Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

गैर आख्यान - संस्मरण
ईश्वर थोकरईश्वर थोकरबैशाख २, २०८२1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

मेरी बहिनी!
आज रात नपर्दै तिमी टाढा कतै जानुपर्छ।
के तिमी एक्लै जान्छ्यौ?
मलाई पनि तिमीसँगै जाने आग्रह गर, आग्रह गर न!

– मियाजावा केन्जी

प्लिक्सी र म अरू केही साथीहरूसहित न्यातपोल मन्दिर परिसरमा खेल्दै थियौँ।

सधैंझैँ खेल्न छाडेर हामी सबैजना एक्कासि न्यातपोल मन्दिर फेदीको एउटा भीडमा गएर मिसियौँ। हामी त्यस भीडभित्र के भइरहेको छ भनेर जान्न आत्तुर थियौँ। आफूभन्दा ठूलाठूला मानिसहरूलाई पन्छाउँदै हामी भीडभित्र पस्यौँ।

प्लिक्सी मसँगै थिइन्। मैले उनका हात बलियोसँग पक्रिरहेको थिएँ। अरू साथीहरू पनि हामीसँगै थिए। त्यसैसमयमा एक जना जादुगर दाइले जादु देखाउन थाल्नुभयो।

जादु देखाउनुअघि उहाँले त्यहाँ उपस्थित सबैजनालाई कपडाले छोपिराखेका मानिसतर्फ फर्केर ठूलो स्वरमा भन्न थाल्नुभयो, “सायद तपाईंहरूले नपत्याउनु होला। मैले अघिदेखि यहाँ छोपिराखेका मानिसलाई तपाईंहरूकै अगाडि गायब पार्न सक्छु। तपाईंहरूले स्वीकार्न सक्नुहुन्छ?”

जादुगर दाइले त्यसो मात्र के भन्नु भएको थियो, मैले एक्कासि प्लिक्सीलाई सम्झेँ। सम्झेँलगत्तै पक्रिन खोज्दा उनी मेरो साथमा थिइनन्। उनी एकाएक गायब थिइन्।

“कतै उनलाई जादुगर दाइले गायब त पार्नुभएन?” मैले मनमनै सोचेँ।

प्लिक्सीलाई आफ्नो साथमा नपाएर म आत्तिएँ। रोएँ। कराएँ। चिच्याएँ। एकाएक मेरो मुटुको गति बढ्न थाल्यो। गोडा काम्न थाल्यो।

प्लिक्सीलाई खोज्दाखोज्दै झमक्क साँझ पर्न थालेको थियो। साथीहरू आ–आफ्ना घर गइसकेका थिए। प्लिक्सीलाई नभेटेपछि म निराश हुँदै क्याफे न्यातपोलसँगैको एउटा गल्लीभित्र छिरेँ। डराउँदै डेरातिर लागेँ।

डेरामा पुग्नै लाग्दा ठूली आन्टीको आवाज सुनेँ, “बहिनी त भेटिइन्। ठूलदाइचाहिँ कहाँ गयो होला त?”

ठूली आन्टीको कुरा सुनेर मलाई खुसी लाग्यो, तर सँगै डर पनि। डराउँदै म डेराको मूलढोकामा उभिन पुगेँ। त्यत्तिकैमा बाबा र ठूलो अङ्कल मूलढोकातिर हतारहतार आउनुभयो।

उहाँहरू मलाई र प्लिक्सीलाई खोज्न निस्किनुभएको थियो भन्ने कुरा उहाँहरूको अनुहार हेरेरै बुझ्न सकिन्थ्यो।

उहाँहरूलाई देख्नासाथ म डराएँ। फेरि गोडा काम्न थाल्यो। मुटुको गति बढ्न थाल्यो।

ठूलो अङ्कलले गाली नगरे पनि बाबाले पक्कै गाली गर्नुहुन्छ कि जस्तो लागिरहेको थियो। तर बाबाले पनि गाली गर्नुभएन। दुवैजनाले पालैपालो मलाई मायाले काखमा लिनुभयो।

त्यसैबेला प्लिक्सी र ठूली आन्टी बाहिर आउनुभयो। ठूली आन्टीले पनि मलाई मायाले काखमा लिनुभयो। प्लिक्सीले पनि मलाई मायाले अँगालिन्।

त्यसपछि मैले प्लिक्सी हराएको प्रसङ्ग जोडेर सुनाउन थालेँ। ठूली आन्टीले भनिन्, “प्लिक्सीलाई चिनेकै एक जना ज्यापू बाजेले कुमालेटोलतिर एक्लै छलिएर हिँडिरहेको देख्नुभएको थियो रे। उहाले नदेख्नुभएको भए, प्लिक्सी हराउन सक्थिन्।”

भोलिपल्टदेखि प्लिक्सीलाई सँगै लिएर जान मलाई डर लाग्न थाल्यो।

अर्को दिन म न्यातपोल दबुतर्फ बिस्तारै निस्कन लागेको थिएँ। प्लिक्सी मेरो बाटो छेक्दै आइपुगिन्। उनी रुन थालिन्। कराउन थालिन्।

