प्यारी चरी आकाशमा,
उडी हिँड्छे फुरफुरी।
फूलै फूलको बगैंचामा,
चारा टिप्छे खुरखुरी।
आऊ भने आउँछे,
जाऊ भने जान्छे।
चरी हाम्रो साथी हो,
मीठो गीत गाउँछे।
हरियाली वनपाखामा,
बास बस्छे रमाइलो।
नदी, ताल, पाखाभरि,
खोज्छे खाना सजिलो।
चरीलाई दु:ख नदेऊ,
उसको पनि संसार छ।
प्रकृतिको शोभा यो,
हाम्रो मनको प्यार छ।
~~~०००~~~
– नन्दलाल आचार्य
बेलका- २, सिद्धार्थटोल, उदयपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।