Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » लघुकथामा एक प्रयोग – नन्दलाल आचार्यका साथमा अंक ०२

लघुकथामा एक प्रयोग – नन्दलाल आचार्यका साथमा अंक ०२

लघुकथा स्तम्भ - लघुकथामा एक प्रयोग
नन्दलाल आचार्यनन्दलाल आचार्यमाघ १३, २०८१562 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

०१.
[ स्रोत-लघुकथा ]
शीर्षक: परिणाम
✍️ममता मृदुल

तीस वर्षको छोराको मृत्यु भएपछि चौबीस वर्षकी बुहारी बिजेताको काँधमा परिवारको जिम्मेवारी थपियो।
लोग्नेले काम गर्ने कार्यालयमा काम दिने आश्वासन पाएकी थिइन्।
बेलुका घरमा पकाउने अन्न थिएन।
हातमा बोकेको बीसको नोटले मुट्ठीबाट बाहिर उम्कने कोसिस गरिरहेको थियो।
सासूको आग्रहलाई स्वीकार गरेर लोग्नेले जागिर खाएको अफिसमा गइन्।
धेरै समयको पर्खाइपछि हाकिमसँग भेट भयो। कुराको सिलसिलामा कुटिल मुस्कानका साथ हाकिमले शारीरिक सम्पर्क राखेपछि भोलिदेखि काम दिने इसारा गरे।
घरको समस्या र सासूससुराको जिम्मेवारीले थिचिएकी थिइन्। अनेक सोचिन्। केही उपाय थिएन।
अन्तमा हुन्छ भनिन्।
जागिर दिने आश्वासन दिएका हाकिमले मात्र यौनहिंसा गरेनन्, एकाउन्टेन्टसम्म हुँदा सात जना पुगिसकेका थिए।
मनमा उर्लिएका पीडालाई बिजेताले मुखमा आउन दिइनन्। हिम्मत नहारेको पनि होइन तर सासूससुराको अवस्था देखेर आफूलाई बलिको बोका बनाउनु परेको थियो।
कैयन् पटक आत्महत्या गर्न मन लागेको थियो।एक पटक मर्ने चोला हो। पापको परिणाम भोग्छन् भनेर सोचेर सहेर बसिन्।
जागिर खाएपछि घरको अवस्था राम्रो भयो।
छोरा नभए पनि बुहारीले छोराजस्तै सुखसँग पालेकी थिइन्।
घरमा सुविधाका सामान थपिँदै गए।
एक्कासि बिजेता अफिसमा बेहोस भइन्। अफिसको गाडीमा अस्पताल लगे, तर अस्पतालमा दुई दिनपछि उनको मृत्यु भयो।
उनको मृत्युको खबर सुनेर अफिसका कर्मचारी छक्क परेर डाक्टरलाई सोधे, “के भएको थियो बिजेतालाई?”
“एच.आई.भी. एड्स, जुन रोगले उनको लोग्ने मरेको थियो।”

❀❀❀

[ लघु-टिप्पणी ]
🔴ममता मृदुलको ‘परिणाम’ लघुकथाको भित्री सौन्दर्य
✍️ नन्दलाल आचार्य

ममता मृदुलको “परिणाम” एक सशक्त लघुकथा हो। यसले गरिबी, पितृसत्तात्मक सोच र महिलामाथि हुने शोषणलाई नाङ्गो पार्छ। कथा बिजेता नामकी पात्रको संघर्षमय जीवनको वरिपरि घुम्छ। उनका श्रीमान्को मृत्युपछि परिवारको दायित्व सम्हाल्न उनको यात्रा सुरु हुन्छ जहाँ गरिबी, सामाजिक दबाब र यौन हिंसाले उनलाई बलिको बोका बनाउँछ ।
कथाको प्रारम्भ गरिबीको प्रतीकात्मक चित्रणबाट हुन्छ – “हातमा बोकेको बीसको नोटले मुठ्ठीबाट बाहिर उम्कने कोसिस गरिरहेको थियो।”

बिजेता आर्थिक अभावका बीच परिवार बचाउन हाकिमसँग कामको आशामा पुग्छिन्। तर उनको सहनशीलता र परिस्थिति देखेर हाकिम र अरू पुरुषहरूले शोषणको शृङ्खला सुरु गर्छन्। यहाँ कथा केवल व्यक्तिगत पीडामा सीमित नभई, पितृसत्ताको संरचनात्मक हिंसाको कडा आलोचना पनि हो।

