देशमा चुनावी राैनक थियाे। उसले दुई हात जाेडेर भन्याे;
“प्रभु! मलाई अब एक माैका दिनुस्। याे पटक पनि म भारी मतले विजय हुन पाऊँ । मेराे रिस गर्ने प्रतिद्वन्द्वीकाे हार हाेस्। उसलाई महाअभियाेगकाे मुद्दा लागोस् । जेल चलान हाेस्। मेराे सान- मान प्रतिष्ठा, वैभव चुलिदै जाओस् । मेरा शत्रुहरू नासिदै जाउन्। मेराे सम्पत्तिमा कसैका आँखा नलागोस् । यति भयाे भने प्रभु! म हजुरलाई सुनकाे भेटी चढाउँछु।”
उसले भगवानलाई पनि आफ्नाे बहसमा पार्न खाेज्याे।
बिहान बिहानै शुभ मूर्तमा यसरी आफ्ना बिपक्षी दलका साथीलाई श्राप माग्दै भगवानकाे प्रार्थना गरेकाे सुनेर छाेराकाे निद्रा खुल्याे र आफ्नाे बाबुकाे काेध्र देखेर निरास हुँदै भगवानसँग प्रार्थना गर्दै छाेराले भन्याे;
” प्रभु! मेराे बाकाे रक्षा गर। मेराे देशकाे रक्षा गर। मेरो समाजकाे रक्षा गर। अघि मेरा बाले श्राप मागेका छिमेकी काकाकाे पनि रक्षा गर। अनि मेराे देशलाई जस्ले माया गर्छ, बिकाश गर्छ उसैलाई जिताइदेऊ।”
⁰⁰⁰⁰⁰
काभ्रे पनाैती
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।