‘सर! म अलि अस्वस्थ छु । ज्वराे आएकाे छ । फेरि श्रीमतीको डेलिभरी पनि हुने बेला भएकाे छ । अहिले म फिल्ड जान सक्तिन । एक हप्ताकाे बिरामी बिदा स्वीकृत गरिपाऊँ । ‘उसले विनम्र हुँदै हाकिमलाई निवेदन बुझायाे ।
हाकिमले रुखाे स्वरमा भने – ‘अहिले बिदा मिल्दैन । पुलकाे निर्माण कार्य सम्पन्न गरेर आउनुस् । अनि बल्ल बिदा पाउनुहुन्छ । कामदारहरू प्राविधिक कुरेर बसेका छन् रे! ठेकेदारले आजै पठाइदिनु भनेकाे छ । आजै जानुस् ।’
अनि, खरिदारले ७ दिनकाे भ्रमण आदेश तयार पारेर स्वीकृत गराएर उसलाई फिल्ड पठाए ।
बिरामी भएकाेले दुई घण्टाकाे पैदल दुरी उसलाई चार घण्टा लाग्याे । साँझमा मात्र ऊ याेजनास्थलकाे क्याम्पमा पुग्याे ।
साँझ उसलाई खाना रुचेन । ज्वराे झन्-झन् बढ्दै गयाे । कामदारहरूले जडिबुटी र सिटामाेल खुवाए । उसलाई निद्रा परेन । अनि श्रीमतीलाई सम्झेर आँसु बगाइरह्याे ।
बिहान कामदारहरूले उठाउन खाेज्दा ऊ मरिसकेको थियाे । कुल्लीहरू आएर अफिसमा खबर गरे । अनि, प्राविधिकले ऊप्रति अन्याय भएकाे भनेर विज्ञप्ति निकाले ।
उता श्रीमतीले अस्पतालमा आजै मात्र छाेरा जन्माएकी थिइन् ।
– नवराज न्याैपाने ‘माैन’
[ मातातीर्थ, काठमाडौं ]
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।