आकाशमा चम्किए नयाँ सपना,
तारा जस्तै झिलिमिली सुनौला सपना ।
२०२५ को वर्षले ल्याओस् खुसी,
सपना र हर्षले चम्कोस् धर्ती ।
घाम जस्तै उदाओस् हरेक बालहृदय,
ज्योति बोकेर आउँछ नयाँ वर्षको समय ।
बग्न थालोस् उमङ्गको नदी,
हरियो बनाओस् नयाँ बगैँचा सधैं ।
कुल्चिऔं सारा डर, उठाऔं नयाँ स्वर,
आमाको माया, बाबुको गर्व, बनाओँ अमर ।
शान्तिको फूल रोपौँ हृदयमा गाढा,
नयाँ वर्षले ल्याओस् सन्देशको पोको सदा।
सिङ्गै संसार चम्कोस् रङ्गीन चित्र,
नयाँ वर्षमा बनौं इन्द्रधनुषका मित्र ।
२०२५ ले छोडोस् आशा र विश्वास,
हाम्रो बालविश्वमा होस् मात्र सुवास ।
– नयाँ उत्साहका प्रतीकहरू,
उज्यालो भविष्यका विम्बहरू।
– नन्दलाल आचार्य
बेलका २, सिद्धार्थटोल, उदयपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।