Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: १२

भदौ १४, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » एकालापभित्र एकालाप गर्दाको अनुभूति

एकालापभित्र एकालाप गर्दाको अनुभूति

पुस्तक चर्चा - समीक्षा
अम्बिका धितालअम्बिका धितालकार्तिक २१, २०८१2K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

कृतिकार: खेमराज पोखरेल
कृति: एकालाप
विधा: लघुकथा
प्रकाशक: मोलुङ फाउन्डेसन कोटेश्वर
प्रकाशन वर्ष: २०८१ भाद्र

सप्तरी जिल्लाको साविक रुपनगर २, हालको कञ्चनरुप नगरपालिका १२, बस्तीपुरमा बुबा उद्धवप्रसाद पोखरेल र आमा दुर्गादेवी पोखरेलका सुपुत्रका रुपमा वि.सं.२०१३ भाद्र ३ गते खेमराज पोखरेलको जन्म भएको थियो । उहाँले लामो समय प्राध्यापन सेवामा कार्यरत रहेर हाल अवकाशप्राप्त जीवन बिताइरहनु भएको छ । उहाँका प्रकाशित कृतिहरूमा “पछ्यौरीको आइसक्रिम” (२०७३), “दह्रो लौरो” (२०७३), “सिमानामा आमा” (२०७५), “राम शाहको चौतारो” (२०७५), “ईश्वरको मृत्यु” (२०७६), “श्रीवल्ली” (२०७९) र एकालाप (२०८१) लघुकथासङग्रह, “डल्लो” (२०७३) कथासङ्ग्रह प्रकाशित छन् । उहाँले ‘मोलुङ’ (२०७३) र ‘मदुस’ (२०७६) लघुकथासङ्ग्रहको सम्पादनसमेत गर्नु भएको छ । पोखरेलले वि.स. २०७३ सालमा गोरखापत्र संस्थानबाट आयोजित राष्ट्रिय लघुकथा प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्नु भएको थियो । उहाँका लघुकथामा सामाजिक यथार्थता पाइन्छ । आजको समय आधुनिककाल भएकोले प्राचीन र परम्परागत सोचमा डुबुल्की मारेर होइन समयसापेक्ष रूपमा विचारलाई परिवर्तन गरेर यात्रा तय गरेमा अवश्य पनि यात्रामा कठिनाइ,पीर, चिन्ता, र पीडाको जर्जरतामा गुजल्टिनु पर्दैन भन्ने प्रगतिवादी सोच र स्वतन्त्रताको स्वर लघुकथामा घन्किएका छन् ।

२०८१ साल भाद्र ३ गते विमोचित ‘एकालाप’ लघुकथासङ्ग्रहमा एकलाई आलाप गरिएको छ । आफ्नो जीवन भोगाइका क्रममा तथा अमेरिका बसाईको क्रममा त्यहाँ देखेका र भोगेका यावत् कुरालाई लघुकथा मार्फत पस्कँदै आफ्नै मनसँग आफूले गरेको कुराकानीलाई प्रस्तुत गरिएको छ । एकहत्तर ओटा लघुकथा रहेको उक्त सङ्ग्रह एक सय सन्ताउन्न पेजको रहेको छ । किताबको माथिल्लो भागमा हल्का गुलाबी रङ्ग भएको र क्रमशः तल्लो भागमा रातो रङ्ग हुँदै हल्का खैरो रङ्गको पृष्ठभूमि भएको आवरणको बिच भागमा एक मानवीय आकृति कुर्सीमा बसेर एकालाप गरिरहेको दृश्यले एकपटक हरेक पाठकलाई किताबका पाना पल्टाउनबाट टक्क रोकाउँछ र सोच्न बाध्य बनाउँछ। लघुकथाको आवरण निकै आकर्षक रहेको छ ।

शीर्षक सार्थकता:

