
पुरस्कृत कृति ‘धर्तीको ध्वनि’ मा २५० भन्दा बढी गीत सङ्ग्रहित छन्। सङ्ग्रहका गीतहरूमा गोपाल योञ्जन जस्ता वरिष्ठ सङ्गीतकारले सङ्गीत भरेका छन् भने तारादेवी, अन्जु पन्त, लाक्पा शेर्पा लगायत चर्चित गायक-गायिकाले स्वर दिएका छन्। गीतकारितामा सिटौलाको योगदानलाई लिएर त्रिभुवन विश्वविद्यालय बाट सम्झना प्रधान (भोजपुर) ले शोधपत्रसमेत तयार पारेकी छन्।
अनेसासले विश्वभरका नेपाली लेखकहरूबाट विभिन्न विधामा प्रकाशित पुस्तकहरूको मूल्याङ्कन गरी पुरस्कार प्रदान गर्दै आएको छ। यसअन्तर्गत १५ सय अमेरिकी डलर राशिको एक ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ र अन्य ११ विधामा सर्वोत्कृष्ट कृति पुरस्कारहरू प्रदान गरिन्छ।
आयोजकका अनुसार, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती को अवसरमा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसी मा आयोजना हुने विशेष समारोहमा स्रष्टाहरूलाई पुरस्कार वितरण गरिनेछ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।