पशुपतिनाथको दर्शन गर्न गएका दम्पतीको कार मन्दिर निरै पुगेर रोकियो । बाटोमा एउटा माग्नेले दुई हात जोडेर अनुनय गर्दै थियो, “हजुर पाँच दस रुपैयाँ पाऊँ न !”
दम्पती वास्तै नगरी अघि बढे । भगवानका लागि ल्याएका फलफूल, पैसा र मिठाई चढाए । मूर्तिलाई ढोगे अनि “रक्षा गर भगवान्” भन्दै नमस्कार गरे र फर्किए ।
फर्किँदा उहीँ माग्ने उहीँ पाराले उसरी नै अनुनय विनय गर्दै भन्यो, “हजुर यो गरिबका लागि पाँच दस रुपैयाँ …”
वास्तै नगरी दम्पत्तिले कारको ढोका खोले, ढ्याम्म लगाए ।
कारको भित्रबाट आएको आवाज बाहिर प्रस्टै सुनिन्थ्यो – “यी माग्नेको पनि कामै छैन । खाली मागेरै सताउँछन् ।”
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।