Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

माघ २२, २०८२

माघ २२, २०८२

माघ २२, २०८२

कविता समालाेचना : सुमना श्रेष्ठको “म अवसरवादी !” कविता : एक काव्यिक पृष्ठभूमि र प्रेरणाको सन्दर्भ

माघ २१, २०८२

पुस्तक समीक्षा : मणिकुमार प्रधानद्वारा लिखित कथा सङ्ग्रह “पुनरुद्धार” (बुकुने कथा सङ्ग्रह) एक पाठकीय दृष्टिकोणमा

माघ २१, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » संस्मरण: घरिघरि पल्टाउन मन लाग्ने सम्झनाकाे कति मिठाे दस्तावेज रहेछ जीवन।

संस्मरण: घरिघरि पल्टाउन मन लाग्ने सम्झनाकाे कति मिठाे दस्तावेज रहेछ जीवन।

गैर आख्यान - संस्मरण
तारा के. सीतारा के. सीकार्तिक २०, २०८१274 Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

घरिघरि पल्टाउन मन लाग्ने सम्झनाकाे कति मिठाे दस्तावेज रहेछ जीवन।
बिहान नाै बजेकाे समाचार रेडियाेमा बज्न थालेपछि आमाले भान्साबाट बाेलाउनु हुन्थ्याे ।
नानी/ बाबु ! खाना पस्के है आओ, फेरि स्कुल जान ढिला हाेला नी!
त्यसै बेला गैरीगाउँबाट ओरालाे झर्न थालीसकेका हुन्थे साथीहरू। हाम्रै क्लासका साथीहरू पनि आउँथे त्यहिँ बाटाे हुँदै। बाटाेभरि बिधार्थीकाे लस्कर देख्न सकिन्थ्याे । आकाशे रङ्गकाे शर्ट र निलाे फ्रक लगाएर म पनि स्कुल जान निस्कन्थे घरबाट। अहिले सरकारी विद्यालयमा विद्यार्थी नै छैनन्। राम्रा गुरु/ गुरूआमाहरू छन्। शैक्षिक सामाग्रीहरू छन्। कम्प्युटरहरू छन्। पुस्तकालय छन्। विज्ञानका प्रयाेगशाला र ल्याबहरू छन्। अङ्ग्रेजी माध्यमबाटै पढाइ हुन्छ तर विद्यार्थीहरूको उपस्थित नगन्य मात्रमा हुन्छ।

हामी विद्यार्थी हुदाँ स्कुलमा न शैक्षिक सामाग्री थियाे न विज्ञान प्रयाेगशाला र ल्याब थियाे । अति नै आवश्यक खाने पानी र शाैचालयकाे समेत व्यवस्था थिएन स्कुलमा तैपनि चारै दिशाबाट पढ्न विद्यार्थीहरु आउँथे । चाैकाेट, गैरीगाउँ , सुब्बागाउँ, नैकिन्टार, धनेश्वर, बुडाेल, भ्यानडाेल, खण्डपुबाट स्कुलमा विद्यार्थी संख्या हजार/ बाह्र सय जति विद्यार्थीहरू हुन्थें ।

चाैकाेटकाे ठुलाे बाटाे अर्थात मुल सडक बिपीले २०१२ सालमा शिलान्यास गरेकाे र त्याे बाटाे बनेपा श्रीखण्डपुर, चाैकाेट हुँदै सिन्धुलीसम्म जाेड्ने राजमार्गकाे रूपमा रेखाङ्कन भएकाे रहेछ। हाल याे बाटाे बनेपाबाट बिपी राजमार्गकाे नामकरण भई धुलिखेल हुँदै पुर्वि तराईलाई जाेडेकाे छ। शाेभा त्यहि बाटाेमा मलाई कुरिरहेकि हुन्थीन्। पौने दस बजे हामी त्यहिँ बाटाेमा भेटेर सँगै स्कुल जान्थ्याै । बाटाेमा अरू साथीहरू पनि थपिँदै जान्थेँ। याे हाम्राे दिनचर्या थियाे दस टु चारकाे।

