देशमा चुनावी राैनक थियाे। उसले दुई हात जाेडेर भन्याे;
“प्रभु! मलाई अब एक माैका दिनुस्। याे पटक पनि म भारी मतले विजय हुन पाऊँ । मेराे रिस गर्ने प्रतिद्वन्द्वीकाे हार हाेस्। उसलाई महाअभियाेगकाे मुद्दा लागोस् । जेल चलान हाेस्। मेराे सान- मान प्रतिष्ठा, वैभव चुलिदै जाओस् । मेरा शत्रुहरू नासिदै जाउन्। मेराे सम्पत्तिमा कसैका आँखा नलागोस् । यति भयाे भने प्रभु! म हजुरलाई सुनकाे भेटी चढाउँछु।”
उसले भगवानलाई पनि आफ्नाे बहसमा पार्न खाेज्याे।
बिहान बिहानै शुभ मूर्तमा यसरी आफ्ना बिपक्षी दलका साथीलाई श्राप माग्दै भगवानकाे प्रार्थना गरेकाे सुनेर छाेराकाे निद्रा खुल्याे र आफ्नाे बाबुकाे काेध्र देखेर निरास हुँदै भगवानसँग प्रार्थना गर्दै छाेराले भन्याे;
” प्रभु! मेराे बाकाे रक्षा गर। मेराे देशकाे रक्षा गर। मेरो समाजकाे रक्षा गर। अघि मेरा बाले श्राप मागेका छिमेकी काकाकाे पनि रक्षा गर। अनि मेराे देशलाई जस्ले माया गर्छ, बिकाश गर्छ उसैलाई जिताइदेऊ।”
⁰⁰⁰⁰⁰
काभ्रे पनाैती