लेखकका हर भावनामा लेखक एक्लै आलाप गरिरहेको कुरा लघुकथामा प्रस्तुत गरिएको छ । सबै लघुकथाको शीर्षक एकबाट सुरू भएको छ ‌। लघुकथाकार पोखरेलले जीवनका घुम्तीहरूलाई एकसँग तुलना गर्ने जमर्को गर्नुभएको छ। लेखकले आफैंसँग आलाप गरिरहेको प्रसङ्गलाई लघुकथाको रुपमा उन्नुभएको छ । मानिसको भावना एक्लो छ, जीवनमा अनेकौं आफन्त इष्टमित्र साथीभाइसँग बिछोडिने र जोडिने क्रम जारी हुन्छ। अन्तत्व व्यक्ति एक्लै हो र एक्लै हुनुको बोध नै एकालाप हो भन्ने अर्थमा सम्पूर्ण लघुकथाको सामूहिक प्रतिनिधित्व हुने गरेर एकालाप शीर्षक राखिएको छ । जुन सान्दर्भिक छ ।

आयाम:

‘एकालाप’ भित्रका हरेक लघुकथा अध्ययन पश्चात पाठकलाई एक प्रकारको झड्का लाग्छ । ऊ एकैछिन घोरिन बाध्य हुन्छ अनि मात्र एकैछिन मस्तिष्क मन्थन गरेपछि लघुकथाले दिन खोजेको सन्देश पाठकले प्राप्त गर्दछ । यो विशेषताले भरिपूर्ण एकालाप भित्र पाठकले पनि एकैछिन एकालाप गर्नु पर्ने अवस्था देखिन्छ । लघुकथा भित्र हुनुपर्ने हरेक विशेषताले भरिएको यस सङ्ग्रहभित्रका लघुकथा संक्षिप्त आयाममा रहेका र उम्दा देखिन्छन् । सबै लघुकथाहरू दुई सय पचास शब्दमा रहेर लेखिएका छन्। परिवेशका रूपमा नेपाल, अमेरिकाका विभिन्न स्थान र समयका रूपमा दिउँसो,बिहान आएका छन् । कथानकले मागेअनुसारको परिवेश लघुकथामा पाइन्छ । लघुकथा भित्र अधिकांश पात्रमा कथाकार स्वयंको उपस्थिति भेटिन्छ । कृतिभित्रको कथानकलाई हेर्दा धेरै कथाहरू एक घटनामा संरचित छन् भने थोरै कथा मात्र दुई घटनामा घटित रहेका छन् ।मानवीय जीवन जगतका भोगाइ समेटेर बिम्बात्मक रूपमा कथालाई टुङ्याउनु कथाकारको खुबी र कथाप्रतिको गहन अध्ययन भएको कुरा प्रष्टिन्छ। कथाकारको बसाइ अमेरिका भएकाले धेरै जस्तो परिवेशमा अमेरिकाका विभिन्न ठाउँहरू आएका छन् । लघुकथासङ्ग्रहभित्र हिजोका पुराना विचारदेखि आजका आधुनिक युगका नविनतम विचारसँग लघुकथाको शब्द सीमाभित्र रहेर आलाप गरिएको पाइन्छ ।

विषयवस्तु:

यस ‘एकालाप’ भित्रका लघुकथाका विषयवस्तुमा विविधता भेटिन्छन् । यसभित्र विदेशी संस्कृति , रहनसहन,धर्म, प्रेम, राजनीति,मनोविज्ञान, दुःख, पीडा, सामाजिक विकृति, विसङ्गति, अमेरिकाको स्वतन्त्रता,विवाह ,सम्भोग, डिभोर्स ,महिला अधिकार,यौनकुण्ठा आदिलाई विषयवस्तु बनाइएको छ । जसरी बहुरङ्गी फूलहरूले बगैँचालाई सुन्दर र आकर्षक देखाउँछ त्यसरी नै विविधतायुक्त विषयवस्तुको संयोजनले लघुकथासङ्ग्रहलाई सुन्दर बनाएको छ।

पात्र विधान:

