Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२

मुक्तक श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

पाक्षिक लघुकथा अभियान – अंक : ०९

जेष्ठ १६, २०८२

कविता: अर्थमै चित्त जाओस्

जेष्ठ १५, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » नियात्रा: मौलाकालिका मन्दिरको सङ्‌क्षिप्त परिचय

नियात्रा: मौलाकालिका मन्दिरको सङ्‌क्षिप्त परिचय

गैर आख्यान - नियात्रा
भूमिका गैरे तिमिल्सिनाभूमिका गैरे तिमिल्सिनाकार्तिक २७, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

समुन्द्री सतहबाट ५६१ मिटर पहाडी वन उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल एवम् शक्तिपीठ मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ । राष्ट्र‌को मध्यभागमा अवस्थित, ऋषिहरुको तपोभूमि देवघाट क्षेत्र परिसर पूर्व पश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ  करिब  ४ कि. मि. टाढा गैंडाकोट नगरपालिका वार्ड नं. १ मा अवस्थित छ।

 ऐतिहासिक पृष्ठभूमि प्राचीन काल पन्ध्रौ शताब्दीको अन्त्यतिर ( करिब ५०० वर्ष पहिला ) पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा  यस ठाउँमा सैनिक टुकडी राखी देवघाट‌‌धाममा चक्रवर्ती शिला स्थापनासहित तीर्थवास गरेको र सैनिक टुकडीलाई शक्ति आराधनाका लागि मौलो गाडी  शक्ति- पीठका रुपमा पूजा-अर्चना गर्ने व्यवस्था गरेका थिए । उन‌को शासनकालपछि स्थानीय पिनाली  र सुनारी मगरले पूजा गर्ने गरेका थिए भन्ने  पाइन्छ । त्यसपछि गाउँलेहरुले आलो – पालो गरी पूजा चलाएका थिए । त्यहाँ  ठूलो सालको  रुख थियो । वि.  सं.  १९९० सालको भुकम्पमा  रुख ढलेको थियो । रुखसँगै जोडिएको मन्दिर‌मा भए‌का ऐतिहासिक संरचना सबै भताभुङ्‌ग भएका थिए । कालान्तरमा त्यस  ठाउँका आदिवासीहरु अन्यत्र बसाई सर्न थाले र मन्दिर जाने पूजापाठ गर्ने चलन विस्तारै कम हुदै गयो ।  वि.सं. २०३५ सालमा गैंडाकोट १ निवासी स्वर्गीय काशीनाथ पौडेलले स्वप्नमा मौलाकालिका को दर्शन पाएपछि तत्काल स्थानीय व्यक्ति ह. कुमानसिंह गुरुङसमेतले उक्त स्थानमा स्थानीय बासिन्दाहरुको साथ, सह‌योगले सानो मन्दिर निर्माण गरी बडादशैं र चैतेदशैंमा पूजा- पाठ गरिदै आएको थियो ।

मन्दिर निर्माण भएपछि पूजा सञ्चालन  र  पुजारीको व्यवस्था  गरियो । वि . सं. २०३२ सालदेखि ब्राह‌मणद्वारा पूजा हुन थाल्यो ।  वि. सं. २०३८ सालको बडादशैंदेखि धार्मिक सेवा समितिले संस्थागत रूपमा पूजा आरम्भ गरेको हो  । वि. सं. २०४३ साल वैशाखदेखि हप्ताको २ दिन  मङ्‌गलबार र शनिबार पूजा हुन थालेको हो ।   यसैगरी वि. सं.  २०४४  साल चैत ६ गतेदेखि  एकजना आवासीय पुजारीद्वारा दैनिक पूजा – पाठ आरम्भ   गरियो । वि. सं. २०६४  सालदेखि  तीनजना आावासीय  पुजारीबाट  वैदिक विधिअनुसार सात्विक दैनिक पूजा-अर्चना, स्वाहा , स्वधा  र पाठ परायण हुदै आएको हो । विधानतः मन्दिर परिसरभित्र जीव बली प्रथालाई पूर्णतः निषेध गरिएको  छ ।

