“हजुरलाई एउटा राम्रो राजनीतिक लेख लेख्न भनेको खै त ?”- मनमोहनले याद दिलाए। उनि एउटा पत्रिकाको स्वामित्व र संपादक पनि थिए। “ओहो सर ! मैले भुलेछु भरेसम्म आफैं लिएर आउँछु हजुरकहाँ । लेखक साधुरामले आश्वासन दिए। उनि कुनै व्यापार गर्थे कहिलेकसो लेख रचना लेख्ने र पत्रिकाहरूमा छपाउँने गर्दथे।त्यो उनको समय सदुपयोग मात्र थियो, पेसा भने थिएन। तर उनको लेखन क्षमता भने अद्भुत् थियो। त्यसैले उनलाई केही पत्रपत्रिकाहरूका संपादकहरू नजिक्कीन्थे।
उनिहरू आ-आफ्नो गनतव्य तर्फ लागे।
“सर हजुरको लेख !”- साधुरामले झमक्क साँझ परेपछि आफूले भनेअनुसार एउटा राजनीतिक लेख मनमोहनलाई थमाउँदै भने।
“धन्यवाद ! साधुरामजी तर पत्रिका त प्रेसमा पुग्यो त अब भोली छाप्छु है ! “- संपादक मनमोहनले भने।
“हस् सर ! अब आज्ञा दिनुहोस्”- साधुरामले बिदा माग्यो र आफ्नो घरतिर लाग्यो।
“लेख त गज्जब आयो यसले त मेरो पत्रिकाको गरिमा बढ्छ “- उसले मनमनै लेख पढ्दापढ्दै भन्यो। त्यो लेख अत्यन्तै सान्दर्भिक थियो। कैयौँ पटक दोहोऱ्याएर पढ्यो।
“साधुरामजी हजुरले त मेरै लेख पो नक्ल गर्नुभएछ। यो लेख त हिजै मैले छापिसकेको छु न्यूज पेपर पढ्नुभयो त हिजोको ?”- मनमोहनले फोनमा भन्यो।
“साधुरामले हिजोको पत्रिकाको पाना पल्टाए। अखबारमा आफ्नै लेख मनमोहनको त नाम र फोटा मात्र थियो यस्तो लेख छापिएको देख्दा ऊ झसङ्ग भयो।
– सुरेशकुरमार पाण्डे
दाङ घोराही १८



