यस लघुकथामा अङ्कगणितीय प्रयोग गर्ने प्रयास गरेको छु …। — लेखक: मनिषकुमार शर्मा `समित′।
सधैँ फजुल खर्चीको आरोपले आजित श्रीमतीले यो पटक श्रीमानको वचनबाण सुन्नुअघि नै एक कागजको टुक्रा दिइन् ।
“फेरि यो के सामनको सूची हो?”
उसले झर्कदै कागजको टुक्रामा दृष्टि लगायो –
| तिम्रो मासिक कमाई | २५,०००।- |
| घरभाडा | १०,०००।- |
| खाना खर्च | ८,०००।- |
| छोराछोरीको पठनपाठन। | १०,०००।- |
| पोसाक (सामान्य)। | ५,०००।- |
| अतिथि सत्कार | २,०००।- |
| औषधि उपचार र भइपरि | ५,०००।- |
| जम्मा | ४०,०००।- |
“बुझ्यौ ?
तिम्रो कमाइले त छेउ पनि लाग्दैन ।
म त गएँ पैसा कमाउन ।”
( लघुकथा “सङ्ग्रह खास्टोमा” )