यस लघुकथासङ्ग्रहभित्रका लघुकथाहरूमा पात्र सम्पादनलाई विशेष ख्याल गरेको देखिन्छ।यस लघुकथाभित्रको रोचक पक्ष धेरै लघुकथामा लघुकथाकार (खेम) आफैँ पात्रका रूपमा उपस्थित भएका कारण लघुकथा थप जीवन्त बनेको छ। “जोनसले मलाई पनि कुर्सी देखाएर छुरीकाँटा दिँदै भन्यो , ‘खेम ! तिमी यहाँ बस ।’ ( एक अट्टहास : ७ ), मानवीकृत समयले भन्यो , ‘ के समस्या पर्यो र मलाई सम्झिस् खेम ?’ ( एक समय : ९), मेरो रुन्चे र चौलानी जस्तो पयाँलो अनुहार देखेर भन्यो, ‘के भयो खेम?’(एक यात्रा : १३ ), जोन्सनले त्यहाँ उपस्थित सबैलाई सम्बोधन गर्‍यो र भन्यो, ‘खेम नेपालको हो।’(एक एम्ब्यासडर: १५), “अब तिमी नै भन खेम ! हाम्रो राष्ट्रियता के हो?”(एक राष्ट्रियता : २२) , मसानले सोध्यो लासका ढुङ्गा हिँड्दै छौ खेम?”(एक युद्ध : ५३) यसरी लघुकथामा विषयवस्तु,देश,काल र परिवेश सुहाउँदा पात्रहरूको चयनले लघुकथालाई यथार्थ बनाएको छ ।

संवादात्मक:

‘एकालाप’ लघुकथासंग्रहको बलियो पक्ष लघुकथाभित्र सम्पादन गरिने छोटाछोटा संवादहरू नै हुन्। सबैजसो लघुकथाहरूमा छोटाछोटा संवादहरू सम्पादन गरिएको छ । संवादमा कथाकार आफैं उपस्थित भएर गरिएका संवादले लघुकथालाई अझ रोचक बनाएको छ।

भाषाशैली:

सहज बोलीचालीको भाषा प्रयोग गर्दै लेखिएका लघुकथामा संवादात्मक शैलीको प्रयोग पाइन्छ। व्यङ्ग्य, प्रतीक र स्वैरकल्पना शैलीको प्रयोगले लघुकथालाई सुन्दर बनाएको छ । बिम्बात्मक चोटिलो भाषाको प्रयोग लघुकथामा भेटिन्छ । लघुकथामा तत्सम,तत्भव र आगन्तुक तीनै शब्दको प्रयोग पाइन्छ । अमेरिकाको बसाइ भएकाले हुनसक्छ त्यहाँको मातृभाषा अङ्ग्रेजी शब्द (हाईड्याड, गर्लफ्रेन्ड, वाईबर्थ, ह्यार्यास, टेन्सन, ह्याप्पी , स्कड, गिभिङ, चियर्स, रिलिजियस, एम्ब्यासडर, मर्सिडिज, लाइफआदि ) को प्रयोग भएको पाइन्छ। यसले सामान्य पाठकमा अन्योल सिर्जना गर्न सक्छ । त्यसैगरी बिम्ब र प्रतीकको अधिक प्रयोगले सबै लघुकथाहरू बोधगम्य हुन सकेका छैनन् । एक वरदान, एक सिकन्दर, एक लाइफ, एक मुक्ति, एक फर्मूला जस्ता लघुकथाको भाव निकै चोटिलो भइकन पनि रसस्वादन गर्नका लागि पाठक केहीबेर घोत्लनै पर्छ ।

दृष्टिविन्दु:

