झिलिमिली देखियो
रङ्गीचङ्गी टालाको
सुर्के थैली क्या राम्रो
खुँडा बाको पालाको ।
जुँगा तान्दा मुसुक्क
हाँस्ने गज्जब तालको
अहिले हैन बनेको
हजुरबाको पालाको ।
लुकाएर अलक्क
राख्छु पिँधमा डालाको
थाहा छ कि छैन लौ
हजुर माको पालको ।
पैसा राख्दा टुमुक्क
मक्ख पर्ने तालको
तिमीलाई थाहा छैन र ?
हाम्रा बाको पालाको ।
बन्यो होला कहिले ?
कुन्नि कति सालको ?
सोध्दा दाइले भन्नु भो
हाम्री आमाको पालाको ।
मलाई पनि मन पर्यो
थैली नौलो खालको
भए पनि केही छैन
जोसुकैका पालाको ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।