Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » संस्मरण: मेरो पहिलो डुम्रे, दमौली र बन्दीपुर यात्रा

संस्मरण: मेरो पहिलो डुम्रे, दमौली र बन्दीपुर यात्रा

गैर आख्यान - संस्मरण
नवराज न्यौपाने `मौन′नवराज न्यौपाने `मौन′पुस ९, २०८१946 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

विक्रम सम्वत २०३३ सालमा म श्री चुँदीबेसी प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भएँ । घरमा दाइ र दिदीहरूले पढेको देखेर मैले सबै अक्षर चिनिसकेको थिएँ । त्यसैले म शिशु कक्षामा भर्ना नभै एकैचोटी एक कक्षामा भर्ना हुन पाएँ । त्यो बेला हाम्रो स्कूल स्याउलाले छाएको थियो । तीन कक्षासम्म पढाइ हुने उक्त विद्यालय एकतले र बाँके परेको थियो । पढाइमा मेरो गहिरो रुचि बस्न थाल्यो । विद्यालयमा म सबैको प्रियपात्र बन्दै गएको थिएँ । हरेक दिन प्रार्थना गर्दा विद्यालयमा १५ मिनेट जति पीटी खेलाउने गरिन्थ्यो । त्यो बेला कसैले गल्ती र अनुशासनहीन काम गरेमा कडाभन्दा कडा सजाँय दिने गरिन्थ्यो । म ज्यादै सानो भएकोले दाइदिदीहरू ले बोकेर चुँदीखोला तारिदिनुहुन्थ्यो ।

हाफछुट्टी हुँदा विद्यालय अगाडिको खहरे खोलामा कुलो बनाएर खेल्ने गरिन्थ्यो । हिउँदयामको एकदिन प्रार्थनाको समयमा हेड्सरले भन्नुभयो – ‘भोलि कसैले पनि कापी कलम नलिइकन रित्तै स्कूल आओ है सबैजना ।’ तर किन रित्तै आउने हो भन्ने कुरा भने खुलाइएको थिएन । भोलिपल्ट हामी सबै रित्तै स्कूल पुग्यौं । प्रार्थना गरेर र पीटी खेलाएर हामीलाई दुई भागमा विभाजन गरियो । ठूला विद्यार्थीलाई एकातिर र साना विद्यार्थीलाई अर्कोतिर छुट्ट्याइयो । म सानो भएकोले साना विद्यर्थीको समूहमा परें । अनि सरले भन्नुभयो – ‘यो ठुलो ग्रुपका विद्यार्थीहरू हामीसँग जाने, अनि यो सानो ग्रुपका विद्यार्थीहरू चाहि घर जाने ।’ म घर जाने समूहमा परें । तर हामी साना पनि सँगै जान चाहन्थ्यौं । कहाँ किन जाने हो भन्ने कुरा कसैलाई भनिएको थिएन ।

हामी साना विद्यार्थी पनि ‘हामी पनि जाऔं’ भनेर पछ्याउदै सेपाबगैंचासम्म आयौँ । तर सरहरुले आधा घण्टासम्म हामीलाई छेकेर राख्नुभयो र ‘तिमीहरू घर जाओ’ भनेर डुम्रेतिर लाग्नुभयो । केहीबेरको अन्यौलपछि हामी भानुमार्ग हुँदै दगुर्दै अघि बढ्यौं । छ सय फाँटमा धानको काम गर्दै गरेका अभिभावकहरुले हामीमध्ये कतिलाई च्याप्प समातेर राखे । मेरो भने त्यहाँ कोही नभएकोले म र अरु ४–५ जना फुत्किन सफल भयौं र फुस्रेटार पुगेपछि अरु साथीलाई भेट्टायौं । सरहरुले गाली गरेर हामीलाई फर्काउन खोज्नुभयो तर हामी मानेनौं र सँगै डुम्रे पुग्यौं । त्यो बेला भानुमार्ग डुम्रेको पुछारमा बन्दीपुर जाने बाटोसँगै जोडिएको थियो ।

डुम्रे पुगेपछि मात्र थाहा भयो कि हामीलाई स्कूल छाउने ढुङ्गा लिन लगिएको रहेछ । डुम्रे बजार सानो थियो ।कतै ढुङ्गाले छाएका र कतै खरले छाएका घरहरु थिए । सिमलमाट्टी लाएको पीच सडकमा बस, ट्रक र अन्य सवारी साधन हुइकिएको देख्दा हामी औधी खुसी भयौं । अनि टाउकोमा छाउने ढुङ्गा बोकेर हामी फर्कियौं । म ज्यादै सानो भएकोले ३ वटा कान्छी ढुङ्गा बोक्न दिइयो । फर्केर भन्सार आइपुग्दा म थकित भैसकेको थिएँ । भन्सारको चौतारोमा आएपछि मेरो एउटा ढुङ्गा अर्को ठुलो विद्यार्थीलाई बोकाइयो र म दुइटा ढुङ्गा लिएर सकी नसकी विद्यालय फर्किएँ । स्कूलमा ढुङ्गा राखेर घर फर्केपछि बाबाआमाले गाली गर्नुभयो । थकित भएकोले म संसाझैं निदाएछु ।