यस लघुकथा सङ्ग्रहमा प्रथमपुरूष दृष्टिबिन्दु र तृतीयपुरुष दृष्टिबिन्दु दुवैको प्रयोग भएको पाइन्छ । लघुकथालाई रोचक र यथार्थपरक बनाउन लघुकथामा केन्द्रीय दृष्टिविन्दु र बाह्य दृष्टिविन्दु दुवैको संयोजन गरिएको पाइन्छ । एक भेद, एक विजय, एक चिच्याहट, एक आरक्षण, एक श्राप, एक दायित्व, एक चस्मा, एक दुदानी, एक यन्त्र, एक पूजा लघुकथा तृतीयपुरुष दृष्टिबिन्दुमा संरचित छ भने बाँकी सबै एक सूर्य, एक पुल, एक अट्टहास, एक समय, एक अस्तित्व, एक यात्रा, एक एम्ब्यासडर, एक सिर्जना, एक राष्ट्रियता, एक वरदान, एक पीडा, एक भर्जिन, एक नाता, एक लास, एक आनन्द, एक सिकन्दर , एक अप्राप्ति, एक भोग, एक लाइफ जस्ता लघुकथा प्रथम र तृतीय दुवै दृष्टिबिन्दुमा संरक्षित छन् । धेरैवटा लघुकथामा लघुकथाकार स्वयं म पात्रका रूपमा आएका कारण पनि प्रथमपुरूष दृष्टिबिन्दुको प्रयोग भएको देखिन्छ ।
म पात्र अर्थात् लघुकथाकारले एकालाप गर्दै विभिन्न मानसिक संवेग,उतारचढावलाई विभिन्न विषयका माध्यमबाट प्रस्तुत गरेकाले प्रथम पुरुष र तृतीयपुरूष दृष्टिबिन्दुमामा लघुकथालाई निरन्तर गतिशील तुल्याइएको भेटिन्छ ।

उद्देश्य:

