Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

गैर आख्यान - संस्मरण
नवराज न्यौपाने `मौन′नवराज न्यौपाने `मौन′चैत्र १९, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

विक्रम सम्वत् २०४४ साल साउन महिनामा अनन्त आशा बोकेर म पोखराको लामाचौरस्थित इन्जिनीयरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसमा सिभिल इन्जिनीयरिङ्ग विषयको छात्रको रुपमा आफ्नो दैनिकी सुरु गर्दो भएँ।

त्यो बेला पोखरामा चारवटा सरकारी क्याम्पस थिए। अरु क्याम्पसहरूमा, पृथ्वीनारयण बहुमुखी क्याम्पस (५ संकाय – विज्ञान तथा प्रविधि, कानून, मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र) बगर, चिकित्साशास्त्र अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पस, रामघाट, र वनविज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, हरियोखर्क थिए।
अरु क्याम्पसका विद्यार्थीहरू राजनीति कम पढाइ बढी गर्थे तर पृथ्वीनारायण क्याम्पसमा भने पढाइ कम र राजनीति बढी हुने गर्दथ्यो। त्यसैले त्यहाँका विज्ञान संकायका विद्यार्थीहरू मर्कामा परिरहेका हुन्थे।

लामाचौर गाउँमा अवस्थित हाम्रो क्याम्पस ७० करोड ७७ लाखको लागतमा भर्खरै निर्माण भएको थियो। हामी पहिलो व्याचका विद्यार्थी थियौं। सिभिलमा दुई सेक्शन गरी ३२ जना र इलेक्ट्रिकल र मेकानिकलमा १६-१६ जना गरी जम्मा ६४ जना विद्यार्थी थियौं। पोखराका स्थानीय बाहेक हामी सबै होस्टलमा बस्थ्यौं। त्यसका अतिरिक्त एसएलसी परीक्षा उत्तीर्ण हुन नसकेकाहरूका लागि र अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकहरूका लागि छ महिने, नौ महिने कालिगढ तालिम (ट्रेड कोर्स) सञ्चालन गरिएको थियो। ती सबै होस्टलमा बस्थे।

सबैको मेस एउटै थियो। सबै मिलेर समिति बनाएर मेस सञ्चालन गरिएको थियो। होस्टल शुल्क मासिक १० रूपैयाँ र खाना शुल्क मासिक ३०० रूपैयाँ लाग्थ्यो। शिक्षण शुल्क भने सबै क्याम्पसको एउटै थियो मासिक एक्काइस रूपैयाँ मात्र। क्याम्पसमा सबै सुविधा पर्याप्त थियो।

हामी बिदाको दिन कहिले बाटुलेचौर काली खोलाको किनार र कहिले सेती नहरको ड्यामसाइट युवा पार्क गएर पढ्ने गर्थ्यौं। हामीमध्ये ५-७ जना साथीहरू साहित्य र पत्रकारितामा रुचि राख्ने पनि थियौं। क्याम्पसमा भित्ते पत्रिका पनि प्रकाशित हुन्थ्यो। द्रुत सेवा (क्वीक डेलिभरी) मार्फत पोखरा र काठमाडौंका पत्रपत्रिकाहरूमा लेख, रचना र समाचार पठाउने गरिन्थ्यो।

यसैबीच स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पनि आयो। हाम्रो क्याम्पसमा ६४ विद्यार्थीमध्ये ६० मत खस्यो। नेपाल विद्यार्थी संघको पक्षमा ३२ र अनेरास्ववियुको पक्षमा २८ मत आयो। चुनाव भएको केही समयमा नै नतिजा आयो। अनि हामी साथीहरू मिलेर बेलुकी पृथ्वीनारायण क्याम्पसमा हेर्न गयौं।

त्यहाँ त १६ हजार विद्यार्थीमध्ये करिब १५ हजार मत खसेको रहेछ। चुनावी मैदानमा ५ वटा प्यानल रहेछन्। मत गन्न रातभरि लाग्ने भएकाले सबै समूहले चौरमा आ-आफ्नो डफ्फा बनाएर नाचगान गर्ने र मत परिणाम सुनाउँदा ताली बजाएर उफ्रने गर्थे। केही बेर रमाइलो हेरेर हामी फर्कियौं।

२०४५ सालमा भारतले नाकाबन्दी लगाएपछि हाम्रो पढाइ छ महिना अवरुद्ध भयो। भारतीय दादागिरीको विरोध गर्दै हामी सबै घरमा बस्यौं।

