बिष्णुमती, बाग्मती अनि पुण्यमती
फोहोरको थुप्रो हेर, यिनको दुर्गति
बगेकाछन् फोहर मैला गन्हाउने गरि
मान्छेलाई लाज छैन, भन्छन् आँसु झारी ।।
हिमालय पर्वतबाट छङ्छङ गर्दै बग्ने
फोहरले बाटो छेक्यो अब कता भाग्ने
हाम्रो इज्जत गरे पो त यिनको शान बढ्थ्यो
ब्यवस्थित गरे फोहोर मलखात भई सड्थ्यो ।।
बनाउन जानेदेखि बिरूवाको खाना
यसैबाट बन्ने थियो हरियाली घना
छि छि गर्छन् नाक थुन्छन् हाम्रो छेउ पुग्दा
दुःख लाग्छ हाम्रो निश्चल अस्तित्वमा थुक्दा ।।
– तारा के.सी
काभ्रे पनौती