यस लघुकथा सङ्ग्रहभित्र सङ्गृहीत लघुकथा सबैका आ-आफ्नै उद्देश्य देखिन्छन् । नेपाल र अमेरिकाको परिवेशमा रचना गरिएका सबैजसो लघुकथाका उद्देश्य समाज चित्रण , स्वतन्त्रता,नारी हक अधिकार एवम् समाज रूपान्तरण नै हो‌ । लघुकथा पढ्दैजाँदा कथानकको समाप्तिमा हरेक पाठकलाई झड्का लागेको छ । पहिलो लघुकथा ‘एक सूर्य’ ले अमेरिकाको स्वतन्त्रतालाई छोरो मार्फत देखाइएको छ। बरु बाबुलाई आफ्नै जन्मभूमि पाकिस्तान पठाइदिने तर सम्पत्तिमा लोभिएर जिम्मेवारी नसमाल्ने छोराको भनाइबाट अमेरिकाको स्वतन्त्रतालाई स्पष्ट बुझिन्छ । ‘एक पुल’ मा देश प्रेमको भाव दर्शाइएको छ । आफू अमेरिकन माग्ने मान्छेको तुलनामा सम्पन्न भइकन पनि देश छोडेर हिँडेकोमा म पात्रलाई ग्लानी भएको देखिन्छ यो कुरा लघुकथामा यसरी प्रस्तुत गरिएको छ । “यो बेला मैले आफैंले आफ्नो देश काम नलाग्ने भनेर छोडेर अमेरिका आएको सम्झेँ।”(४) त्यसैगरी ‘एक भेद’ मा मान्छेले लिङ्गका आधारमा विभेद गर्ने गरेको कुरालाई देखाइएको छ। महिला वर्गले प्रकृतिले दिएको अधिकार समेत पुरुषले दिएको ठानी पुरुषको भर परेकाले कहिल्यै स्वतन्त्र हुन नसकेको कुराप्रति व्यङ्ग्य गरिएको छ। ‘एक अट्टाहास’ मा सबै ठाउँ र परिवेशमा एउटै खानपान र व्यवहार नचल्ने कुरालाई चित्रण गरिएको छ। ‘आफ्नै देशका साथीहरूले ‘तँ बाहुन भइ खाको’ भन्दै सुँगुरको मासु कोच्याएको कुराले अट्टहास गरिरह्यो।’(८) भन्ने प्रसङ्ग प्रस्तुत गरिएको छ। ‘एक समय’मा सर्वे सरुवा मानिएको समयसँग पनि आफ्नो भविष्यवाणी छैन भन्ने कुरा “मनुष्य! म बलवान छु। तर स्वयं मैलाई यसका बारेमा केही थाहा हुँदैन।”(१०) प्रस्तुत गरेबाट स्पष्ट देखिन्छ । ‘ एक अस्तित्व’ मा जति नै सुखसुविधा, माया, प्रेम, आरम, ऐस, सम्पत्ति पाएपनि घरमा मात्र सीमित हुने नारी एक किसिमको कैदी भएको कुरालाई प्रस्तुत गर्दै नारी स्वतन्त्रतालाई जोड दिएको छ। ‘एक यात्रा’ मा जिन्दगी एक यात्रा भएकाले यात्राका क्रममा भेटिएका स्वार्थी यात्री र जीवनमा कुनै पिरचिन्ता नलिकन आनन्दका साथ अगाडि बढ्नुपर्ने कुरालाई यसरी प्रस्तुत गरिएको छ, उसले लामो सास तानेर भन्यो, “आमाबुबा, साथीसङ्गी, लोग्नेस्वास्नी, छोराछोरी, देश, समाज,परिवार आदि सबै यही यात्राका दौरान भेटिएका अलग तथा स्वार्थी यात्रु त हुन् । अनि केको टेन्सन?”(१४), एक एम्ब्यासडर’ ले नेपालको सांस्कृतिक,प्राकृतिक, धार्मिक र ऐतिहासिक ठाउँहरू चर्चित छन्। जसले हाम्रो देश नेपालको शिर ठाडो हुन्छ तर यहाँको गरिबी,मानवीय क्रियाकलाप आदिले शिर झुकाउनुपर्ने अवस्था छ। यहाँका नराम्रा पक्षलाई प्रयोग गरेर विदेशीले प्रशस्त पैसा कमाएको प्रसङ्ग लघुकथामा प्रस्तुत गरिएको छ। ‘एक विजय’ ले नारी हक अधिकारका लागि हिजोको परम्परामा साथ दिने र पुरुषसत्ताको पछि लाग्ने गलत कार्य महिलाले गरिरहेसम्म आम महिला वर्गले परम्परादेखि बोकेर ल्याएको आफ्नै वैचारिक लासमाथि विजय प्राप्त गर्न सक्दैनन् तबसम्म उनीहरूको स्तर माथि उठ्न सक्दैन भन्ने यथार्थतालाई प्रस्तुत गरेको छ। ‘एक सिर्जना’ मा मानिसको तन एउटा मात्र भएपनि उसले अनेक सिर्जना गर्न सक्छ अरुलाई आदर्शको पाठ पढाउने मानिस आफै गलत काम गरिरहेको हुन्छ । उसको अनेक रूप हुन्छ र उसलाई अनेक संज्ञाले चिनिन्छ भन्ने कुरालाई प्रस्तुत गरिएको छ। ‘एक राष्ट्रियता’ मा मानिस जहाँ बस्छ त्यहाँ नै राष्ट्रियता कायम गर्छ भन्दै अमेरिकाको स्वतन्त्रता र बहुविवाहलाई प्रस्तुत गरिएको छ। ‘एक वरदान’ मा नेपालमा खुलेआम नगरिने कार्य अमेरिकामा सहज रूपमा गरिन्छ। त्यहाँका मान्छेहरु आफ्नो शरीरमा आफ्नो अधिकार भएको र सम्भोग प्राकृतिक वरदान भएको कुरा राख्छन् जुन कुरालाई लघुकथामा यसरी प्रस्तुत गरिएको छ, उसले भनी मेरो शरीर मेरो अधिकार मेरो शरीर प्रकृतिले दिएको वरदान हो। प्रकृतिले दिएको वरदान खोस्ने को हो र?” (२४)
