Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » यात्रा अनुभूति: चाँगुनारायण मन्दिर घुम्दै गर्दा

यात्रा अनुभूति: चाँगुनारायण मन्दिर घुम्दै गर्दा

गैर आख्यान - नियात्रा
प्रा. डा. गार्गी शर्माप्रा. डा. गार्गी शर्मामाघ १५, २०८१2K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

काठमाडौं कै रैथाने भएर पनि म चाँगुनारायणको दर्शन गर्न पुग्न सकेकी थिइन्, तर आज २०८१/७/२० मा अचानक संसाकका संम्पादक तथा प्रकाशक उमेश पाण्डे, उप-सम्पादक तारा के. सी, तथा सल्लाहकार डा. शैलेन्दुप्रकाश नेपालकाे साथ चाँगुनारायणको दर्शन गर्ने साैभाग्य मिल्याे।

बिहान आठ बजे गोंगबुँ चाेकमा जम्मा हुने भनिएकाेले म ठीक समयमा पुगेँ। त्यहाँबाट चाँगुनारायण जाने बस नपाइने रहेछ त्यसैले हामी चावेलसम्मकाे बसमा गयौँ र चावेल पुगेपछि चाँगुसम्म जाने माइक्राे बस पाएर त्यसैमा चढ्यौं। बस सरर……. आफ्नै गतिमा गुडेकाे छ। जाेरपाटी, हाेटल हायत, मनहरा, कागेश्वरी हुँदै चाँगुनारायण नगरपालीकातिर लाग्छ। मनहरा र चाँगुनगरपालिका छुट्टाउने सिमाना रहेछ त्यही मनहरा खाेला।

काठमाडौं उपत्यका देवदेवीकाे धनी त छँदैछ, त्यसमा पनि चारकाे विशेष उल्लेख भएकाे देखिन्छ जस्तै चार गणेश अशाेक विनायक, जलविनायक, चावेल विनायक (चन्द्र विनायक) सुर्य विनायक, त्यस्तै चार नारायण, चाँगुनारायण, विशंखु नारायण, शिखा नारायण र इचङ्गु नारायण त्यस्तै चार देवी, पलाञ्चाेक भगवती, नक्साल भगवती, शाेभा भगवती र नरदेवी भगवती आदि।

माइक्राेबस कतै नराेकी सरर…… चाँगुनारायणकाे बस स्टपमा राेकियाे। आधुनिक युगकाे सबभन्दा सजिलाे र सस्ताे पेय भन्नू नै चिया हुनाले हामीले पनि त्यही खाेज्याैं, त्यही पियाैं। अब साेझै मन्दिर जानू सट्टा साहित्यकार डिल्ली मुलतिहुनकाे निमन्त्रणामा पहिले जानुपर्छ, उहाँकाे कतै बाहिर जानुपर्ने भए हामीले कुराउनु हुन्न भन्ने उमेशजीकाे कसरा सही थियाे। त्यसैले डिल्लीजीकाे निवास साेद्धै खाेज्दै करिब बाह्र बजेतिर पुग्यौं। आहा! कति रमाइलो उहाँकाे निवास स्थान। सुन्दर शान्त प्रकृतिकाे काख, फूलै फूलले ढकमक्क भएकाे फूलबारी, मन्द मन्द हावाले चारैतिर सुगन्ध फैलिएकाे स्वच्छ हावापानी। आहा! डिल्ली जी! कस्ताे रमाइलो स्थान छान्नु भएकाे तपाईले। न सहर न गाउँ परन्तु सुन्दर र शान्त विशाल बीचकाे रमाइलो पारिवारिक जीवन।

परिवारका सबै हँसिला, रसिला, जिन्दगी पाउनु त यस्ताे पाे र मिलाउन जान्नु पाे यसरी भन्ने लाग्याे हामीलाई। आफुलाई भेट्न आउदैछन् भन्ने सुनेर हाेला आतिथ्य सत्कारकाे लागि बिहानकाे भाेजन पनि तयार गरेर हाम्राे बाटाे हेरिरहनु भएकाे रहेछ। हामीले थाहा पाएनौं, यस्ताे आतिथ्य हाेला भनेर। यति बेलाम्म पर्खेर बस्नु भएकाेमा हामीलाई ज्यादै अप्ठ्यारो लाग्याे। प्रेमिल आतिथ्यकाे मिठास भाेजनले स्पष्ट गरिरहेकाे थियाे, आहा! कति मिठाे खाना शब्दमा व्यक्त गर्न हामीसँग शब्द नै भएन।