अब नाकाबन्दीका कुरा गरौं।
भारतसँगको व्यापार र पारवहनको म्याद सकिने समय र नयाँ सन्धि गर्ने वा पुरानैलाई निरन्तरता दिने भन्ने वार्ता नेपालका लागि सधैं पीडादायी रहने गरेको छ।
नेपालमा पञ्चायती व्यवस्था विरुद्ध राजनीतिक दलहरू विभिन्न ढंगले लागिरहेका थिए। राजा वीरेन्द्र र भारतीय प्रधानमन्त्री राजीव गान्धीबीच खटपट चलिरहेको थियो। दुई देशबीचको खटपटले सम्बन्धमा तनाव बढिरहेको समयमै नेपाल–भारत पारवहन सन्धिको म्याद सकिन लागेको थियो। भारत म्याद थप्न तयार भएन। वार्ताहरू लम्बिंदै गए। दुईपक्षीय वार्ताका क्रममा भएका विषयहरूलाई रेकर्ड गरिएको माइन्युटमा भारतीय पक्षले सही गरेन। अर्कोतिर, दुवै देशका व्यापारीहरू सक्रिय भए। दोहोरो कर नलाग्ने व्यवस्था गर्न नेपालमा रहेका भारतीय लगानीकर्ता र व्यापारीको समूहले नेपाललाई दबाब दिन दिल्लीलाई गुहारे।

०४५ सालको नाकाबन्दीको समयमा अल इन्डिया रेडियोले नेपालविरुद्धका प्रचार सामग्री, नाटक, समाचारलगायत प्रसारण गरिरह्यो। अन्य मिडियाबाट पनि नेपालविरुद्धका भ्रामक प्रचार गरिए। ०४५ सालको नाकाबन्दी त्यसअघिका भन्दा निकै कडा थियो। ०४५ साल चैत्र १० देखि नेपालको भारतसँग जोडिएका मुख्य १० नाका र अन्य छोटा ११ वटा नाकामा भारतले आवागमन ठप्प पार्‍यो। मालबाहक सवारीसाधन ठप्प भयो।
नाकाबन्दीमा दुई देशका सरकारबीच संवाद नै ठप्प भएको थियो। १५ महिना चलेको उक्त नाकाबन्दीको पृष्ठभूमिमा नेपालले चीनबाट हतियार भित्र्याएको विषय थियो। चीनबाट नेपालले एके-४७ राइफल, एन्टी-एयरक्राफ्ट बन्दुक र गोलीगठ्ठा भित्र्याएको थियो। त्यसबेला सुरक्षा र परराष्ट्र नीति भारतलाई सुम्पने भारतीय प्रस्ताव नेपालले नकारेको थियो।

राजा वीरेन्द्रसमक्ष भारतले नेपालको सुरक्षा र परराष्ट्र नीति भारतको निर्देशनमा चल्नुपर्ने प्रस्ताव राखेको थियो। राजीव गान्धी र राजा वीरेन्द्रबीचको प्रोटोकलको विषयलाई लिएर मतभेद चलेको थियो। राजा वीरेन्द्रले प्रधानमन्त्री मरिचमान सिंहको प्रोटोकलमा राजीव गान्धीलाई राख्न खोज्दा उनी रुष्ट भएका थिए। नेपाल आगमनको क्रममा सोनिया गान्धीलाई पशुपतिनाथ मन्दिरमा दर्शन गर्न नदिएको रिस राजीव गान्धी र भारतीय नेतृत्वमा थियो। राजीव गान्धीको नेपाल भ्रमणको समयमा सोनिया गान्धीलाई पशुपतिनाथको दर्शन गर्न नदिएको विषयले माहोल बिगारेको थियो।

नाकाबन्दी खुलेपछि हामी सबै क्याम्पसमा फर्कियौँ। पढाइ सुचारु हुँदै थियो। यसैबीच प्रतिबन्धित सबै दलहरू (कांग्रेस, कम्युनिस्ट) मिलेर संयुक्त रूपमा जनआन्दोलन गर्ने तयारी हुँदै थियो। पञ्चायत इतरका धेरै नेताहरू पक्राउ पर्न थाले। पृथ्वीनारायण क्याम्पसका स्ववियु पदाधिकारीहरूलाई क्याम्पस हाताभित्रैबाट पक्राउ गरेर लगेपछि आन्दोलन झन् चर्किन थाल्यो। पत्रपत्रिकाहरूमा सेन्सरशिप लागू गरियो। पत्रपत्रिकाहरू जफत गर्न थालियो। पत्रपत्रिकाहरूमा लेख तथा समाचारका बीच-बीचमा सेन्सर्ड लेखिएको देखिन्थ्यो। कहिले पूरै लेख र सम्पादकीय सेन्सर्ड हुने गर्थ्यो।