‘ एक पीडा’ मा एनआरएनको चुनावमा मानिसले देखाएको कुकुर बिरालोको व्यवहारले शिर झुकाउनु परेको वास्तविकतालाई प्रस्तुत गरिएको छ। ‘एक भर्जिन’ मा नेपालको संस्कार बेग्लै भएको तर अमेरिकामा विवाह अगाडि नै शारीरिक सम्भोग गर्ने कुरा सामान्य भएको यथार्थ प्रस्तुत गर्दै नेपालमा पनि चालीस वर्षमा विवाह गर्ने केटो भर्जिङ नबसेको कुरा प्रस्तुत गरिएको छ । ‘ एक नाता’ मा आफूले कताकता मन पराइसकेको मान्छेले कहिल्यै नलगाएको बहिनीको नाता लगाएपछि विचलित भएको अवस्थालाई कथाले यसरी प्रस्तुत गरेको छ “म तत्काल अचम्मित भएँ तर मुटुले दुःखी भएको अनुभूत गरिरहेको छ। उसले कहिले नभनेको बहिनी आज व्यर्थमा किन भन्यो हँ?”(३०)
‘एक लास’ मा नेपाल सरकारले मानवीय अस्तित्वलाई नबुझेको प्रसङ्ग उठाउँदै धेरैको मृत्युबाट बनेको सरकारले राम्रो काम गर्न नसकेको प्रति व्यङ्ग्य गरिएको छ। ‘एक आनन्द’ मा विगतका कुरालाई सम्झेर रमाउनुपर्ने यथार्थ देखाउँदै यहाँ समाजले हेर्ने दृष्टिकोण तथा यथार्थको परिवेश फरक हुने कुरालाई प्रस्तुत गरिएको छ। ‘एक आरक्षण’ मा महिलाको नाममा आरक्षण दिने गरेको तर महिलालाई चाहिने शक्ति, अधिकार, अवसर र महिला अस्तित्व चाहिँ आफ्नै हातमा राखिएको यथार्थताप्रति तीखो बाण हानिएको छ। ‘एक पश्चगमन’ मा महिला उन्मुक्तिको बाधक महिला नै हो किनकि पुरुषले गर्ने निर्णयमा आफ्नो अलिकति पनि हिस्सा नखोज्ने महिलाको प्रवृत्ति नै महिला पछि पर्नुको मुख्य कारण हो भन्ने कुरा यसरी प्रस्तुत गरिएको छ । “जेसिकाले मुन्टो ठाडो पारेर भनिन् , “महिलाका लागि पनि पुरुषले गर्ने निर्णय र निर्णयमा आफ्नो सेयर नखोज्ने महिला प्रवृत्ति नै पश्चगमन हो र महिला उन्मुक्तिको बाधक हो।” (४८) ‘ एक नाटक’ मा जिन्दगीका हरेक क्रियाकलाप नाटक हुन् भन्ने कुरा देखाउँदै जिन्दगीमा एउटा नाटक गर्न पनि अर्को नाटक रच्नु पर्ने यथार्थलाई प्रस्तुत गरिएको छ। ‘ एक युद्ध’ले मान्छेले जीवनलाई युद्ध ठानेपछि युद्धले मानिसमा चिन्ता,विनाश र तनाव मात्र दिनेभएकाले जीवनलाई शान्तिमार्ग ठानेर राम्रो मार्गमा हिँडौँ भन्ने आदर्शको पाठ पढाएको छ। त्यस्तै ‘एक शैली’ ले शिक्षित वर्गले महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको कुरा छ भने ‘एक श्राप’ मा सबै छोराछोरी परदेश जाउन भनिदिएको आशीर्वाद एक दम्पतीलाई श्राप भएको र अब छोराछोरी नेपालमा नै बसुन् भनी आशीर्वाद चाहिएको कुरालाई प्रस्तुत गरिएको छ। ‘एक घर’ मा अमेरिकामा सातौँ पुस्तादेखि आफ्नो घर नभए पनि मानिस खुसी हुने तर नेपालमा भने मानिसलाई जीवनभरको एउटै चाहना घर रहेको हुन्छ। नेपाली र विदेशीका घरप्रतिको दृष्टिकोण यहाँ प्रस्तुत गरिएको छ। ‘एक दान’ मा आफ्ना वृद्ध आमाबुबालाई बाचुन्जेल सन्तानले ख्याल नगरेको तर मरेपछि दान, भोज भतेर गरेर पुण्य कमाउँछु भनी गरेका कार्यप्रति कथाले झटारो हानेको छ। ‘ एक नियम’मा सम्भोग प्राकृतिक नियम हो यसलाई कसैले छेक्न सक्दैन । समाजले एउटै अपराधमा पनि धनी र गरिबलाई सम्मान