बिष्णुमती, बाग्मती अनि पुण्यमती
फोहोरको थुप्रो हेर, यिनको दुर्गति
बगेकाछन् फोहर मैला गन्हाउने गरि
मान्छेलाई लाज छैन, भन्छन् आँसु झारी ।।
हिमालय पर्वतबाट छङ्छङ गर्दै बग्ने
फोहरले बाटो छेक्यो अब कता भाग्ने
हाम्रो इज्जत गरे पो त यिनको शान बढ्थ्यो
ब्यवस्थित गरे फोहोर मलखात भई सड्थ्यो ।।
बनाउन जानेदेखि बिरूवाको खाना
यसैबाट बन्ने थियो हरियाली घना
छि छि गर्छन् नाक थुन्छन् हाम्रो छेउ पुग्दा
दुःख लाग्छ हाम्रो निश्चल अस्तित्वमा थुक्दा ।।
– तारा के.सी
काभ्रे पनौती
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।