चाँगुनारायणकाे दर्शन गर्नु थियाे। मुलतिहुन परिवारसँग केहिबेर भलाकुसारी तथा रमाइलो गरेर मन्दिरतिर लाग्याैं। मन्दिरकाे कलाकाैशल बारे म केही जान्दिन। त्यसकारण उक्त भव्य मन्दिरतिर वरिपरि घुमेर दर्शन गर्दै हामी अब त्यही बस स्टपतिर जानु थियाे। हामी ढुङ्गै ढुङ्गाका खुड्किलाहरूबाट बिस्तारै फाेटाे खिच्दै ओेर्लदै गर्याैं। त्यही बीच युगाैदेखि हुर्केका सल्लाकाे जंगल देख्याै। आहा! अग्ला अग्ला रूखमुनि शीतल छहारीले ढाकिएकाे चाैर देखेर हामीले मन थाम्न सकेनौं। उक्त छहारीले बाेलाइरहे झैँ लाग्याे र त्यही एकछिन थचक्क बस्याैं। त्यही बेला उमेशजीले साेध्नु भयाे “तारा बहिनी! तपाईंले भगवानसँग के माग्नु भयाे?” उहाँले पनि तुरून्तै भन्नुभयाे; “मैले मेरा सन्तान हरेक पाइलामा सफल हुन्। आफ्नाे लक्ष्य पुरा गर्न सकुन् र राष्ट्रका सुयाेग्य नागरिक बनून्। मलाई अब अरू केही चाहिन्न। सन्तानकाे सुख नै मेराे सुख हाे। याे सुनेर म दङ्ग परे। एउटी आमाले याे भन्दा अरू के माग्नु? एउटी आमाकाे अपार वात्सल्यता माया र परिचय यही हाे। ताराजीकाे याे माग सुनेपछि म त झल्यास्स भएँ। म पनि आमा हुँ तर मैले कसैकाे लागि केही पनि मागिन। केही माग्ने हाेशै आएन। मैले त मन्दिर प्रदक्षिणा गरें, हात जाेडे। न आफ्नाे लागि न परदेशमा रहेका सन्तानका न त परिवारकाे लागि केही माग्ने हाेश आयाे। म त साह्रै हुस्सु पाे रहेछु भन्ने थहाँ पाएँ। बरू उनकाे माग सुनेर गाेरखकाली माता सम्बन्धि कथा पाे सम्झेँ।

गाेर्खामा रहेकाे गाेरखकाली भगवतीकाे दर्शन गर्न मन्दिरभित्र पस्न नपाइने रहेछ। दर्शनार्थीकाे लागि उक्त मन्दिरकाे ढाेका कहिल्यैँ खाेलिदैन रे। तर भगवतीकाे स्नानादि गराउने विशेष दिनकाे आधा रातमा विशेष सेवकहरू आँखामा पट्टि बाँधेर जाने गर्छन् रे। भगवती लाई स्नानादि गराईसकेर बाहिर निस्केपछि ढाेका बन्द गरेर मात्र आँखाकाे पट्टि खाेल्न पाउँछन् रे। त्यसबेला उनीहरू झल्याँस्स हुन्छन् रे। जानेबेलामा भगवती मातासँग याे माग्छु ऊ माग्छु भनेर अनेक इच्छा गरेर गयाे भित्र छउन्जेल केही नसम्झने बाहिर निस्केपछि फुस्सा।

यस्तै म पनि दर्शन गर्न जाने बेलामा मैले केही माग्छु भन्ने साेेचेकी थिइन तर दर्शन गर्ने बेेला सम्झेकी भए अवश्य नै सन्तानकाे घर परिवार तथा आफ्नाे लागि पनि केही माग्ने थिएँ, तर हाेशै आएन, माग्नुपर्छ भन्ने संम्झनै आएन। यसबेला ताराले भने आफ्ना सन्तानकाे लागि यस्ताे मागे भन्ने सुनाउँदा उहाँकाे प्रफुल्ल मुहार हेरेकाे हेर्यै भएँ म।

उहाँकाे उत्फुल्ल हाँसाे, तृप्त मुहार अनि सफल मातृत्वकाे पहिचान झल्केकाे मुहार देखेर मैले आफूलाई बिर्सेछु। आफ्ना सन्तानले अहसले चालिरहेकाे पाइलाकाे तृप्ति नै उहाँकाे हाँसाेकाे संकेत हाे।

अन्त्यमा ताराजीकाे ती नानी बाबूसँग मेराे पनि एउटा अनुराेध छ, ताराजीकाे त्याे प्रफुल्ल मसहारकाे चमक, सन्तानकाे उच्चतम सफलताकाे आकांक्षा उत्तराेत्तर वृद्धि हुँदै जाओस्। सन्तान सुखमा देखिएकाे त्याे चमक मातृत्व युगान्तर बनाउन सफल हुन् ती सन्तान। सफलताकाे लागि अग्रिम बधाई छ तारा जी।
°°°
म्यहेपी काठमाडौं।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नियात्रा प्रा. डा. गार्गी शर्मा

यो पनि पढ्नुहोस्...

निबन्ध: बादलको रङ्गीन संसार | ज्ञानेन्द्र विवश | हाम्रो कथाघर

संस्मरण: कथाकार शुषमा चित्रकारप्रति – २ | हाम्रो कथाघर

व्यक्तिगत निबन्ध: नामको कथा र नामको विवेकशास्त्र | हाम्रो कथाघर

व्यक्तिगत निबन्ध: शिक्षा प्रणाली मात्र होइन समाज र अभिभावकको सोच नै पिछडिएको हो। | हाम्रो कथाघर

निबन्धात्मक लेख: साउन र हरियो रङ | हाम्रो कथाघर

नियात्रा: स्वर्गको झलक बडिमालिका | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग – अङ्क: १२ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – १२

भर्खरै

लघुकथामा एक प्रयोग अङ्क: १८ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २९, २०८२

स्मार्ट कविता श्रृङ्खला ४७ | हाम्रो कथाघर

भदौ २९, २०८२

गजल श्रृङ्खला २६ | हाम्रो कथाघर

भदौ २९, २०८२

दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ विधिवत् लोकार्पण

भदौ २४, २०८२

लघुकथामा एक प्रयोग अङ्क – १७ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भदौ २२, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.