन्म-मरणको चक्रबाट सदाका लागि मोक्ष प्रदान गर्नु भएकाले यस धामको नाम श्रीगजेन्द्रमोक्ष दिव्य धाम रहन गएको हो

वि. सं. २०७५ फाल्गुन १९ गते नेपाल तथा भारतका सन्त, महन्त धर्माचार्य एवम् गुरुवर्गहरुका साथ ५५५ जना संस्थापक सदस्यहरू द्वारा यस मन्दिरको सामुहिक रुपमा समुद्घाटन भई सप्तदिवसीय प्राण-प्रतिष्ठा महा- महोत्सव गरी श्रीगजेन्द्र मोक्ष नारायण भगवानको विशाल दिव्य श्रीविग्रह प्रतिष्ठित गरिएको थियो । मन्दिरको बाहिरी बनावट नेपाली प्यागोडा शैली एवम् भित्री दक्षिण भारतीय शैलीमा छ । शङ्ख, चक्र तिलक श्री, पुष्प, गौ, हस्ती, अश्वादि मांगलिक चित्रङ्कन गरिएको मन्दिरमा कुल ३१ ढोका, ९६ झ्याल एवम् ५०० भन्दा बढी मूर्तिहरु निर्मित छन् ।

वि. सं. २०४८ साल माघ अमावश्या देखि श्रद्वेय श्रीस्वामीज्यू महाराजले १२ वर्षका लागि नित्य हवन गर्ने सङ्कल्प लिई बक्सेको थियो । ती सङ्कल्पित १२ मध्येका १५५५ दिनसम्म यसै हवनकुण्डमा अखण्ड अग्नि प्रज्वलित राखी हवन गरिएको थियो र १२ वर्ष पूरा भएपछिको महापूर्णाहुति पनि हवनकुण्डमा सम्पादन भएको थियो । यसै यक्षशालामा यक्ष पूजापाठ गराउँदा भक्तजनहरुको इच्छा सिद्व हुने जनविश्वास रही आएको छ ।

अष्टकोणात्मक प्यागोडा शैलीमा बनेको शीशमहल धाममा आउने हरेक दर्शनार्थीहरुका लागि नयाँ अनुभवको आभास हुन्छ । शीशमहल भित्र राधा कृष्ण भगवानको दिव्य दर्शन हुन्छ । मुख्य विग्रह शीश महलको बीचमा रहेकाले दर्शकहरु परिक्रमा गर्दा प्रतिबिम्ब देखिन्छ । वि .सं. २०६२ साल कार्तिक २२ गते देखि २८ गतेसम्म भारतका विभिन्न ३३२ स्थानहरुमा एकै तिथि, मिति र मुहूर्तमा प्रारम्भ भई एकैसाथ सम्पादित श्री विश्वशान्ति मुक्तिनाथ १०८ विराट महायज्ञको त्रिदिवसिय पुर्णहुती फूलपाती विसर्जन कार्यक्रम देवभूमि हरिद्वारमा मंसिर २ गतेदेखि ४ गतेसम्म सञ्चालित थियो साथै सवा लाख गाईको दुध द्वारा एक हजार आठ शालिग्राम भगवान सहित भगिरथी गंगामा महाअभिषेक गरी सवा करोड दीप प्रज्वलन कार्यक्रम सम्पादन भएको थियो । सो अवसरमा निर्मित श्रद्वेय श्री मुक्तिनाथ बाबा ज्यूको उचाई बराबरको अष्ट धातुको कलश यज्ञावधिभर विधिवत पूजन गरेर नेपाल र भारतका प्राय सबै तिर्थस्थलहरुको परिक्रमा गराई पवित्र नदी, ताल एवम् सरोवरहरूको जल भरी त्रिवेणीमा ल्याइएको थियो । सो कलश अहिले शीशमहलको दोस्रो तलामा स्थापना गरिएको छ।
श्री गजेन्द्रमोक्ष दिव्य धाममा आउने साधु , सन्त, साधक एवम् तीर्थयात्रीका लागि साधना, भोजन, आवासको सहज प्रबन्ध होस् भन्ने ध्येयले साधना हल, धर्मशाला एवम् अन्नदान क्षेत्र सञ्चालित छन् । प्रतिदिन करिब १५० जनासम्म यात्रीहरूका लागि भोजन र आवासको व्यवस्था रहेको छ ।
संस्कृत वाङ्मयको विशाल भण्डारमा प्राचीन ज्ञान, विज्ञान, योग, कला, साहित्य, दर्शन, संस्कृति र समग्र वैदिक इतिहास सुरक्षित छ । श्री मुक्तिनाथ बाबा ज्यूले वि. सं. २०४८ सालदेखि नै संस्कृत गुरुकुलको स्थापना गरी सञ्चालन गर्नुभयो । वि. सं. २०६४ सालदेखि नेपाल सरकारबाट स्वीकृति लिई श्री मुक्तिनाथ पीठ वेद विद्याश्रम ( आवासीय गुरुकुल मा. वि. ) नामबाट सञ्चालनमा आयो । हाल १०० जना वटुकहरुले शिक्षा लिई रहेका छन् ।

