पुरस्कृत कृति ‘धर्तीको ध्वनि’ मा २५० भन्दा बढी गीत सङ्ग्रहित छन्। सङ्ग्रहका गीतहरूमा गोपाल योञ्जन जस्ता वरिष्ठ सङ्गीतकारले सङ्गीत भरेका छन् भने तारादेवी, अन्जु पन्त, लाक्पा शेर्पा लगायत चर्चित गायक-गायिकाले स्वर दिएका छन्। गीतकारितामा सिटौलाको योगदानलाई लिएर त्रिभुवन विश्वविद्यालय बाट सम्झना प्रधान (भोजपुर) ले शोधपत्रसमेत तयार पारेकी छन्।
अनेसासले विश्वभरका नेपाली लेखकहरूबाट विभिन्न विधामा प्रकाशित पुस्तकहरूको मूल्याङ्कन गरी पुरस्कार प्रदान गर्दै आएको छ। यसअन्तर्गत १५ सय अमेरिकी डलर राशिको एक ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ र अन्य ११ विधामा सर्वोत्कृष्ट कृति पुरस्कारहरू प्रदान गरिन्छ।
आयोजकका अनुसार, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती को अवसरमा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसी मा आयोजना हुने विशेष समारोहमा स्रष्टाहरूलाई पुरस्कार वितरण गरिनेछ।