न्याय दिँदैन भन्ने तितो यथार्थतालाई प्रस्तुत गरिएको छ। ‘एक चस्मा’ ले गुण्डा र आतंकवादीले गाडीमा आगो लगाइदिएर मानिसको मृत्यु हुँदाखेरि मृतकको परिवारलाई सरकारले नहेरेको यथार्थ प्रस्तुत गर्दै आँखाको उपचार गर्ने डाक्टरलाई त सरकारले नहेरेको अवस्थामा एक वृद्ध महिलालाई सरकारले कसरी देख्छ भन्ने यथार्थ कथामा प्रस्तुत गरिएको छ। ‘एक रङा’ मा सबै रङ्ग मिसाएपछि एक रङा भएजस्तै नेपालका राजनीतिप्रति व्यङ्ग्य गर्दै जनता र नेता पनि छेपारे रङका भएको कुरालाई सङ्केत गरिएको छ। ‘एक साथी’मा आफन्तभित्र स्वार्थ हुने तर शत्रुले आफूलाई साथी भनेर सहयोग गर्ने कुरा यसरी प्रस्तुत गरिएको छ। “उसले मलाई एक झापड हानेथ्यो र मलाई गाली गरेथ्यो। हाम्रो बोलीचाली बन्द थियो। तर हर्के मेरो सधैँ जायज नजायज कृत्यलाई समर्थन गर्दै समाजसँग बहस गर्दै थियो र भन्दै थियो। ‘त्यो मेरो साथी हो।’ (८६) ‘एक मनोविज्ञानमा’ महिलाको मनोविज्ञान सिग्मण्ड फ्रायडले समेत जान्न नसकेको यथार्थतालाई यसरी प्रस्तुत गरिएको छ। “फ्रायडले भन्यो, “उफ, मान्छे ! मैले जिन्दगीभरि महिलाको मनोविज्ञान जान्न खोजेँ। जानेको भए म किन महिलाविहीन हुन्थे?”(८८)
‘एक याचना’ले अमेरिकाको स्वतन्त्रता र विवाह गर्न समेत अमेरिका जाने शैली, ‘एक गोरू’ मा गुरु मानिएका मानिसमा पनि पर्याप्त ज्ञान नहुने यथार्थ, ‘ एक डस्बिन’ मा काम गर्न नसक्ने मानिसले मनभरि खराब विचारलाई लिने भएकोले उक्त व्यक्ति डस्टबिनसरह मानिने सङ्केत गरिएको छ । ‘एक आग्रह’ मा आधुनिक महिला सुन्दरता बिग्रन्छ भन्दै बच्चा नपाउने । रेस्टुरेन्ट, बार जाने रमाउने र घरको कुनै पनि काम नगर्ने किसिमका भएको कुराप्रति चिन्ता व्यक्त गरिएको छ। उनले मेरा नजरमा हेरेर भनिन्, “मेरो सुन्दरता बिग्रन्छ । बच्चाचाहिँ नपाउने है?” (१०८) ‘एक रगत’ मा संसारका सबै मानिसहरू एकै हुन् । सबैको रगत रातै भएको यथार्थ प्रस्तुत गर्दै जातीय एकतालाई प्रस्तुत गरिएको छ। ‘एक दुदानी’ मा केटाकेटी र बुढाबुढीको भोक एकै हो भन्ने सत्यतालाई प्रस्तुत गरिएको छ। ‘एक अपाङ्ग’ मा हातगोडा, आँखा या भनौँ शारीरिक सबलाङ्गले आफ्नो काम गराउनका लागि आँखा नदेख्ने मान्छेको भर पर्नु परेकोले अपाङ्ग त ती व्यक्ति हुन् जसको अरूलाई हेर्ने नजर गलत छ भन्ने कुरा दर्शाइएको छ। ‘एक पूजा’ मा छोरीलाई उच्छृङ्खल सिनेमा हेर्न हुँदैन भन्ने आमा, छोरीलाई मन्दिर जान्छु भनेर त्यही सिनेमा हेर्न गएको र सिनेमा हल आमा छोरीकै मन्दिर बनेको प्रसङ्ग प्रस्तुत गर्दै वर्तमान समयका मानवीय स्वभावलाई प्रस्तुत गरिएको छ। ‘एक स्वतन्त्रता’ मा मान्छे एकले अर्कालाई स्वतन्त्र देखेपनि ऊ घर,परिवार, आफन्त र समाजबाट स्वतन्त्र हुन नसकेको कुरा संकेत गरिएको छ। अन्तिम लघुकथा ‘एक सम्भोग’ ले सम्भोग शारीरिक क्रियामात्र हो तर प्रेम होइन।प्रेमले गरेको सम्भोगबाट नै मानसिक र आत्मिक आनन्द प्राप्त हुन्छ भन्ने सन्देश यसरी दिएको छ । उसले भनी, ‘ म तिमीलाई साथीको रूपमा प्रेम गर्छु। सेक्स पार्टनरका रूपमा होइन । मेरो प्रेमी अर्कै छ, जससँग म दैविक आनन्दमा सम्भोग गर्छु। (१४२)।यसरी लघुकथाले समाजमा रहेका विकृति, विसङ्गति, अन्धविश्वासप्रति व्यङ्ग्य गरेका छन् । महिला अधिकार र स्वतन्त्रतालाई घन्काएका छन् र प्रगतिवादी स्वरलाई बुलन्द बनाएका छन् । केही लघुकथा पढेपछि भने पाठकले त्यसबाट सन्देश पाउन एकैछिन सोच्नै पर्ने अवस्था भने देखिन्छ ।