गाई सुख ,शान्ति, समृद्धि प्रदान गर्ने, धर्म, अर्थ, काम, मोक्ष प्राप्त गर्ने , दयाकी मुर्ति हुन् । गोसंरक्षणका लागि श्रद्वेय श्री मुक्तिनाथ बाबा ज्यूले वि. सं. २०५० सालमा विशाल गोसंरक्षण महायज्ञ सम्पन्न गरी सोही अवसरमा यस गजेन्द्र मोक्ष दिव्यधाममा “श्री गजेन्द्र मोक्ष कामधेनु गौशाला” को स्थापना गरी गोसेवा प्रारम्भ गर्नुभयो । हालसम्म गोशालामा १५० वटा वैदिक गाईहरूको सेवा भई रहेको छ ।

नेपालका प्रकाण्ड विद्वान योगी नरहरिनाथले मेचीदेखि महाकालीसम्म कोटिहोम लगाउने सिलसिलामा त्रिवेणीमा गएर घना जङ्गल भएको ठाउँमा जङ्गल फडानी गरी वि. सं. २०४० सालमा कोटिहोम लगाउनु भएको थियो । उहाँको सहयात्री स्वामी प्रपन्नाचार्य हुनुहुन्थ्यो । तीस वर्षको उमेरमा कखरा सिकेका प्रपन्नाचार्य बेदमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । ढिलो पढ्न सिकेकाले स्वामी प्रपन्नाचार्यले खासै समय दिन भ्याउनु हुदैनथ्यो ।कहिले कसो आउनु हुन्थ्यो । योगी नरहरिनाथले एक महिनासम्म चलेको कोटिहोमको सम्पूर्ण नेतृत्व लिनु भएको थियो । नेपाल भरि योगी नरहरिनाथले १०८ भन्दा बढी ठाउँमा कोटिहोम लगाउनु भएको थियो भन्ने कोटिहोम मन्दिरका पुजारी देवी पान्डेयबाट जानकारी भयो ।

१३०० वर्ष अगाडि गजेन्द्र मोक्ष धाममा हात्ती र गोहीको लडाई हुदा सोही ठाउँमा भगवान विष्णु विराजमान हुदा माता लक्ष्मी केउलानीमा वृक्षको फेद लागेर हेरेर बस्नु भएको थियो । प्राचीन ढुङ्गाको मुर्ति देव भागवतको गीतामा जुन वर्णन गरिन्छ । सत्य, त्रेता, द्वापर र कलि यी चार युगको वर्णन छ । कलि युगको वर्णनमा लक्ष्मी माता केउलानीमा विराजमान हुनुहुन्छ । जुन खुल्ला ठाउँ छ । त्यहाँ मन्दिर बनाई छानो हाल्दा अनिष्ट हुने हुदा भौतिक संरचना बनाउन पूर्णतया निषेध छ भन्ने विश्वास केउलानी मन्दिरका पुजारी नारायण अधिकारीबाट जानकारी पाइयो । केउलानी माता, नरदेवी माता, दाउन्नेदेवी माता र चुवाडीदेवी माता यी चार दिदीबहिनी हुन् । जसमा नरदेवी माताको मन्दिर भारतमा पर्छ।