दमौली भने म कक्षा ४ मा पढ्दा पहिलो पटक पुगेको हुँँ । त्यो बेला कक्षा ३ सम्म निःशुल्क थियो । कक्षा ४ मा पुगेपछि भने छात्रवृतिको लागि फाराम भर्नुपर्ने भयो । त्यसको लागि पासपोर्ट साइजको फोटो चाहिने भयो । अनि ( काकाको छोरी ) सावित्री दिदी र म भएर २०३६ सालमा पहिलोपटक दमौली गयौं । दमौलीमा त्यो बेला अप्सरा फोटो र सम्झना फोटो गरी दुइवटा स्टुडियोहरू थिए । हामीले अप्सरा फोटोमा फोटो खिचायौं र घर फर्कन ढिलो हुने भएकोले नाहाला दिदीको घरमा बस्यौं र भोलिपल्ट घर फर्कियौं । फोटो पछि स्कूलका सरहरूले ल्याइदिनुभयो । फाराम भरेर छात्रवृति पनि हात पारियो । त्यो बेला दमौली बजारमा पनि गाउँघरका जस्तै ढुङ्गा र टिनले छाएका घरहरू थिए । पृथ्वी राजमार्ग र मुख्यसडक (सफासडक) मा फाट्टफुट्ट घरहरू थिए ।

जताततै चौर र बारीहरू देखिन्थे । त्यो बेला दमौली सबैतिर घुम्ने अवसर नमिले पनि दमौलीले मलाई मोहनी लगाएको थियो । २०३६ सालमा म ३ कक्षामा प्रथम भएर ४ कक्षामा पुगें । ठीक त्यसैबेला भानु संस्कृत निमावि चुँदीबेसीमा झऱ्यो । अनि मैले दाइदिदीले जस्तो रम्घाको उकालो हिंड्नु परेन । २०३६ सालको माघे संक्रान्तिमा माहिला दाइको दमौलीमा व्रतबन्ध गर्ने कार्यक्रम तय भयो । दमौली घुम्ने रहर भएकोले म पनि जान तम्सिएँ ।

बाबाले मलाई पनि लाने सहमति दिनुभयो । अनि मादी र सेती नदीको संगमस्थलमा दाइको र मेरो व्रतबन्ध भयो । राती चौरमा कृषि प्रदर्शनी र कृषि सम्बन्धी डकुमेन्ट्री प्रदर्शनी पनि हेर्ने अवसर मिल्यो । त्यो समय तीजमा यस्तो गीत गाउँथे – ‘उहिलेको दमौली टाप्रेघारी टनन, अहिलेको दमौली मोटर घनन .’ । त्यो बेला गाउँघरतिर पनि विद्यार्थी आन्दोलन शुरु हुन लागेको थियो ।

ठुल्दाइ एसएलसी परीक्षा दिन बन्दीपुरमा बस्नुभएको थियो । त्यो बेला परीक्षा केन्द्र दमौली नभई बन्दीपुरमा रहेको थियो । अनि बाबा र म भएर बन्दीपुर गयौं । बन्दीपुरबाट चारैतिर हेर्दा म रोमाञ्चित भएको थिएँ । राणाकालीन कलात्मक घर र मन्दिरहरू तथा ढुङ्गा बिच्छ्याइएको फराकिलो बाटो देख्दा बन्दीपुरको मोहकता झनै झल्किएझैँ लाग्यो मलाई। भोलिपल्ट बुवाले मलाई डाँडामा अवस्थित बन्दीपुर अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउनु भयो । त्यहाँबाट देखिने चारैदिशाका दृश्यहरूले मलाई मोहनी लगाइरहेका थिए । त्यहाँबाट देखिने हिमाली परिदृश्य देख्दा ३ घण्टा उकालो हिँड्दाको थकाई सबै मेटिने रहेछ । त्यो बेला औषधी उपचार गर्न कि आँपपीपल अस्पताल कि बन्दीपुर अस्पताल जानुपर्थ्यो । त्यो बेलाको बन्दीपुरले अहिलेसम्म आफ्नो पहिचान कायम राखेकै छ । यसरी मेरो बाल्यकालको डुम्रे, दमौली र बन्दीपुरको यात्रा सम्झनामा ताजा रहेको रह्यै छ ।

– नवराज न्यौपाने ‘मौन’

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नवराज न्यौपाने `मौन′ संस्मरण

यो पनि पढ्नुहोस्...

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

निबन्ध: नेपाली विद्यार्थीको नजरमा देश

निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

संस्मरण: मित्रताको आयु र गौरीपुर हाउस

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२

गजल श्रृङ्खला – 17

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.