धादिङ। बागमती प्रदेश सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना तथा धादिङका सरोकारवालाहरूको संयोजनमा “बागमती साहित्य महोत्सव २०८१”, फाल्गुन १६ र १७ गते धादिङबेसी स्थित नीलकण्ठ बालमन्दिर माविमा हुने भएको छ।
“साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने नाराका साथ हुन् गइरहेको साहित्यिक महोत्सवमा १४ सेसन हुनेछन्, जसअन्तर्गत ११ वटा प्यानल डिस्कसन, १ काव्य सन्ध्या, १ गजल सन्ध्या, र १ सृजनात्मक सत्र रहनेछ।
महोत्सवले बागमती प्रदेशको साहित्यिक वृत्तमा नयाँ ऊर्जा थप्ने विश्वास महोत्सवका संयोजक तथा डिभिजन वन धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले बताएका छन् ।
आयोजकले जारि गरेको प्रेस विज्ञप्तिअनुसार, बागमती प्रदेशको कला, साहित्य, संस्कृति तथा सभ्यताको प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सवले प्रदेशस्तरमै साहित्यिक गतिविधिहरूलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।
बागमती प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापनाका लागि नीति निर्माण तथा निर्देशिका निर्माणमा सरकारले लिएको अग्रसरताको सन्देश पनि यस महोत्सवमार्फत प्रवाह गरिने आयोजक समितिले जनाएको छ।
महोत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश सरकारका पर्यटन तथा संस्कृति मन्त्री विमल ठकुरीज्यूको उपस्थितिमा रहेको थियो भने जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना, पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दीपेन्द्र सुबेदी तथा अन्य उच्च पदस्थ अधिकारीहरूले अभिभावकत्व प्रदान गरेका थिए।
बागमती साहित्यिक महोत्सव धादिङको बारेमा जारि गरिएको प्रेस विज्ञप्ति
कार्यक्रमका अध्यक्षज्यू,
हाम्रो निमन्त्रणालाई स्वीकार गरी अभिभावकत्व ग्रहण गर्न आउनु भएका बागमती प्रदेश सरकारका पर्यटन तथा संस्कृति मन्त्री माननीय विमल ठकुरीज्यू, जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी ज्यु,नीलकण्ठ नगरपालिका मेयर भीमप्रसाद ढुङ्गानाज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दीपेन्द्र सुबेदीज्यू, सबै संयोजन कमिटीका सदस्य साथीहरू, यो सन्देशलाई देशव्यापी बनाउँदै उभार सिर्जना गर्न उपस्थित सबै सञ्चारकर्मी मित्रहरूलाई आयोजक र संयोजन समितिको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्दछौँ।
आज पत्रकार सम्मेलनमा उपस्थित हुनु भएका सम्पूर्ण सञ्चारकर्मी साथीहरूले यस कार्यक्रमको महत्त्व,गरिमा र सन्दर्भमा आम नागरिकसम्म सन्देश प्रवाह गरिदिनुहुन समेत आग्रह गर्दै यस पत्रकार समागम कार्यक्रम आयोजना गरिएको विषयलाई पनि प्रष्ट पार्न चाहन्छौँ।
कार्यक्रमको औचित्य
१) बागमती प्रदेशको कला साहित्य र संस्कृतिको प्रवर्धन र उन्नयनका लागि प्रदेश प्रज्ञा प्रतिष्ठानको परिकल्पना गरिए पनि यसको मूर्तता नभइरहेको परिप्रेक्ष्यमा विधि, निर्देशिका र ऐनहरूको निर्माण कार्यमा प्रदेश निरन्तर लागिरहेकोले यसको सकारात्मक परिणाम छिट्टै नै प्राप्त हुनेछ भन्ने कुरा हामी विश्वास दिलाउन चाहन्छौँ।
