
हाम्रो लघुकथा केन्द्र नेपालद्वारा प्रकाशित तथा भूमिका गैरे तिमिल्सिनाद्वारा रचित निबुवा लघुकथा सङ्ग्रह लोकार्पण समारोह सम्पन्न भएको छ। कार्यक्रम त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष श्री इन्द्रराज पौडेलको अध्यक्षयता तथा वरिष्ठ साहित्यकार, समालोचक श्री गोविन्दराज विनोदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको विशिष्ट अतिथि ऋषिप्रसाद लामिछाने (गोर्खा साहिलो ) , धर्मानन्द शर्मा पौडेल रहनु भएको थियो । कृतिकार भूमिका गैरे तिमिल्सिना कृतिको समीक्षा समिक्षक श्रीजन लम्सालले गर्नुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य त्रिवेणी साहित्य प्रतिष्ठानका उपाध्यक्ष भिम प्रसाद शर्माले गर्नुभएको थियो भने शुभकामना मन्तव्य नारायण प्रसाद तिवारी, गोर्खे साहिलो, सण्टा भूमिका गैरेले आफ्ना भनाइ राख्नुभएको थियो।
समिक्षक श्रीजन लम्सालले निबुवा लघुकथाको समष्टिगत चर्चा गर्नुभयो । उहाँले भन्नुभयो ‘लघुकथा, लघु र कथाको योगबाट बनेको तत्सम शब्द हो ’ त्यस्तै ‘सामाजिक यथार्थपरक कथा रहेका कथा – कहानीहरू, समाजमा व्यक्त रहेका बेरोजगारी, राजनीतिक अस्थिरता, गाउँमा देखेका, भोगेका, सुनेका र अनुभव गरेका, सामान्य भाषाशैली प्रयोग भएका र चेतनामूलक लघुकथाको विम्ब प्रतीक भएको लम्सालले चर्चा गर्नुभयो ।’
लोकार्पण कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज विनोदीले यो किताब सामाजिक वस्तुस्थिति बारे निकै गहिरिएर लेखिएका कारण एकपटक सबैले पढनै पर्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण राधा कोइरालाले गर्नु भएको थियो। कार्यक्रम २७ पौष २०८१ शनिवारका दिन गैंडाकोट ५ स्थित त्रिवेणी साहित्य प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको थियो ।
कृति लोकार्पण कार्यक्रम कृतिकारको जन्मोत्सवको अवसरमा सम्पन्न भएको हो ।


