ल्याप्चे लाउने ठूल्दाजै
रै´छौ डल्ले डल्ले
बूढी औँला भनेर
नाम राख्यो कल्ले ?
भाइसँग टाँस्सियौ
दाजुलाई छोड्यौ
नामै चोरी औँला रे
भन के-के चोर्यौ ?
थाहा पाएँ यो कुरा
बल्ल मैले आज
माझी औँला भएरै
बस्यौ सबको माझ
डाहा गर्दै दुनियाँ
आँखा तरी हेर्छन्
साहिँली औँला धनी छन्
सुनको औँठी बेर्छन्
बजार गई नाना र
मीठो पापा किन्छु
बाको कान्छी औँला यो
समातेर हिँड्छु ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।