कार्यक्रमको मूल अभीष्ट र नारा:
“साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको संवर्द्धन”
बागमती प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजना र धादिङ स्थित सबै सरोकारवालाको संयोजनमा यही फाल्गुन १६ र १७ गते, “साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको संवर्द्धन” भन्ने मूल विषय सहित गर्न लागिएको बागमती साहित्य महोत्सवले सिङ्गो प्रदेशको साहित्यिक श्रीवृद्धि उल्लेख्य योगदान पुग्ने अपेक्षाका साथ यसको घोषणा गर्न लागिएको छ ।
समय तालिका
-
मिति: २०८१ फाल्गुन १६ र १७
स्थान: नीलकण्ठ बालमन्दिर मा.वि.; धादिङबेसी, धादिङ ।
उद्घाटन सत्र: २०८१ साल फागुन १६ गते
-
जम्मा सेसन : प्यानल डिस्कसन ११ + काव्य सन्ध्या १ + गजल सन्ध्या १ + सृजनात्मक सत्र १ गरी १४ सेसन
-
पहिलो दिन: उद्घाटन सत्र + ५ प्यानल डिस्कसन र १ काव्य सन्ध्या
-
दोश्रो दिन: ६ प्यानल डिस्कसन + १ गजल सन्ध्या + १ सृजनात्मक सत्र र समापन सत्र
हालसम्म स्वीकृत सेसन, सहजकर्ता र प्यानेलिस्टः
१). साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको संवर्द्धन
प्यानेलिस्टः
-
डा दिनेश राज पन्त
प्रकाश सायमी
सहजकर्ता:
-
ओम रिजाल
२). बाल साहित्य, सृजना कला, हाम्रो दायित्व:
प्यानेलिस्टः
-
कृतिका लौडारी
समीक्षा अधिकारी
अंशिका जोशी
सहजकर्ता:
-
प्रकाश पौडेल
३). हाम्रो भाषामा समसामयिकताको प्रश्न: आवश्यकता र औचित्यताको प्रश्न
प्यानेलिस्टः
-
डा. बलदेव शर्मा अधिकारी
प्रा.डा. राम प्रसाद दाहाल
सहजकर्ता:
-
डा. नवीनबन्धु पहाडी
४). घट्दो पठन संस्कृति: स्थानीय सरकारको दायित्व पूर्ण कि अपूर्ण? अबको यात्रा?
प्यानेलिस्टः
-
भीमप्रसाद ढुङ्गाना
रेणु दाहाल
अशोक बेन्जु
सहजकर्ता:
-
सरोज अधिकारी
५). लेखनमा विषय चयन: चयन हुनुपर्ने र छुट्नुपर्नेका निफननाफन
प्यानेलिस्टः
-
नयनराज पाण्डे
पुरु लम्साल
नवराज लम्साल
सहजकर्ता:
-
हेम प्रभास अधिकारी
६). काव्य सन्ध्या:
-
छानिएका प्रतिनिधिमूलक १५–२० कविता
सहजकर्ता/समन्वय: नीलकण्ठ प्रज्ञा प्रतिष्ठान
७). हरि प्रसादका चित्रकला: रैथाने संस्कृतिको प्रतिबिम्ब
प्यानेलिस्टः
-
हरिप्रसाद शर्मा
डा. विष्णु प्रसाद शर्मा
सहजकर्ता:
-
कृष्ण मुरारी भण्डारी
८). नेपालमा नारी लेखन: अनुभव र अनुभूतिको कसीमा
प्यानेलिस्टः
-
सरिता तिवारी
कुमारी लामा
सञ्जीव उप्रेती
सहजकर्ता:
-
राजु झल्लु प्रसाद
९). साहित्यमा पर्यावरण प्रयोग: आवश्यकता, औचित्य र प्रभाव
प्यानेलिस्टः
-
डा. अम्मराज जोशी
डा. गीता त्रिपाठी
डा. रोशन शेरचन
सहजकर्ता:
-
विष्णु प्रसाद आचार्य
१०). समालोचनाको वर्तमान: आशाप्रद वा आशयप्रद?
प्यानेलिस्टः
-
डा. ज्ञानु पाण्डे
महेश पौड्याल
रमेश प्रभात
सहजकर्ता:
-
श्रीबाबु कार्की उदास
११). भविष्य द्रष्टाहरूमा अध्ययनशीलताको सवाल: वर्तमान अवस्था र भविष्यको दिशा
प्यानेलिस्टः
-
राम कुमारी झाँक्री
महेश बर्तौला
सरल सहयात्री
कैलाश कोइराला
सहजकर्ता:
-
सुदर्शन खतिवडा
१२). मोफसलको साहित्य यात्रा: कति घाम कति छाँया?