अहिलेकाे जस्ताे बच्चाहरूलाई टिफिन पठाउने चलन थिएन त्यति बेला। बिहान घरबाट खाना खाएर गएपछि बेलुका एकैचाेटी घरमै गएर खाजा खाने गरिन्थ्याे।। ढिके नुन हरियाे खुर्सानी, अदुवा र बारीतिर फलेका फलफुलहरू बाेकेर जान्थ्याै कहिलेकाहीँ । टिफिन समयमा चाैकाेट धारातिर पानी खान जाँदा पुलमा बसेर त्यस्ता चिजहरू बाँडेर खान्थ्याै। ढिकेनुनलाई फ्रकमा बेरेर टाेकेर फुटाउदा साथीहरू भन्थे

“जुठाे खायाे भने माया बढ्छ नी।”
माया नाप्ने गजबकाे तरिका थियाे साथीहरूकाे।

पुर्वतिरबाट व्यापार गर्न आउने मुख्य नाका थियाे खण्डपु बजार। सिन्धुली, रामेछाप , साेलुखुम्बु देखिका मान्छेहरू आफुले उत्पादन गरेका सामानहरू खण्डपु बजारमा ल्याएर बेच्थे र आफुलाई चाहिने सामानहरू खरिद गरेर लान्थे। ढाकरभरि सामानहरू बाेकेर आउने जाने भरियाहरू खाने पानी भएकाे ठाउँमा ढुङ्गाकाे चुलाे बनाई खाना बनाएर खान्थें । लाकुरीकाे बाेटवरिपरी भारी बिसाएर सुस्ताई रहेका भरियाहरूलाई हामी स्कुल जाँदा आउँदा भेट्ने गर्थ्यौं।

हिमालतिरबाट हिउँदमा जिम्बु बेच्न गाउँगाउँ छिर्थे बक्खु लगाएका मान्छेहरू। उनिहरू नजिक पर्दा ठुस्स गनाउथे। बा- आमाहरू हामीलाई डर देखाउदै भन्नुहुन्थ्याे;

“यी थाक्सेहरू हुन् है। यीनले त मान्छे लान्छ नी।”
उनीहरूलाई देखेपछि डर लाग्थ्याे हामीलाई।।

“थाक्से लामा आलु तामा ”
भन्दै हामी केटाकेटी भाग्ने गर्थ्यौं।

किसानका छाेरा छाेरी हामी! अन्य पेसा गरेपनि मुख्य पेसा भने कृषि नै थियाे। त्यहिँ भएर हाेला बर्खामा डेढ महिना स्कुल बिदा हुन्थ्यो । मंसिरमा अन्तिम जाँच हुन्थ्याे भने राजाकाे जन्मउत्सवकाे दिन पुस १४ मा रिजल्ट हुन्थ्याे। माघदेखि नयाँ क्लास सुरू हुन्थ्याे। बितेका दिनहरूलाई सम्झेर अभिलेखिकरण गर्नु पनि सजिलाे बिषय कहाँ हाे र फेरि ? कति सम्झन सकिन्छ ? कति धुमिल बनेर हराई सके । कति स्मृतिमा अझै ताजा छन्। कति त भुलीसके मैले।

हाम्राे क्लासकाे बिचमा ढाेका थियाे। हामीले ढाेका खाेल्याै भने ब्ल्याकबार्डमा लेखेकाे केटा साथीहरूलाई टल्कन्थ्याे। उनीहरूले झ्याल खाेलेभने हामी केटी साथीहरूलाई टल्कन्थ्याे। यसै बिषयमा साथीहरूकाे कहिलेकाहीँ झगडा पर्थ्याे। रमाइला थिए ती दिनहरू।

