प्यारी चरी आकाशमा,
उडी हिँड्छे फुरफुरी।
फूलै फूलको बगैंचामा,
चारा टिप्छे खुरखुरी।
आऊ भने आउँछे,
जाऊ भने जान्छे।
चरी हाम्रो साथी हो,
मीठो गीत गाउँछे।
हरियाली वनपाखामा,
बास बस्छे रमाइलो।
नदी, ताल, पाखाभरि,
खोज्छे खाना सजिलो।
चरीलाई दु:ख नदेऊ,
उसको पनि संसार छ।
प्रकृतिको शोभा यो,
हाम्रो मनको प्यार छ।
~~~०००~~~
– नन्दलाल आचार्य
बेलका- २, सिद्धार्थटोल, उदयपुर