कथाको शक्ति यसको प्रतीकात्मकता र मार्मिक चित्रणमा छ। गरिबीले थिचेको पात्र, जिम्मेवारीले गाँजिएको जीवन र अन्त्यमा बिजेताको मृत्युले बलिदानको त्रासदीलाई प्रकट गर्छ। एड्सजस्तो घातक रोगको खुलासाले कथा चरम प्रभावमा टुंगिन्छ। यो एउटा समाजलाई ऐना देखाउने प्रयास हो जहाँ महिलाको अस्तित्व केवल शोषण र बलिदानसम्म सीमित गरिन्छ।

कथाले विद्रोहको सम्भावना दिन भने सकेको छैन। पाठकलाई अझ प्रेरित गर्न, बिजेताको पीडाबाट सुधारको झिनो संकेत भए कथाले अझ बलियो प्रभाव दिन्थ्यो।
“परिणाम” महिला संघर्षको यथार्थ चित्रण मात्र होइन, समाजको विभेदकारी संरचनाको कठोर आलोचना हो। यो कथा पाठकलाई सोच्न बाध्य पार्ने गहिरो साहित्यिक प्रयास हो।
❀❀❀

[ उत्तर-लघुकथा ]
शीर्षक: बलिदानको आँसु
✍️ नन्दलाल आचार्य

“तिमीले आफूलाई कहिल्यै प्रश्न गरेकी थियौ?”
सासूले बिजेताको तस्बिरसँग कुरा गर्दै भनिन्। तस्वीर मौन थियो, तर उनको डायरीको पाना खुला थियो।
“जीवनभरि पिँधमा पोलेर माथिका लागि उज्यालो दिने दियो जस्तो महसूस गरेँ। म मरेर निभें भने पनि कसैको बाटो उज्यालो बनोस् भन्ने आश छ।” डायरीमा यस्तो लेखिएको थियोे।
डायरीसँगैको झोलामा एउटा चिठ्ठी र केही रकम भेटियो। चिठ्ठीमा लेखिएको थियो –
“यो परिवारको बाँच्ने आधार हो। मलाई कमजोर नठान्नु। म दुखेको छैन, म बलिदानलाई अर्थपूर्ण बनाउँदैछु।”
सासूका आँखा भरिए। बत्ती निभ्दै गर्दा उनले भनिन्,
“बिजेता, तिमी केवल सहने पात्र होइनौ, तिमी जीवन उभ्याउने जरा हौ।”
बत्तीको अन्तिम झिल्को बिजेता नामको गाथा झल्काउँदै निभ्यो।

❀❀❀

०२.
स्रोत-लघुकथा
शीर्षक: मेलाउठेपछि
✍️ पुण्य कार्की

चुनावभरि पानविरेको मुख रातै हुन्छ। अर्थात्, उसले सधैं पान चपाउन पाइरहन्छ। जुन उम्मेदवारले उसलाई एक खिल्ली पान खुवाउँछ, त्यसको गुणगान उसले घण्टौं गाइरहन्छ। नुनको सोझो गर्न सिपालु छ पानविरे। अर्को “मुर्गा” भेट्टाएपछि, त्यसकै सौजन्यमा पान चपाउँछ र १८० डिग्री फन्को मारेर त्यसकै गीत गाउँन थाल्छ।
मानविरेलाई चाहिँ पान-सान चाहिँदैन। तर, एकमानो सेन्तेरेम पिउन पाएपछि त्यसले नशा रहने बेलासम्म पिलाउने पार्टी र उम्मेदवारको जयगान गाइरहन्छ। कसैले पिउन दिएन भने, नेताप्रति कटु आलोचना गर्दै चौकचौकमा उफ्रिन्छ। पानविरेजस्तै मानविरे पनि “जसको सीता खायो, उसको गीता गाउने” कार्यमा माहिर छ।
स्थानीय तहको उम्मेदवार घोषणापछि, पानविरेको मुख नरङ्गिएको कुनै दिन छैन। उता, मानविरेले पनि खुट्टा नलर्बराई हिंडेको कुनै दिन छैन। उनीहरूको लागि यो चुनाव एउटा उत्सवजस्तो, पर्वजस्तो भएको छ। पानविरेले मनचिन्त्य पान चपाउन पाएको छ भने मानविरेले एकमानो मजाले पिउन पाएको छ।
मतदानको दिनसम्म यी दुईको जिन्दगी राम्रै चलेको थियो। तर भोलिपल्टदेखि, यिनका याचना सुन्ने कोही पनि बजारमा फेला परेन। सधैं रङ्गिने पानविरेका ओठ कलेटी परेर कालानिला भएका छन्। सँधै लर्बरिएर हिँड्ने मानविरे पनि चौतारीमा थुचुक्क बसेर ओइलाएको छ।
चुनावी मेला उठेपछि, मानौं उनीहरूको बजारभाउ स्वात्तै ओरालो लागेको छ। यसरी उनीहरूको दुर्दशा देखेर जानकारहरू मुसुमुसु हाँस्दै हिँड्छन्।

