विश्व कविता दिवस २१ मार्चका दिन मनाइन्छ। संयुक्त राष्ट्र संघको शिक्षा, विज्ञान र संस्कृति संगठन (UNESCO) ले सन् १९९९ देखि विश्व कविता दिवस (World Poetry Day) मनाउने निर्णय गर्यो। त्यसैको परिणामस्वरूप २१ मार्चका दिन विश्व कविता दिवस मनाइँदै आइएको छ। युनेस्कोले विश्व कविता दिवस मनाउनु पर्नाको कारण यसरी उल्लेख गरेको छ— ‘भाषिक विविधतालाई कविताको माध्यमबाट समृद्ध बनाउनका लागि प्रत्येक वर्ष विश्व कविता दिवस मनाउन परेको हो।’ यसको उद्देश्य ‘विश्वभर कविता पढ्ने, लेख्ने, प्रकाशित गर्ने, सिकाउने संस्कृतिको विकास गर्ने’ पनि हो। विश्व कविता दिवस मनाउने घोषणा गर्दा युनेस्कोले भनेको थियो— ‘काव्य अभियानको ताजा पहिचान र योगदान अभिवृद्धि गरी राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा कविताको व्यापक प्रसार गर्नु विश्व कविता दिवसको मुख्य अभिप्राय हो।’
यसअघि पनि कतिपय देशमा काव्य दिवस भनेर अक्टोबरमा मनाइने प्रचलन थियो। रोमन कवि भर्जिलको जन्मदिन १५ अक्टोबरमा कतिपय देशमा काव्य दिवस मनाइन्थ्यो। बेलायतले अक्टोबरको पहिलो बिहीवारलाई ‘काव्य दिवस’ मनाउने गर्थ्यो।
पेन इन्टरनेशनल (PEN International) को प्रस्ताव अनुसार संयुक्त राष्ट्र संघको युनेस्कोले ‘विश्व कविता दिवस’ मार्च २१ मा मनाउने घोषणा गरेपछि अहिले विश्वभर यो दिवस विशेष रूपमा मनाउँदै आइएको छ।
विश्व कविता दिवस २०२५ को नारा— ‘शान्ति र समावेशिताका लागि पुलको रूपमा कविता’ (Poetry as a Bridge for Peace and Inclusion) रहेको छ।
उपरोक्त जानकारीसहित हामी सम्पूर्ण ‘हाम्रो कथा घर डट कम’ परिवारको तर्फबाट सबै कविता प्रेमीहरूमा सन् २०२५ को विश्व कविता दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
हाम्रो कथा घर संरक्षक – डा. दामोदर पुडासैनी ‘किशोर’
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।