— सुरेशकुमार पाण्डे
“बाबु ! त्यो पानीको पाइप लगाउ र त्यो आगो फटाफट बुझाऊँ।” मनिषले यताउता नियाल्यो र भन्यो।
“अँझै केही जल्न बाँकीनै छ।” उमानन्दले भन्यो।
“अब जल्यो जति जल्नुथियो रहेलपहेल पानीले पखाल्छ।” मनिषले फेरी भन्यो।
उमानन्दले पानीको पाइप लगायो र आगो निभायो।
“सुन् त उमानन्द ! त्यो सबै लक्कड माथि पहिल्यै राखेका छौँ नी त्यहीँ लगेर थन्काउ । त्यहाँ अरू आउँदै छन्।” मनिषले भन्यो।
“सर यो दाउरा अलि तातै छ । सेलायो भने राखौँला नी हुँदैन र सर ?” उमानन्दले सोध्यो।
“हुँदैन – हुँदैन तिमीले अरू पानी हाल एकैछिनमा चिसो हुन्छ।
“सुन, अरू आएका छन् ऊ त्यो परतिरको दाउरा दिनु !” उमानन्दले थप्यो।
“त्यो त चिसो छ सर !” उमानन्दले जानकारी गरायो।
“जल्छ केही हुँदैन पैसा अलिक मिलाइदिनु ।” उसले भन्यो।
“सर त्यसको त उसै दिन पैसा बुझाएका थिए त ।” उमानन्दले जानकारी गरायो।
“ओहो मुर्ख ! पैसा त उसले लाश जलाउँने दिएको हो। दाउराको होइन् नी ।” मनिषले भन्यो।
दाङ घोराही १८