❀❀❀

[ लघु-टिप्पणी ]
🔴 पुण्य कार्कीको ‘मेलाउठेपछि’ लघुकथाको भित्री सौन्दर्य
✍️ नन्दलाल आचार्य

प्रस्तुत पुण्य कार्कीको ‘मेलाउठेपछि’ लघुकथाले चुनावी र राजनीति परिप्रेक्ष्यलाई व्यंग्यात्मक तरिकामा प्रस्तुत गरेको छ। कथाकार पुण्य कार्कीले पानविरे र मानविरे जस्ता पात्रहरूको माध्यमबाट चुनावको समयमा देखिने स्वार्थपरता, नैतिकता र झुटको प्रवृत्तिलाई उजागर गरेका छन्। पानविरे र मानविरे दुबै चुनावी प्रचारका दौरान आफ्नो स्वार्थ पूरा गर्ने साधनको रूपमा काम गर्छन्। पानविरे, जसले कुनै पनि उम्मेदवारको समर्थनमा पान खाइरहन्छ। उसको समर्थन केवल तात्कालिक फाइदाको लागि हो। यसको मूल्य केवल उसका स्वार्थलाई पूरा गर्नेमा सीमित छ। मानविरे पनि पान चपाएर उम्मेदवारको गुणगान गाउछ, जबसम्म उसलाई नशा दिने पेय पदार्थ प्राप्त हुँदैन।

कथाकारले यी पात्रहरूद्वारा चुनावी मेला र राजनीतिक चकमकको पछाडि देखिने गहिरो सत्यलाई उजागर गरेका छन्। यी पात्रहरूको जीवन केवल चुनावको मौसममा सिमित रहन्छ, र चुनावपछि उनीहरूको महत्त्व नष्ट हुन्छ। चुनावी प्रचारमा सहभागी यी पात्रहरूको क्रियाकलापले समाजका अन्य व्यक्तिहरूको निष्क्रियता र भ्रामक प्रवृत्तिलाई प्रकट गर्छ। चुनावी प्रक्रिया पछि यी पात्रहरूका लागि कुनै अवसर छैन। र, उनीहरूको अस्तित्वलाई चुनौती दिइन्छ। यसले समाजमा चुनावको समयमा देखिने अस्थायी र झुटा भावना र यसको दीर्घकालीन प्रभावलाई आलोचना गर्छ।

सारांशमा, यो कथा राजनीतिक र सामाजिक स्वार्थको गहिरो आलोचना हो। यसले चुनावी हर्कत र त्यसको परिणामलाई चुनौती दिन्छ।
❀❀❀

