“हजुरलाई एउटा राम्रो राजनीतिक लेख लेख्न भनेको खै त ?”- मनमोहनले याद दिलाए। उनि एउटा पत्रिकाको स्वामित्व र संपादक पनि थिए।  “ओहो सर ! मैले भुलेछु भरेसम्म आफैं लिएर आउँछु हजुरकहाँ । लेखक साधुरामले आश्वासन दिए। उनि कुनै व्यापार गर्थे कहिलेकसो लेख रचना लेख्ने र पत्रिकाहरूमा छपाउँने गर्दथे।त्यो उनको समय सदुपयोग मात्र थियो, पेसा भने थिएन। तर उनको लेखन क्षमता भने अद्भुत् थियो। त्यसैले उनलाई केही पत्रपत्रिकाहरूका संपादकहरू नजिक्कीन्थे।
उनिहरू आ-आफ्नो गनतव्य तर्फ लागे।
“सर हजुरको लेख !”- साधुरामले झमक्क साँझ परेपछि आफूले भनेअनुसार एउटा राजनीतिक लेख मनमोहनलाई थमाउँदै भने।
“धन्यवाद ! साधुरामजी तर पत्रिका त प्रेसमा पुग्यो त अब भोली छाप्छु है ! “- संपादक मनमोहनले भने।
“हस् सर ! अब आज्ञा दिनुहोस्”- साधुरामले बिदा माग्यो र आफ्नो घरतिर लाग्यो।
“लेख त गज्जब आयो यसले त मेरो पत्रिकाको गरिमा बढ्छ “- उसले मनमनै लेख पढ्दापढ्दै भन्यो। त्यो लेख अत्यन्तै सान्दर्भिक थियो। कैयौँ पटक दोहोऱ्याएर पढ्यो।
“साधुरामजी हजुरले त मेरै लेख पो नक्ल गर्नुभएछ। यो लेख त हिजै मैले छापिसकेको छु न्यूज पेपर पढ्नुभयो त हिजोको ?”- मनमोहनले फोनमा भन्यो।
“साधुरामले हिजोको पत्रिकाको पाना पल्टाए। अखबारमा आफ्नै लेख मनमोहनको त नाम र फोटा मात्र थियो यस्तो लेख छापिएको देख्दा ऊ झसङ्ग भयो।
– सुरेशकुरमार पाण्डे
दाङ घोराही १८

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

		

