रत्ननगर नगरपालिका, रत्ननगर वाङ्मय प्रतिष्ठान, चितवनको प्रथम स्थापना दिवस तथा १४१ औँ लेखनाथ जयन्तीको अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा प्रथम स्थान प्राप्त लघुकथा ‘खतरनाक’का लागि रासा, काठमाडौं, द्वितीय स्थान प्राप्त लघुकथा ‘स्वाभिमान’का लागि किशन पौडेल, हेटौंडा, र तृतीय स्थान प्राप्त लघुकथा ‘नव्यता’का लागि मनीषकुमार शर्मा, भक्तपुर, पुरस्कृत र सम्मानित भएका छन्।
पुरस्कृत लघुकथाका सर्जकलाई क्रमशः २० हजार, १५ हजार, र १० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, उपमेयर यादब प्रसाद पाठक, र प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले नगद पुरस्कारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो।


