Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

निबन्ध: ॐ को प्रभावबारे धर्म र विज्ञान के भन्छ?

असार १८, २०८२

कथा: घरको मृत्यु

असार १७, २०८२

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: तरुनी आमा

कथा: तरुनी आमा

आख्यान - कथा
देबकी के. सी.देबकी के. सी.फाल्गुन १२, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

रुपकलीले जन्माउन त चारवटी छोरीहरू जन्माएकी थिइन्, तर साथमा भने एउटी छोरी रुसा मात्र बचेकी थिइन्। अरू त सानैमा मरे। रुपकलीका लोग्ने प्रविण सिंह सहरका एक प्रतिष्ठित होटल मालिक थिए। देशका विशिष्ट र विदेशका व्यक्तिहरूले उनको होटल सधैं भरिभराउ हुन्थ्यो। समाजमा हेर्ने हो भने प्रविण सिंहको शान र मान महाराजाको हैसियतमा देखिन्थ्यो। तर रुपकली र रुसाको नजरमा प्रविण सिंह ओरालो लाग्दै थिए।

रुपकलीले लगातार चारवटी छोरी मात्र जन्माएपछि प्रविण सिंहलाई रुपकली मन पर्नै छाडिन्। रुपकली उनका लागि घिनलाग्दी भइन्। उनका लागि मात्र होइन, उनका बाआमाको नजरमा पनि छोरा नजन्माएकोमा आँखाको कसिङ्गर बनेर बिझाउन थालिन् रुपकली। प्रविण सिंह आफूचाहिँ आफ्ना बाआमासँग भव्य महलमा ऐश्वर्यसहित रहन्थे। रुपकली र रुसाका लागि भने अलग्गै सानो घर बनाइदिएका थिए।

रुसा दिन-प्रतिदिन जवान हुँदै गइन्। कोरेली बाच्छीजस्तो उनको शरीर पनि बैँशले पुटुक्क देखिन थाल्यो। यता रुपकली भने अल्सर, पायल्स, दम र प्रेसरजस्ता धेरै रोगहरूको घर बनेकी थिइन्। सायद परिवारको राम्रो हेरचाह नपाएकै कारण उनीमा यतिका धेरै रोगले शरण लिएका थिए। उनलाई आफ्नो रोग र जिर्ण शरीरको भन्दा पनि छोरी रुसाको फक्रँदो जवानीको चिन्ता थियो।

तर जीवनसाथी प्रविण सिंहलाई रुपकली र छोरी रुसाको कुनै चिन्ता थिएन। उनले न त कहिले रुपकलीको राम्रो उपचार गर्ने विचार गरे, न त कहिले मायाले दुई-चार शब्द नै बोले। अझ त अझ, उनलाई जवान हुँदै गरेकी छोरीको भविष्य प्रतिको चिन्ताले पनि कहिल्यै सताएन। रुपकलीप्रति उनको कहिल्यै मोह नै रहेन। उनलाई मोह माया थियो त केवल स्वदेशी र विदेशी तरुनीहरू प्रतिको। वाइनको चुस्कीसँगै चुम्बन गर्दै उनी स्वदेशी र विदेशी तरुनीहरू छानी-छानी रात बिताउँथे। हुन पनि, मगमग अत्तरको बासना आउने तरुनीहरू पाएपछि ती रोगहरूको घर बनेकी स्वास्नी रुपकली प्रतिको मोह प्रविण सिंहलाई किन जाग्थ्यो र?

रुपकली रोगी थिइन्। आधुनिकता उनमा फिटिक्कै नहुनु प्रविण सिंहको लागि तिरस्कारको एउटा प्रमुख कारण थियो। आधुनिकताको नाममा अर्काको लोग्नेसँग रात बिताउने छाडा तरुनीहरूजस्तो उत्ताउलो जवानी रुपकलीमा थिएन। त्यसैले त रुपकलीले प्रविण सिंहको मिठो साथ के हो, अनुभव नै गर्न पाइनन् आजसम्म। लोग्नेको न्यानो साथ त केवल चार छोरी जन्माउनकै लागि मात्र थियो जस्तो लाग्थ्यो। किनकि उनले कहिल्यै लोग्नेको मिठो बासनामा मस्त खुलेर भिज्ने गतिलो अवसर नै पाइनन्। लोग्ने उनका लागि नाम मात्रका लोग्ने थिए। प्रविण सिंहका लागि पनि रुपकली समाजलाई देखाउने एउटा नाम मात्रको स्वास्नी थिइन्।

प्रविण सिंहलाई सबैले भगवान् जस्तो मान्थे। देशका मात्र होइन, विदेशका पनि उच्च तहका व्यक्तिहरू उनीसँग भेटघाट गर्न आउँथे। समाजले प्रविण सिंहलाई अति महत्त्वका दृष्टिकोणले हेरे तापनि रुपकली प्रतिको घृणाकै कारण रुपकलीले भने कमै चासो राख्न थालेकी थिइन्। उनको बुझाइमा प्रविण सिंह चार छोरी जन्माउनकै लागि मात्र लोग्ने थिए।