आठ क्लास पढ्दाकाे एउटा घटनालाई स्मरण गर्दै लेखिरहेछु यति बेला म। एकदिन टिफिन समयपछि हामी साथीहरू क्लासभित्र पस्दा पाँच मिनेट ढिला भएकाे थियाे। जयराम सर क्लासमा पस्नु भैसकेकाे रहेछ। उहाँले म्याथ पढाउनु हुन्थ्याे। त्याे दिन उहाँ क्लास लिन हाेइन भाेली शुक्रवार हुने वादविवाद प्रतियोगिताकाे लागि भाग लिने विद्यार्थीकाे छनाेट गर्न आउनु भएकाे रहेछ। उहाँले हाम्राे नाम भटाभट टिप्नु भयाे। कहिल्यै अगाडि गएर नबाेलेको कुनै प्रतियोगितामा भाग नलिएकाे म एकदम नर्भस भएँ। के गर्ने के नगर्ने? साथीहरू जस्काे नाम टिपेकाे थियाे उनीहरू त भाेलीपल्ट स्कुलमै आएनन्।

कार्यक्रमकाे दिन १२ बजेबाट कार्यक्रम सुरू भयाे। मलाई डर लागिरहेकाे थियाे।मैले डराई डराई भाग लिएकाे थिए। तर घरमा चहिँ तयारी गरेर आएकाे थिएँ नै। बाेल्ने पालाे आयाे मेराे। कार्यक्रम संचालकले मेराे नाम बाेलाएपछि म मञ्चमा गएर बाेल्न थाले “कृषि भन्दा उद्योग ठुलाे” मैले बाेली रहदा सरहरूले मेराे कुरा ध्यान पुर्वक सुनिरहेकाे देख्दा आत्माबल बढ्थ्याे मेराे। म दाेस्राे भए त्याे कार्यक्रममा । स्कुल पढुन्जेल कुनै कार्यक्रममा भाग नलिएकि म त्याे वादविवाद प्रतियोगितामा दाेस्राे भएर पुरस्कार लिदा आफैलाई पत्याउन गाह्राे भएकाे थियाे मलाई त्यतिखेर ।याे नै मैले स्कुल जीवनमा पाएकाे पहिलाे पुरस्कार थियाे। जयराम सरले त्यसरी प्रतियोगितामा नाम नटिप्दिनु भएकाे भए म कहाँ भाग लिन्थे र पुरस्कृत हुन्थे ? सलाम छ ती गुरूहरूलाई जस्ले प्रत्यक्ष अप्रत्यक्ष रूपमा विद्यार्थीकाे शैक्षिक र बाैद्विक विकाशकाे खातिर । भूमिका खेलिरहनु भयाे।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

तारा के. सी संस्मरण

यो पनि पढ्नुहोस्...

नियात्रा: निर्वस्त्र रातमा प्रेमको कोसेढुङ्गा | हाम्रो कथाघर

संस्मरण: बाल्यकाल | हाम्रो कथाघर

नेवारी समुदायमा माँ तलेजु भवानीको महत्त्व | भाष्कर मैनाली शर्मा | हाम्रो कथाघर

निबन्ध: बादलको रङ्गीन संसार | ज्ञानेन्द्र विवश | हाम्रो कथाघर

संस्मरण: कथाकार शुषमा चित्रकारप्रति – २ | हाम्रो कथाघर

व्यक्तिगत निबन्ध: नामको कथा र नामको विवेकशास्त्र | हाम्रो कथाघर

♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २४

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

पुस्तक समीक्षा: “अमेरिकाको घाम” लाई नजिकबाट नियाल्दा | हाम्रो कथाघर

कथा: साइतको विवाह | हाम्रो कथाघर

भर्खरै

बाल-उपन्यास: अद्भूत विवाह | हाम्रो कथाघर

माघ २२, २०८२

माघ २२, २०८२

माघ २२, २०८२

कविता समालाेचना : सुमना श्रेष्ठको “म अवसरवादी !” कविता : एक काव्यिक पृष्ठभूमि र प्रेरणाको सन्दर्भ

माघ २१, २०८२

पुस्तक समीक्षा : मणिकुमार प्रधानद्वारा लिखित कथा सङ्ग्रह “पुनरुद्धार” (बुकुने कथा सङ्ग्रह) एक पाठकीय दृष्टिकोणमा

माघ २१, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.