 वि. सं. २०३२ सालमा बनेको टिनको छानो भएको मन्दिर  वर्षाको कारण‌ले भत्कियो  र  पुनः २०४२ सालमा एक ढोका  र टिनले छाएको सानो मन्दिर निर्माण भयो  । धर्मानुरागी व्यक्तिहरूको दिनप्रतिदिन भक्तजनह‌रूको आगमन बढ्दै गएपछि  वि. सं. २०५१ सालमा  मध्यक्षेत्र प्रहरी तालिम केन्द भरतपुर चितवनका  प्रहरी उपरीक्षक श्री ज्ञानेन्द्रविक्रम महतका  प्रेरणा, साथ, सहयोगले धार्मिक सेवा समितिको सक्रियता,  श्रद्धालु भक्तजन, जनता , संङ्घसंस्था, विभिन्न सरोकारवालाह‌‌रुको सहयोगबाट वि. सं. २०५३ सालमा तीन ढोकासहितको तीन तले पक्की प्यागोडा शैलीमा वर्तमान मन्दिर निर्माण कार्य सुसम्पन भयो । वि . सं.  २०५३ साल चैत महिनामा मन्दिर निर्माणार्थक प्रेरक  व्यक्तित्व श्री ज्ञानेन्द्रविक्रम महत ज्यू बाट मन्दिर  समुद्‌घाटन भयो ।

शक्तिस्वरूपा मौलाकाली भगवतीको पूजा-अर्चना आराधना एवम् उपासना गर्नाले मनले चिताएको  मनोकाङ्‌‌क्षा पूरा हुने, आत्मसन्तुष्टि र आनन्द मिल्ने जनविश्वास रहे‌को पाइन्छ । मानिसलाई दुःख, आपत‌विपत् र सङ्‌‌कट परेको अवस्थामा भगवतीको प्रार्थना गर्नाले सहनशक्ति प्राप्त हुने, दुःख कष्टबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको  छ । नेपाल लगाएत छिमेकी राष्ट्र भारत, भुटानका साथै अन्य मुलुकहरुबाट प‌नि शक्ति पूजक एवम् उपासकहरु दिनानुदिन आउने क्रम बढिरहेको छ । राष्ट्रिय र अन्तराष्ट्रि‌य  ख्याति प्राप्त व्यक्तिहरु पनि मौलाकालिका भगवतीको दर्शन गर्न बेला बेलामा आइरहनु भएको छ ।

मौलाकालिका मन्दिर प्रवेशद्वार नजिक श्री सिद्धिविनायक गणेश मन्दिर, श्री राधाकृष्ण मन्दिर छ । यसैगरी देउराली भञ्याङ सिंढीमार्गमा देउराली देवीको खुला मन्दिर छ। मौलाकालिका मन्दिर प्राङ‌्गणमा हवनकुण्ड, भैरव देवीको मन्दिर, ॐ नम शिवाय मठ, शिवलिङ्‌ग मठ, तुलसी देवीको मठ र प्राङ्‌ग‌णस्थित मूल प्रवेशद्वारमा गणेश र सरस्वतीका  मूर्तिहरु राखिएका छन्  ।

मौलाकालिका मन्दिरका  गुरु योजना तथा विकासकार्यहरु पनि रहेका छन् । मन्दिरका भावी योजनाहरू पनि  सबैको साथ र सहयोगले पूरा हुनेछन् भन्ने विश्वास छ ।

राष्ट्र‌को गौरव, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त शक्तिस्वरू‌पा मौलाकालिका भगव‌तीको मन्दिर हामी नेपालीको पहिचान हो । गैंडाकोट वासीको मात्र नभई सिङ्‌गो राज्यको शान हो । भावी पीढीलाई मन्दिरको अस्तित्व , महत्त्व  , महिमा बताउनु आवश्यक  हुन्छ । उक्त मन्दिरको संरक्षण र संवर्द्वन  गर्नु  हामी सबैको कर्तव्य  हो ।  ऐतिहासिक, धार्मिक, सांस्कृतिक  महत्व बोकेको मन्दिर एक पुस्तादेखि अर्को पुस्तामा  हस्तान्तरण  हुनु आवश्यक छ । आध्यात्मिक शान्ति, सङ्‌कटमोचन, आस्था र विश्वासको धरोहर  धार्मिक एवम् पर्यटकीय स्थल धार्मिक सेवा समिति मौलाकालिका भगवतीले हामी सबैको मनोकामना पूरा गरून् ।

“मौलाकालिका भगवतीको दर्शन  गरी पुण्य कमाऔँ  र आन्तरिक पर्यटनको विकासमा टेवा बढाऔं ।”

भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट ४, नवलपुर

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नियात्रा भुमिका गैरे तिमिल्सिना

यो पनि पढ्नुहोस्...

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

निबन्ध: नेपाली विद्यार्थीको नजरमा देश

निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

संस्मरण: मित्रताको आयु र गौरीपुर हाउस

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२

मुक्तक श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

पाक्षिक लघुकथा अभियान – अंक : ०९

जेष्ठ १६, २०८२

कविता: अर्थमै चित्त जाओस्

जेष्ठ १५, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.