Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

गजल श्रृङ्खला २९ | हाम्रो कथाघर

कार्तिक १०, २०८२

मुक्तक श्रृङ्खला ४९ | हाम्रो कथाघर

कार्तिक १०, २०८२

द्वारिका धाम: सनातन धर्मको एक महत्त्वपूर्ण तीर्थ | भाष्कर मैनाली शर्मा | हाम्रो कथाघर

कार्तिक ८, २०८२

देवकोटा र सिम्खडाको स्मरण गर्दै लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव सम्पन्न

कार्तिक ५, २०८२

साहित्यिक अभियानमा स्याङ्जाली नारी संस्था स्थापना

कार्तिक ३, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » समाचार: गुरुहरूलाई सम्मान गर्दै ‘देशको पीडा विदेशको पीर’ सार्वजनिक

समाचार: गुरुहरूलाई सम्मान गर्दै ‘देशको पीडा विदेशको पीर’ सार्वजनिक

समाचार
हाम्रो कथा घरहाम्रो कथा घरमंसिर २०, २०८१38 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

आईटी एक्स्पर्ट सुनीलकुमार झाको पुस्तक ‘देशको पीडा विदेशको पीर’ सार्वजनिक भएको छ । धुम्बाराही स्थित अकमा होटलका आयोजित एक कार्यक्रमका बीच स्वामी डा. केशवानन्द गिरीको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो ।
प्रमुख अथितिका साथमा कार्यक्रमका सभापति डा. कृष्णचन्द्र साह, साहित्यकारद्वय राजेन्द्र विमल र डा.रामदयाल राकेश, कानूनविद् उमेशचन्द्र झा, वरिष्ठ पत्रकार तथा पुस्तकका समीक्षक कृष्णमुरारी भण्डारी, सम्पादक दिनेश पौडेल र लेखक झाबाट संयुक्त रूपमा कृतिको लोकार्पण भएको थियो ।
सोही कार्यक्रममा डीएल भण्डारीको ‘दी अनसिन पोएट अफ सिमरा – कवि सदानन्द झा’ पनि सार्वजनिक गरिएको थियो ।
प्रमुख अथिति स्वामी केशवानन्दले आफूलाई लेखक र किताबको शक्तिले तानेर कार्यक्रममा ल्याएको बताउनुभयो । उहाँले भन्नुभो, ‘म प्रायः यस्ता कार्यक्रमहरू जान्नँ । तर पुस्तक पल्टाएर हेरें – रामायण, महाभारत, दर्शन र नीतिका कुरा छन् । पुस्तक लिएर आईटी इन्जिनियर सुनीलजी जानुभएको छ जो बूढापाका र आफ्नो धर्म–संस्कृतिको कुरा गर्नुहुन्छ । मलाई सुनीलजीका कुरा र किताबको शक्तिले यो कार्यक्रममा लिएर आयो । हाम्रा धर्म, नीति, दर्शन, संस्कृति र माटोको सुगन्ध पुस्तकमा जताततै छ ।’
उहाँले विमोचित पुस्तकले हाम्रा धेरै कुराहरू आउँदो पुस्तामा हस्तान्तरण गरेको बताउनुभयो । साथै, पुस्तकमा प्रयोग गरिएको भाषा र त्यसको शुद्धताको पनि तारिफ गर्नुभयो । भन्नुभयो, ‘भाषा बाँचे हामी बाँच्छौं । यो किताबमा संस्कृत, नेपाली र मैथिली तीनवटै भाषा शुद्ध रूपमा आएका छन् । यो अनुकरणीय छ ।’
पुस्तकको समीक्षकको भूमिकामा रहनुभएको कृष्णमुरारी भण्डारीले मधेश, पहाड र हिमाललाई बुझ्न यो किताब पढ्न आवश्यक रहेको जिकिर गर्नुभयो । भन्नुभयो, ‘सर्लाहीको सानो गाउँ सिमराका कवि सदानन्द झा जसले सानै उमेरमा आँखाको दृष्टि पूर्णरूपमा गुमाउनुभयो । यो पुस्तक हेर्दा, हामी जुन माला लगाउँछौं त्यो एउटा धागोले जोडेको हुन्छ – यो किताबलाई लेखकले काका सदानन्द झालाई धागो बनाएर विभिन्न कथा–उपकथाहरू उनेका छन् । यो किताबले पाठकको अन्तर्दृष्टि खुलाउने छ, र उनीहरूले पनि आफ्ना गाउँ समाजका कवि सदानन्द झाहरूको पहिचान गर्नेछन् । यो किताबले हौसिएका र हतासिएका, दुबै खाले व्यक्तिहरूलाई सम्बोधन गर्छ ।’
साथै, भण्डारीले आफूले कवि सदानन्द झासँग अन्तर्वार्ता लिई धेरै अघि कान्तिपुरमा प्रकाशन गरेको स्मरणसमेत गर्नुभयो ।
पुस्तकका सम्पादक दिनेश पौडेलले पुस्तकको सम्पादनका क्रममा धेरै मिहिनेत गरेको बताउनुभयो । सर्लाहीका गाउँ गाउँमा अहिले पनि लेखकका काका कवि सदानन्द झाका कविता मुखमुखमा रहेको बताउनुभयो ।
सर्लाहीका गाउँ गाउँ पुगेको स्मरण गर्दै उहाँले भन्नुभो, ‘यो किताब एक संघर्षको कथा हो, २० वर्षको उमेरमा पूर्ण रूपमा आँखाको दृष्टि गुमाएर कविकाकाले अन्तर्दृष्टिले देखाएको बाटोमा हिँडेर सफलता हासिल गर्ने सुनीलजीको कथा हो । यो दाजुभाइबीचको प्रेमको कथा पनि हो । हामीकहाँ धेरै भुसहरू छापिन्छन्, तर यो किताबमा तपाईंहरूले भुस पढ्नु पर्ने छैन ।’
पुस्तकका लेखक सुनील झाले सानै उमेरबाट काका (बडाबा) सदानन्द झाबाट ज्ञानगुनका कुराहरू सुन्नेगरेको स्मरण गर्नुभयो । भन्नुभयो, ‘मैले सानोमा त काकाले भनेका धेरै कुराहरू बुझिनँ, तर जब अमेरिका पुगें तब काकाले भनेका कुराहरूले मलाई पथप्रदर्शन गरे । जब सफलता प्राप्त गरें अनि काकाका विचार र कुराहरूलाई प्रकाशनमा ल्याउनुपर्छ भन्ने लाग्यो । देशमा हुँदाका पीडा, विदेशको पीर, काकाका कुरा तथा आफ्नै सफलताका कुरा समेटेर पुस्तक प्रकाशन आयो ।’
लेखक झाले प्रस्तुत पुस्तक आफ्नो माध्यम भएर प्रकाशनमा आएको काकाका विचार, नीतिकथा र ज्ञानको समष्टि रूप भएको समेत बताउनुभयो ।
साहित्यकार राजेन्द्र विमलले किताब पढ्दा एकैपटक धेरै विद्वान र सन्तहरूको सम्झना भएको बताउनुभयो । भन्नुभयो, ‘जहाँ हृदय झुक्दैन त्यहाँ शिर झुकाउन हुँदैन । तर यो कृति पढ्दा, कवि सदानन्दप्रति मेरो हृदय झुक्यो ।’
कार्यक्रममा पुस्तक विमोचनअघि दाजुभाइ सुनीरकुमार झा र विजय झाका तर्फबाट शिक्षकहरूलाई सम्मान गरिएको थियो । झा दाजुभाइलाई प्राथमिकदेखि इन्जिनियरिङसम्म पढाउनुभएका गुरुहरूलाई फूलमाला, दोसल्ला र आदरपत्रका अर्पण गरिएको थियो । सम्मानका क्रममा विजय झाले विगत आठ वर्षदेखि गुरुहरूलाई सम्मान गर्दै आएकोमा पहिलोपटक काठमाडौंमा गर्ने अवसर जुरेको बताउनुभयो ।
नेपाली र मैथली भाषाको मीठो सम्मिश्रणमा सञ्चालित कार्यक्रममा सञ्चालकको भूमिकामा साहित्यकार धीरेन्द्र प्रेमर्षि हुनुहुन्थ्यो ।
लेखक सुनीलकुमार झा सिस्को सर्टिफाइड नेटवर्किङ इन्जिनियर हुन् । उनी CCIE (Cisco Certified Internetwork Expert) प्रमाणपत्र हासिल गर्ने पहिलो नेपाली हुन् । यो विश्वका कठिनतम परीक्षाहरूमध्ये एक मानिन्छ । उनको अध्ययन र सङ्घर्षको जीवनयात्राले धेरैलाई प्रेरित गर्छ ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

