“कस्तो मान्छे होला, फोन नै उठाउँदैन!” उनी मोबाइल थिच्दै एक्लै बर्बराउँदै थिइन्।
“हैन, के भयो? कसले फोन उठाएन भन्नु भएको?” भेट्न आएकी सहकर्मी साथीले चासो व्यक्त गरिन्।
उनले प्रतिउत्तर फर्काइन्, “छ एकजना, कहिल्यै फोन नै उठाउँदैन भन्या! बिहान पनि तीन–चार पटक गरेँ, अहिले पनि धेरैपल्ट गरेँ, मरेकाटे फोन उठाउँदैन त!”
साथीले कुरा बुझिन् र भनिन्, “उसले लिनुपर्ने भए पो उठ्थ्यो, तपाईंलाई दिनुपर्ने होला अनि के उठ्थ्यो त!”
०००
काभ्रे, पनौती | हाल: कपन, काठमाडौं
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।