उनको अगाडि मेरो केही सीप लागेन। अन्ततः उनलाई सँगै लिएर गएँ। उनी दङ्ग परिन्।

प्लिक्सी शारीरिक रूपमा निकै कमजोर थिइन्, दुब्ली–पातली। रोगी पनि। तर मानसिक रूपमा उनी तगडी थिइन्, स्वस्थ थिइन्।

उनीलाई मैले कतै लिएर गएँ भने प्रायःजसो म उनलाई पिँठ्यूमा बोकेर लैजान्थेँ (कहिलेकाहीँ हात समाएर डोऱ्याउँथेँ।) यसरी बोक्दा उनी सहज अनुभव गर्थिन्।

उनलाई म कहिले लायकु, कहिले सुकुलढोका, कहिले कुमालेटोल, कहिले खौमा त कहिले न्यातपोल मन्दिर लिएर जान्थेँ। उनी मलाई देखेर मरिहत्ते गर्थिन्। म उनलाई देखेर मरिहत्ते गर्थेँ। हामी एकअर्काका परिपूरक थियौँ।

प्लिक्सी र मैले भक्तपुरको ईताछेँमा रहेको ‘नवदुर्गा सिनेमाघर’मा पहिलो पटक ‘दुई थोपा आँसु’ सिनेमा हेरेका थियौँ। सिनेमा हेरेर हामी निकै रोएका थियौँ।

प्लिक्सीले सधैं एउटा गीत गुनगुनाइरहन्थिन्–

“… यो दुई थोपा आँसु मैले मेरै लागि साँचेको
भोलि रुनलाई कसैको म आँसु होला कि नहोला।”

एक दिन उनी एकाएक थला परिन्।

उनी फेरि कहिल्यै तङ्ग्रिन नसक्ने गरी थला परिन्। (हुन त उनी थला नपरेको दिन नै कम थिए।) सधैं कमजोर महसुस गर्ने गर्थिन्। आफूलाई असहज र अभागी ठान्थिन्।

अन्ततः प्लिक्सी बितिन्।

प्लिक्सीले आफ्नै आँखाअगाडि प्राण त्याग गर्दा मेरो हृदय छियाछिया भयो।

त्यसपछि एकएक गरेर प्लिक्सीसँग बिताएका क्षणहरू मेरा आँखाअगाडि झल्झली आउन थाले।

उनीसँग न्यातपोल दबुमा तेलकासा खेलेका, सँगै स्कुल गएका, सँगै टिफिन खाएका, सँगै होमवर्क गरेका, सँगै रामायण-महाभारत टेलिचलचित्र हेरेका, सँगै जादुगर दाइले देखाउनुभएको जादु हेरेका, सँगै सिनेमाघरमा सिनेमा हेरेर रोएका, सँगै न्यातपोल मन्दिरअगाडिको ठूलो हात्ती सकीनसकी चढेका, सँगै सुकुलढोका, लायकु, खौमा र कुमालेटोल पुगेका, सँगै रोएका, हाँसेका, र रमाएका सबै क्षणहरू…

म फेरि नरमाइलो महसुस गर्न थालेँ।

केही दिनअघि मात्र लामाहरूले उनलाई डोमभित्र हालेर म्हानेतर्फ लैजाँदै हुनुहुन्थ्यो। अघिअघि बुब्ज्याल, स्याङ, ङ्हा, ग्यालिङ बजाउँदै। मलामीहरू पछिपछि। केटाकेटीहरू सिबा र डेबोहरू बटुल्न तँछाडमँछाड गर्दै।

सबैजना रोइरहेका। कोही छाती पिटीपिटी रोइरहेका।

प्लिक्सीलाई त्यसरी डोममा हालेर लगिएको दृश्यले मेरो मन कटक्क खायो।

मैले आफूलाई एक्लो, रित्तो, शून्य र अभागी महसुस गरेँ – उस्तैगरी, जसरी उनले आफूलाई महसुस गर्थिन्।

म रुन थालेँ।

कुन प्रसङ्गमा हो, एकपटक बाबाले मलाई नराम्ररी गाली गर्नुभएको थियो। म बार्दलीमा बसेर एक्लो महसुस गरेर रोइरहेको थिएँ। त्यही बेला प्लिक्सी आएर आँसु पुछ्दै फकाउन थालिन् –
“दादा, तिमी किन रोएको? नरुनू, म छु।”

आज उनी मछेउ भइदिएकी भए,
बेलाबेलामा बगेका मेरा आँसु पुछिदिन्थिन् कि!


६ फेब्रुअरी, २०२५ | कालीघाट, भक्तपुर

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

ईश्वर थोकर दाजु बहिनी संस्मरण

यो पनि पढ्नुहोस्...

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

निबन्ध: नेपाली विद्यार्थीको नजरमा देश

निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

संस्मरण: मित्रताको आयु र गौरीपुर हाउस

यात्रा पोखराको – चाँदनी कुमारी

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.