प्यानेलिस्टः
-
चन्द्र प्रसाद न्यौपाने
निमेष निखिल
प्रोल्लास सिन्धुलिया
सहजकर्ता:
-
मिलन तिमिल्सिना
१३). गजल सन्ध्या:
सहजकर्ता/समन्वय:
-
नेपाल गजल प्रतिष्ठान
१४). नवसर्जकहरुका लागि सिर्जनात्मक लेखन सत्र
सहजकर्ता:
-
नेपाल गजल प्रतिष्ठान
१५). समापन सत्र:
-
एउटा साहित्यिक कार्यक्रममा सबैजना र सबै विषय समेट्न सकिँदैन, यसमा हामी सबै जानकार नै छौँ। यद्यपि हामी सम्भव भएसम्म साहित्यका सबै विद्या र बागमती भित्रका सबै भूगोलको प्रतिनिधित्व गराउन प्रयत्न गरेका छौँ; र छुट हुन गएका मुख्य विषयलाई आगामी दिनमा समावेश गर्दै जाने प्रतिबद्धता गराउँछौँ। हामी यो कार्यक्रमलाई पर्वको रूपमा लिएर उत्साहजनक बनाउने, धेरै भन्दा धेरै सहभागी हुने, बिचार सुन्ने, आफ्ना भनाइ राख्ने र यो महोत्सवलाई उपलब्धि मूलक बनाउन सबैलाईई आग्रह गर्दछौँ।
अनुमानित खर्च:
-
कार्यक्रम सञ्चालन र प्रतिवेदन समेत गरी रु. १२ लाख लाग्ने अनुमान रहेको छ यस मध्ये रु.८ लाख आयोजक पर्यटन तथा संस्कृति मन्त्रालयले व्यवस्थापन गर्नेछ भने बाँकी यहाँका सरोकारवालाले अपनत्व ग्रहण गरी व्यहोर्ने छ।
प्रमुख सहभागीहरू:
-
हामी सबै आयोजक /संयोजक सदस्यहरू।
-
जनप्रतिनिधिहरू।
-
बागमती प्रदेशका प्रसिद्ध लेखक र सर्जकहरू, साहित्यानुरागी साथमा नव लेखकहरूको उपस्थिती।
-
दर्शन, शिक्षा, राजनीतिक क्षेत्रका अन्य अनुभवसिद्ध व्यक्तित्वहर।
-
साहित्यिक सङ्घसंस्थाका प्रतिनिधिहरू।
-
विद्यार्थी, साहित्य प्रेमीहरू र सञ्चारकर्मी।
-
नागरिक समाजका प्रतिनिधिहरू लगायत अन्य जनसमुदायलाई सक्रिय सहभागिता हुने अपेक्षा गरेका छौँ।
अन्य थप कार्यक्रमहरू:
-
प्यानेलिस्ट, पाठक र लेखक साक्षात्कार: लेखक तथा वक्तासँग आवश्यकता अनुसार पाठकहरू र श्रोताको साक्षात्कार र संवादको अवसर प्रदान गरिनेछ।
-
कला, साहित्य झल्कने चित्रकला हरि प्रसाद शर्माका चित्र प्रदर्शन गरिनेछ र आवश्यकता अनुसार अन्य चित्रकारका चित्र राख्न सकिनेछ।
-
केही बुक स्टल रहनेछन्।
-
स्थानीय संस्कृति झल्कने केही नृत्य राखिनेछ।
-
सहजकर्ता र प्यानेलिस्टका समय व्यवस्थापनमा समस्या देखिएमा सामान्य परिवर्तन हुन् सक्नेछन्।
-
आवश्यकता अनुसार केही सत्र समानान्तर सञ्चालन हुनेछन्।
बहुपक्षीय सरोकारवालासँगको छलफल पश्चात् चाडै नै अन्तिम कार्यतालिका यहाँहरू समक्ष पेश गर्ने प्रतिबद्धता सहित आजको कार्यक्रममा यहाँको उपस्थिति, सक्रिय सहभागिताको लागि हामी हार्दिक आभार व्यक्त गर्दछौँ। कार्यक्रम सम्बन्धी कुनै जिज्ञासा, थप सुधारको लागि यहाँहरूको सुझावको अपेक्षा गर्दछौँ।
धन्यवाद
सबै सरोकारवालाको तर्फबाट:
विष्णुप्रसाद आचार्य
संयोजक/व्यवस्थापन समिति
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।