जाडो आयो भन्दै,
न्यानो तातो रोज्दै
कहाँबाट आए ?
रूख बिरुवा खोज्दै
चराका यी हुल ।।
परालका त्यान्द्रातुन्द्री बटुली
छेस्काछेस्की उचाली
परिश्रम गरेर
गुँड बनाउँछु भनेर
सल्लाह गर्छन् रूखमा
चुच्चाचुच्ची जोडेर ।।
सुख दु:ख बाडौंला
जाडोयाम छलौंrला
गर्मी लाग्न सुरू हुँदा
अन्तै बास बसौंला ।।
ऋतुराजको नियम
हामी पक्कै मानौंला
भोली फर्की आउँला
यतै बास बसौंला ।।
भन्दै रात गुजारी
उड्दै गए चरा ती
पखेटा उचाली ।।
~~~०००~~~
– तारा के.सी
काभ्रे पनौती ।।