निष्कर्ष:

पृथक विषयवस्तुलाई आकर्षक तरिकाले प्रस्तुत गरिएको उक्त लघुकथासङ्ग्रहमा अमेरिकाको परिवेशमा लेखिएका लघुकथाहरू धेरै छन्। यसरी संवादात्मक, व्यङ्ग्यात्मक र प्रतीकात्मक शैलीको प्रयोग गरी लेखिएका लघुकथाले समाजको विकृति विसङ्गतिप्रति व्यङ्ग्य गर्दै अन्धविश्वासयुक्त समाजको परिवर्तन गर्नुपर्ने सन्देश दिएको छ । विदेशी संस्कृति, त्यहाँको रहनसहन , सामाजिक अवस्था र आधुनिक युगमा बढ्दै गएको डिफोर्सको समस्यालाई प्रस्तुत गरिएको उक्त लघुकथासङ्ग्रहमा मानिसभित्रको यौनकुण्ठलाई चित्रण गरिएको छ भने देश प्रेमको भावनालाई पनि प्रस्तुत गरिएको छ । हरेक पाठकलाई दोहोर्‍याई दोहोर्‍याई पढ्न प्रेरित गर्ने लघुकथाकारको यो जस्तै लघुकथाकृति बारम्बार जन्मिरहून् हार्दिक शुभकामना।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

अम्बिका धिताल एकालाप खेमराज पोखरेल पुस्तक समीक्षा

यो पनि पढ्नुहोस्...

पुस्तक समीक्षा: जमुना भट्टराईकृत “मर्नु अघि” उपन्यास आँसुको यशोधरा | हाम्रो कथाघर

समीक्षा: पीडामाझ जीवन जिउन सिकाउने कविता | हाम्रो कथाघर

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

‘घुरको धुवाँ’ कृति : पठनानुभूति – हरिश कल्पित

फिर्दोसको साँचो : नवीन स्वादको पठनीय कथाकृति – सीता अधिकारी थापा

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: १२

भदौ १४, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२

भदौ १३, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.