[ उत्तर-लघुकथा ]
शीर्षक: ओइलाएका पातहरू
✍️ नन्दलाल आचार्य

“के हाम्रो रङ फेरि फर्केला?” पानविरेले ओइलाएको स्वरमा सोध्यो।
चौतारीको पाटीमा बसेका मानविरेको पनि सुक्खा हाँसो थियो। “रङ? चुनावी मेसो सकिएपछि त हामी ती बालेका मसालजस्तै भएका छौं – सिर्जनशीलता सकिएपछि बिर्सिने।”
चिसो हावाले पीपलको पात झार्न थालिसकेको थियो। पात खस्दा सुनिने तालीजस्तै आवाजले उनीहरूको विगत सम्झाउने काम गरेको थियो।
“हिजो मात्र हामीलाई सबैले चिनेका थिए। मलाई पानको लागि, तिमीलाई रक्सीको लागि। तर आज?” पानविरेले पर क्षितिजमा हराउँदै गरेको सूर्यलाई हेर्दै भन्यो।
“आज हामी ती पात हौं, जसलाई झरेपछि कोही टिप्दैन।” मानविरेले चुरोट सल्काउँदै भन्यो।
हावाको झोक्काले पातलाई चौतारीबाट उडायो। उनीहरू मौन भए ।
“मेला उठेपछि, हामीलाई सम्झने को नै रहन्छ र?” पातको झराईसँगै चौतारीले यो आवाज टपक्क टिप्यो।

❀❀❀

०३.
[ स्रोत-लघुकथा ]
शीर्षक: मन्त्र
✍️ रुद्र अधिकारी ‘निर्दोषी’

राजतन्त्र जिन्दाबाद! राजतन्त्र मुर्दावाद!! गणतन्त्र जिन्दाबाद!!!
एक समूह मानिस राजतन्त्रको पक्षमा, अर्को समूह राजतन्त्रको विरोधमा नाराबाजी गर्दै आएको थियो। समूहमा आफन्तहरू, साथीहरू र छर-छिमेकीहरूको बाहुल्यता हुँदाहुँदै एकअर्का पक्षमा जाइलागे। मुक्कामुक्की, काटाकाट, मारामारका बीच भागाभाग भयो। भिड तितरबितर भयो। भित्तामा लेखिएको ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ र पृथ्वीनारायण शाहको चित्र स्पष्ट देखियो। एक व्यक्ति दगुर्दै आएर भित्ताको चित्र मेटाउन खोज्दै थियो। अर्कोले रोक्दै भने, “यो देश पृथ्वीनारायण शाह र हाम्रा पूर्वजहरूले निर्माण गरेका हुन्। इतिहासलाई किन मेटाउन खोज्छौ?”
त्यसले भन्यो, “राजतन्त्र एक पुरातन संस्था हो जसले आधुनिक समयमा सान्दर्भिकता गुमाएको छ। इतिहासले देखाएको छ कि राजतन्त्रले एकताबद्ध राख्न र समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निभाउन सकेको छैन।” भन्दै एक बाल्टी रङ खन्याइदियो।
अर्कोले जवाफ दियो, “राजतन्त्र हुँदा देश समृद्ध थियो। राजाले देशलाई एकताबद्ध राख्न, विदेशी आक्रमणबाट जोगाउन, न्याय निरूपण गर्न, देश र जनताको सेवा, विकासका योजनाहरू बनाउन, शान्ति र व्यवस्था कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। यस्ता राजा पृथ्वीनारायण शाहलाई एकता र गौरवको प्रतीक किन नमान्ने? उनको नेतृत्वमा स-साना राज्यहरू एकीकृत भए र नेपाल शक्तिशाली राष्ट्रको रूपमा स्थापित भयो। उनले कला, साहित्य र संस्कृतिलाई प्रोत्साहन गरेका थिए। उनले नेपालको एकीकरण गरेको सम्मानमा एकता दिवस मनाउनु राजवादी हुनु होइन, बुझ्यौ? यो रङले पोतिएको भित्ताको चित्र त तिमीले मेटाउन सकौंला, तर देशभक्ति नेपालीको मनमा कहिल्यै नमेटिने गरी गडेर बसेको पृथ्वीनारायण शाह प्रतिको सम्मान तिमीले मेटाउन सक्दैनौ।”
यत्तिकैमा पर्दा बन्द भयो।
नेपथ्यबाट आवाज आयो, “अब तन्त्र हैन मन्त्र फेरौ, देश पहिले।”

°°°
इटहरी-१९, सुनसरी
(हाल- लन्डन)
❀❀❀

[ लघु-टिप्पणी ]
🔴 ‘निर्दोषी’को ‘मन्त्र’ लघुकथाको भित्री सौन्दर्य
✍️ नन्दलाल आचार्य

