आकाशमा चम्किए नयाँ सपना,
तारा जस्तै झिलिमिली सुनौला सपना ।
२०२५ को वर्षले ल्याओस् खुसी,
सपना र हर्षले चम्कोस् धर्ती ।
घाम जस्तै उदाओस् हरेक बालहृदय,
ज्योति बोकेर आउँछ नयाँ वर्षको समय ।
बग्न थालोस् उमङ्गको नदी,
हरियो बनाओस् नयाँ बगैँचा सधैं ।
कुल्चिऔं सारा डर, उठाऔं नयाँ स्वर,
आमाको माया, बाबुको गर्व, बनाओँ अमर ।
शान्तिको फूल रोपौँ हृदयमा गाढा,
नयाँ वर्षले ल्याओस् सन्देशको पोको सदा।
सिङ्गै संसार चम्कोस् रङ्गीन चित्र,
नयाँ वर्षमा बनौं इन्द्रधनुषका मित्र ।
२०२५ ले छोडोस् आशा र विश्वास,
हाम्रो बालविश्वमा होस् मात्र सुवास ।
– नयाँ उत्साहका प्रतीकहरू,
उज्यालो भविष्यका विम्बहरू।
– नन्दलाल आचार्य
बेलका २, सिद्धार्थटोल, उदयपुर



