“कस्तो मान्छे होला, फोन नै उठाउँदैन!” उनी मोबाइल थिच्दै एक्लै बर्बराउँदै थिइन्।
“हैन, के भयो? कसले फोन उठाएन भन्नु भएको?” भेट्न आएकी सहकर्मी साथीले चासो व्यक्त गरिन्।
उनले प्रतिउत्तर फर्काइन्, “छ एकजना, कहिल्यै फोन नै उठाउँदैन भन्या! बिहान पनि तीन–चार पटक गरेँ, अहिले पनि धेरैपल्ट गरेँ, मरेकाटे फोन उठाउँदैन त!”
साथीले कुरा बुझिन् र भनिन्, “उसले लिनुपर्ने भए पो उठ्थ्यो, तपाईंलाई दिनुपर्ने होला अनि के उठ्थ्यो त!”
०००
काभ्रे, पनौती | हाल: कपन, काठमाडौं