चितवनको माडी नगरपालिका -१ मा पर्ने वाल्मीकि आश्रमले रामायण रचना गरेको थियो । वाल्मीकि ऋषिले सीतालाई आश्रय दिएका थिए । लव कुशको जन्मस्थल, शिक्षा लिएको ठाउँ, सीताले प्रयोग गर्ने सिलौटो, तबला, वाल्मीकि ऋषि अन्तर्धान भएको ठाउँ, सीता माताको पाताल प्रवेश रहेको छ। भारतबाट बेला बेलामा आवत जावत गर्न अवरोध खडा भएपछि हाल नेपाल सरकारले झलुङ्गे पुलको निर्माण गरेको छ ।
यस पौराणिक, ऐतिहासिक एवम् धार्मिक पर्यटकीय क्षेत्र स्वर्णभद्रा, पूर्णभद्रा र नारायणीको संगमस्थल त्रिवेणीधाम, माता सीताको बिरह भूमि, महर्षि वाल्मीकि ज्यूले आदि काव्य वाल्मीकिय रामायण लेखेको स्थान , लव र कुशको जन्मभूमि, केउलानी मन्दिर, स्वयम् प्रकट नागस्थान , बालपुरी आश्रम, नागबाबा कुटि, श्रीलक्ष्मीवेंकटेश मन्दिर, लक्ष्मी नारायण मन्दिर , रामजानकी मन्दिर , कोटिहोम शिवालय मन्दिर, भक्तेश्वर मन्दिर, कठवाँ गुफा, विष्णु धाम, गडीगाई र बालपुरी बाबाको जिउँदो समाधि स्थल आदि विभिन्न मठ मन्दिर एवम् धार्मिक स्थलहरु रहेको यस क्षेत्रमा दिनानुदिन धार्मिक पर्यटकहरुको आवागमन बढ्दो क्रममा छ ।
तीन नदीको संगम विश्व मै शालिग्राम शिला पाइने गण्डकी नदी हो । वार्षिक मेलाका रूपमा चल्दै आएको धार्मिक पर्वहरु जस्तै- जनै पूर्णिमा, माघ अमावस्या, ठुली एकादशी , श्रावण मेला, चैत्र वारूणी, रामनवमी, एवम् औंसी पूर्णिमा जस्ता पर्वहरुमा यस धाममा हरेक वर्ष हुने यज्ञ यागादि अनुष्ठानले सुनमा सुगन्ध थप्दै आएको छ । नेपालको हिन्दु धर्म संस्कार, संस्कृतिको स्तम्भको रुपमा विकास गरी बाह्य पर्यटन प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई समुन्नत गराउन समस्त धर्मानुरागी तथा राष्ट्रप्रेमी सज्जन महानुभावहरुको सद्भाव र सहयोगको खाँचो छ ।धार्मिक ऐतिहासिक महत्व बोकेको यस पवित्र भूमिको प्रचार प्रसार गर्नु आवश्यक छ । नेपालको हरिद्वार मानिने त्रिवेणी धाम राष्ट्रिय स्तरबाटै संरक्षण र सम्वर्द्धन हुनु आवश्यक छ ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नियात्रा भुमिका गैरे तिमिल्सिना

यो पनि पढ्नुहोस्...

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

निबन्ध: नेपाली विद्यार्थीको नजरमा देश

निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

संस्मरण: मित्रताको आयु र गौरीपुर हाउस

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२

मुक्तक श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

पाक्षिक लघुकथा अभियान – अंक : ०९

जेष्ठ १६, २०८२

कविता: अर्थमै चित्त जाओस्

जेष्ठ १५, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.