— सुरेशकुमार पाण्डे
“बाबु ! त्यो पानीको पाइप लगाउ र त्यो आगो फटाफट बुझाऊँ।” मनिषले यताउता नियाल्यो र भन्यो।
“अँझै केही जल्न बाँकीनै छ।” उमानन्दले भन्यो।
“अब जल्यो जति जल्नुथियो रहेलपहेल पानीले पखाल्छ।” मनिषले फेरी भन्यो।
उमानन्दले पानीको पाइप लगायो र आगो निभायो।
“सुन् त उमानन्द ! त्यो सबै लक्कड माथि पहिल्यै राखेका छौँ नी त्यहीँ लगेर थन्काउ । त्यहाँ अरू आउँदै छन्।” मनिषले भन्यो।
“सर यो दाउरा अलि तातै छ । सेलायो भने राखौँला नी हुँदैन र सर ?” उमानन्दले सोध्यो।
“हुँदैन – हुँदैन तिमीले अरू पानी हाल एकैछिनमा चिसो हुन्छ।
“सुन, अरू आएका छन् ऊ त्यो परतिरको दाउरा दिनु !” उमानन्दले थप्यो।
“त्यो त चिसो छ सर !” उमानन्दले जानकारी गरायो।
“जल्छ केही हुँदैन पैसा अलिक मिलाइदिनु ।” उसले भन्यो।
“सर त्यसको त उसै दिन पैसा बुझाएका थिए त ।” उमानन्दले जानकारी गरायो।
“ओहो मुर्ख ! पैसा त उसले लाश जलाउँने दिएको हो। दाउराको होइन् नी ।” मनिषले भन्यो।
दाङ घोराही १८
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।