सानैदेखि रोगी आमाको सहारामा बाँचेकी रुसाले न त बाउको माया पाइन्, न त बाउ प्रतिको माया नै जाग्यो। किनकि बाउको नजरले आफू र आमालाई मिल्काइएका तिरस्कारले नै रुसालाई बाउको माया कहिल्यै लागेन।

यता रुपकली अनेकौं रोगसित लड्दै जिर्ण भइसकेकी थिइन्। “यता दुख्यो, उता दुख्यो” भन्दै गलित शरीर छामेर रुने आमाको गतिलो सहारा बनेर अहोरात्र खडी थिइन् रुसा। उनी आफ्नी आमालाई हरेक दुःखमा साथ दिन सक्ने साहसी छोरी बनेकी थिइन्। यदि रुसा नभएको भए, रुपकली सिनोजस्तै अलपत्र हुन्थिन् होला। तर रुसाले जिम्मेवार सन्तान बनेर आमाको साथ कहिल्यै छाडिनन्।

उता प्रविण सिंहको अनगिन्ती तरुनीहरूसितको मस्ती निरन्तर चलिरहेको थियो। अब त उनले छानी-छानी तरुनीहरू घरमा ल्याएर मोज गर्न थाले। आफ्ना बाउको यस्तो हर्कतमा पनि हजुरबा-हजुरआमा मौन रहेको देख्दा रुसाको चित्त दुख्थ्यो। तरुनी प्रतिको मोह र घर प्रतिको गैरजिम्मेवारीपनका कारण प्रविण सिंह आफ्नै बाउ भए पनि रुसालाई एकरत्ति मन परेको थिएन।

एक दिन, अनेकौं रोगले गाँजेको रुपकलीले यो संसारबाट बिदा लिइन्। रुसाले आमाको मृत्युमा आफूलाई नितान्त एक्लो महसुस गरिन्। तर रुपकलीको मृत्युमा पनि प्रविण सिंहको आँखामा वियोगको एक थोपा आँसु पनि देखिएन। शोक त के, झन् उल्टो खुसीयाली पो मनाइरहेका थिए। किनकि उनका लागि रूपकली एउटा तगारो थिइन्, तर अब रुपकलीको अन्त्येष्टिपछि समाजमा ‘स्वास्नी’ भन्ने नाताको एउटा तगारो सधैंका लागि हटेर बाटो खुला बनेको थियो।

एक दिन प्रविण सिंहले आफ्नै छोरीसरहकी तरुनीसित बाजा बजाएर लगनगाँठो कस्ने निर्णय लिए। उनको निर्णयप्रति सबै खुसी थिए। प्रविण सिंह बेहुलाको रूपमा ठाँटिएर बेहुली लिन अघि बढे। प्रविण सिंहको आँखामा मस्त कि तरुनी पत्नीलाई भोग गर्न पाइने उल्लास देखिन्थ्यो।

विचरी रुसा, आफ्नो सानो घरको झ्यालबाट नियाल्दै थिइन् बेहुलाको रूपमा ठाँटिएको आफ्नै बाउको उत्तेजित रूप। रुसाले आफूलाई भाग्यमानी र अभागी दुवैको संज्ञा दिन थालिन्। भाग्यमानी यस अर्थमा कि उनी आफ्नै जन्मदाताको बिहे कल्पनामा नभएर यथार्थतामा नै देख्दै थिइन्। अभागी यस अर्थमा कि आफ्नै बाउ प्रविण सिंह आफ्नो उर्लँदो बैँशलाई बेवास्ता गर्दै भोगविलासमा लिप्त भएका थिए।

दिनभर प्रविण सिंहको महलमा नाचगान र रमझम चलिरह्यो। तर त्यो रमझमले रुसालाई पटक्कै छोएन। बरु उल्टै उनको मन पोल्न थाल्यो, आफ्नी आमालाई सम्झेर।

साँझ प्रविण सिंहले बेहुलीको रूपमा आफ्नी तरुनी स्वास्नी घर ल्याए। प्रविण सिंह बेहुलीलाई हेर्दै मुस्कुराइरहेका थिए। रुसाले त्यो सानो घरको झ्यालबाट बेहुलीलाई नियालिन्। उनी साँच्चै रूपकी खानी थिइन्। तर जतिसुकै राम्री भए पनि प्रविण सिंहको तरुनी स्वास्नी, अर्थात् आफ्नी “तरुनी आमा,” आफ्नी स्वर्गीय आमा रुपकलीभन्दा राम्रो लागेन रुसालाई।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा तरुनी आमा देबकी के. सी.

यो पनि पढ्नुहोस्...

कथा: घरको मृत्यु

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

निबन्ध: ॐ को प्रभावबारे धर्म र विज्ञान के भन्छ?

असार १८, २०८२

कथा: घरको मृत्यु

असार १७, २०८२

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.