पुस्तक लोकार्पण समाचार

यो पनि पढ्नुहोस्...

देवकोटा र सिम्खडाको स्मरण गर्दै लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव सम्पन्न

साहित्यिक अभियानमा स्याङ्जाली नारी संस्था स्थापना

लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सवमा विविध कार्यक्रम

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

सुनकोशी वाङ्मय प्रतिष्ठानको साधारण सभा सम्पन्न, छविरमण सिलवालको अध्यक्षतामा समिति चयन | हाम्रो कथाघर

कविता प्रतियोगिता तथा ‘अमरज्योति’ लोकार्पणको कार्यक्रम सम्पन्न | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: मरणासन्न | रासा | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा अङ्क: १६ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २० | नन्दलाल आचार्य | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भर्खरै

गजल श्रृङ्खला २९ | हाम्रो कथाघर

कार्तिक १०, २०८२

मुक्तक श्रृङ्खला ४९ | हाम्रो कथाघर

कार्तिक १०, २०८२

द्वारिका धाम: सनातन धर्मको एक महत्त्वपूर्ण तीर्थ | भाष्कर मैनाली शर्मा | हाम्रो कथाघर

कार्तिक ८, २०८२

देवकोटा र सिम्खडाको स्मरण गर्दै लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव सम्पन्न

कार्तिक ५, २०८२

साहित्यिक अभियानमा स्याङ्जाली नारी संस्था स्थापना

कार्तिक ३, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.