काठमाडौं । लेखक तथा शिक्षक कुमार काफ्लेको आधुनिक गीत हालै सार्वजनिक भएको छ । गायक करण परियारको आवाजमा सर्जक कुमार काफ्लेको ‘पर्खी बस्छु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको हो ।
यसअघि उनको लिखु गाउँपालिका ओखलढुंगाको पालिका गीत ‘प्यारो ओखलढुंगा हाम्रो प्यारो लिखु’ छनोट भएर रेकर्ड भइ सार्वजनिक भएको थियो । गीतकार कुमार काफ्लेको रचनालाई पुष्कर सुनुवारले संगीतबद्ध गरेका छन्, भने पुष्कर सुनुवार कै अफिसियल युट्युब च्यानल देखि गीत सार्वजनिक गरिएको गीतकार कुमार काफ्ले ले ‘हाम्रो कथा घर’लाई बताएका हुन् ।
शिक्षण पेसामा आवद्ध उनी साहित्य लेखनमा सक्रिय छन् । उनका उपन्यास ‘हजार सपना’ र लघुकथासङ्ग्रह ‘सपना कतिपय’ कृतिहरू प्रकाशित छन् ।


