ललितपुर– गुरुकुल एजुकेशनल फाउन्डेसनले ‘गामवेसीका कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार’ का लागि कविता सङ्ग्रह आह्वान गरेको छ। नेपाल कलेज अफ म्यानेजमेन्ट (NCM) को आयोजनामा हुन गइरहेको यस पुरस्कारका लागि इच्छुक युवा कविहरूले आफ्ना प्रकाशित कविता सङ्ग्रहहरू पठाउन सक्नेछन्।
नियम तथा शर्तहरू
- कवितासंग्रह नेपाली भाषामा लेखिएको हुनु पर्नेछ।
- कविता सङ्ग्रह प्रकाशन हुँदा कविको उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ।
- ISBN नम्बर प्राप्त प्रकाशन गृहबाट प्रकाशित वा स्वप्रकाशित गद्य तथा पद्य दुवै शैलीका कविता सङ्ग्रहहरू प्रतिष्पर्धाका लागि योग्य रहनेछन्।
- कविता सङ्ग्रह प्रकाशन मिति २०८० फागुन १ देखि २०८१ फागुन १ भित्र रहेको हुनुपर्नेछ।
सहभागिता प्रक्रिया
- भिडियोसँगै राखिएको PDF फारम भर्नुपर्नेछ।
PDF फारम लिंक:
☛ यहाँ छ ☚
- ३ प्रति कविता सङ्ग्रह र १ प्रति नागरिकताको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।
- माथि उल्लेखित सम्पूर्ण कागजातहरू मिति २०८१ फागुन १५ भित्र नेपाल कलेज अफ म्यानेजमेन्ट (NCM), धोबीघाट, ललितपुरको ठेगानामा कुरियर गर्नुपर्नेछ।
विजेता घोषणा र पुरस्कार
पुरस्कृत कविता सङ्ग्रहको घोषणा मिति २०८१ चैत्र २५ गते नेपाल कलेज अफ म्यानेजमेन्ट, धोबीघाटमा आयोजना हुने NCM DAY कार्यक्रममा गरिनेछ। विजेतालाई गुरुकुल शिक्षा प्रतिष्ठानको तर्फबाट नेपाली रूपैयाँ ५०,०००/- नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।
महत्वपूर्ण मितिहरू;
- कविता सङ्ग्रह बुझाउने अन्तिम मिति: फागुन १५, २०८१
- विजेता घोषणा मिति: चैत्र २५, २०८१
- स्थान: नेपाल कलेज अफ म्यानेजमेन्ट, धोबीघाट, ललितपुर
थप जानकारीका लागि:
📞 फोन / WhatsApp: ९८६०९९३७४२, ९८४५५०९४७६
इच्छुक कविहरूलाई यस अवसरको उपयोग गरी आफ्नो सिर्जनशीलता प्रस्तुत गर्न आयोजक समितिले अनुरोध गरेको छ।
भिडियो लिंक:
☛ यहाँ छ ☚
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।