कथाकार रुद्र अधिकारी ‘निर्दोषी’को लघुकथा ‘मन्त्र’ले नेपालको ऐतिहासिक र राजनीतिक परिप्रेक्ष्यलाई सशक्त रूपमा उजागर गरेको छ। लेखकले समाजमा गहिरो भिन्नता र विचारधाराको द्वन्द्वलाई प्रस्तुत गरेका छन्। यसमा एकतर्फ राजतन्त्रको पक्षधर पात्र छ, जसले पुरानो परिपाटीको महत्त्व र ऐतिहासिक महत्त्वलाई मानेको छ, भने अर्को पात्र गणतन्त्रको पक्षमा उभिएर त्यसको आधुनिक सन्दर्भमा अप्रासंगिकता व्यक्त गर्दछ। यसरी दुई पक्षको बीचमा एक प्रकारको मानसिक द्वन्द्व र संघर्ष उभिएको छ।

कथाले पृथ्वीनारायण शाह र उनकाे योगदानको महत्त्वलाई विशेषगरी नेपालको एकता र समृद्धिमा उनको भूमिका देखाउँदै सम्मान गर्छ। अर्कोतर्फ, गणतन्त्रको पक्षमा उठेका आवाजहरूले पुराना संरचनाहरूको प्रासंगिकता र समय सापेक्षताको माग गर्दै आधुनिक राजनीतिक परिवर्तनको आवश्यकता प्रकट गर्छ।

अन्तिममा, “अब तन्त्र हैन मन्त्र फेरौँ, देश पहिले” भन्ने संवादले नेपालको वर्तमान राजनीतिक परिप्रेक्ष्यको गहिराइ र चुनौतीलाई स्पष्ट गर्छ। यसले पुराना राजनीतिक संरचनाहरूको पुनः मूल्यांकनको आवश्यकता र नयाँ दृष्टिकोणको खोजलाई संकेत गर्दछ।

समग्रमा, लघुकथाले एक गहिरो सन्देश दिन्छ – नेपाली समाजका ऐतिहासिक मूल्य र परिपाटीलाई सम्मान गर्दै, वर्तमानमा आवश्यक सुधार र परिवर्तनको आवश्यकता छ।
❀❀❀

[ उत्तर-लघुकथा ]
शीर्षक: नयाँ रंग
✍️ नन्दलाल आचार्य

“इतिहासको धूलोले भविष्यको चित्र मेटाउँछ?”
बोल्न नपाउँदै उसले भित्ताको चित्रतिर औंला तेर्स्यायो।
“इतिहासले सबै कुरा बताउँदैन।” अर्कोले उत्तर फर्कायो, “तर रंगहरू बदल्न र नयाँ भित्तामा नयाँ कथा लेख्न चाहन्छौ भने, के चित्रलाई मेटाउनु आवश्यक छ?”
दुवैजना भिडभाडबाट बाहिर निस्किएर एउटै खाली भित्ताको अगाडि उभिए। त्यहाँ लेखिएको थियो – ‘भविष्यको बाटो यहीँ छ।’
“राजतन्त्र या गणतन्त्र!” पहिलोलाई ठम्याउन कठिन भयो, “यस भित्तामा त केही छैन।”
“तर यो खाली भित्ताले सम्भावनाको चित्र बोल्छ।” अर्कोले हल्का मुस्कानसहित भन्यो।
त्यसपछि, उनीहरूले नयाँ चित्र बनाउन सुरू गरे। पुराना रंगहरू मेटिए, तर प्रत्येक रंगमा इतिहासको गहिरो छायाँ रहिरह्यो।
साँझ पर्दा, भित्तामा एउटा सन्देश चम्कियो – “देश पहिले, तन्त्रपछि।”

❀❀❀

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नन्दलाल आचार्य लघुकथामा एक प्रयोग

यो पनि पढ्नुहोस्...

पाक्षिक लघुकथा अभियान – अंक : ०९

पाक्षिक लघुकथा अभियान – अंक: ०८

पाक्षिक लघुकथा अभियान – अंक ०७

पाक्षिक लघुकथा अभियान – अंक: ०६

लघुकथामा एक प्रयोग नन्दलाल आचार्यका साथमा – अंक १०

लघुकथामा एक प्रयोग नन्दलाल आचार्यका साथमा – अंक ०९

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.