हामी क्याम्पसमा विरोध कार्यक्रम आयोजना गर्थ्यौँ र राति-राति क्याम्पस वरपरका गाउँघर र बजारमा पर्चा-पम्प्लेट टाँस्ने गर्थ्यौँ। यसैबीच हाम्रो क्याम्पसमा ल्याइएको खानेपानी योजनाको मुहानमा ठूलो पहिरो गयो। त्यसपछि उक्त योजना सञ्चालनमा नआउन्जेलसम्मका लागि सेती नदीको पानी मोटर लगाएर ल्याइयो। चुना मिसिएको सेतो पानी पिउन योग्य थिएन। फिल्टरमा राख्दा पनि फिल्टर नै जाम हुन्थ्यो। नुहाउँदा पनि चुना टल्केको देखिन्थ्यो। धेरै विद्यार्थी बिरामी परे। म पनि टाइफाइडको शिकार भएँ।

वि.सं. २०४६ फागुन ७ गतेबाट सर्वोच्च नेता गणेशमान सिंहको कमान्डमा जनआन्दोलन सुरु भयो। सबै कलेजमा पढाइ ठप्प भयो। यसैबीच क्याम्पसले अल इण्डिया टूर कार्यक्रम अघि सार्‍यो। टाइफाइडबाट तङ्ग्रिंदै गरेको म टूर जान सकिनँ र छुटेको पढाइ कभर गर्न होस्टलमै बसेँ।

सुरक्षाका कारण साथीहरू सबै स्थानमा जान नपाएपछि भ्रमण छोट्याएर चैत २६ गते राति फर्केर आए। त्यही बेला राजा वीरेन्द्रले दलहरू माथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको समाचार आयो। अनि सबै मिलेर फुटबल ग्राउन्डमा नारा-जुलुस लगाएर नाचगान गर्‍यौँ।

अब जनआन्दोलनको कुरा गरौं।
नेपालको जनआन्दोलन २०४६ नेपालमा बहुदलीय व्यवस्थाका लागि भएको शान्तिपूर्ण आन्दोलन थियो, जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात गरेको थियो। यो जनआन्दोलनमा विभिन्न राजनीतिक दलहरू बहुदलीय व्यवस्थाको पुनर्बहाली गर्न र पञ्चायती सरकारको विरुद्ध सडकमा उत्रिएका थिए। नेपाली कांग्रेसले नेतृत्व गरेको यस आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाममोर्चा बनाएर आन्दोलनमा सहभागी भएका थिए। ५० दिनसम्म चलेको यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरेका थिए। यस आन्दोलनमा सम्पूर्ण प्रजातन्त्रवादी नेपालीहरूको ठूलो समर्पण रहेको थियो।

वि.सं. २०४६ साल फागुन ७ देखि चैत २६ सम्म चलेको यस आन्दोलनको अन्त्य वि.सं. २०४६ चैत २६ गते नेपालका तत्कालीन राजा वीरेन्द्रले नेपाली कांग्रेस र वाममोर्चाका नेताहरूलाई सहमतिका लागि बोलाएपछि भएको सम्झौतासँगै भएको थियो। सोही सम्झौता अनुसार निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भयो र प्रजातन्त्र पुनर्बहाली गरियो।

तर, त्यो बेला हामीले जे जस्तो आशा राखेका थियौं, त्यो आशा र विश्वास अहिलेसम्म पूरा हुन सकेको छैन।

नेपालमा गणतन्त्रको सुरुवात भएको एक दशक बढी भइसकेको छ। त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्रप्रमुख हुन्थे। वि.सं. २०४७ सालबाट नेपाल संवैधानिक राजतन्त्रात्मक देश कायम भयो। लोकतन्त्रका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२-६३ को भावना अनुरूप नेपालको अन्तरिम संविधान २०६३ कार्यान्वयनमा आएसँगै राजामा निहित रहेको शक्तिलाई हटाई गणतन्त्रात्मक शासन व्यवस्थाका लागि मार्ग प्रशस्त गर्ने काम भयो।

नेपालको संविधानसभाले वि.सं. २०६५ साल जेठ १५ गते २३८ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गर्‍यो। त्यसपछिको संविधानसभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गर्‍यो। वि.सं. २०७३ साल कात्तिक १२ गते श्रीमती विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष बनिन्।

तेस्रो राष्ट्राध्यक्षको रूपमा श्री रामचन्द्र पौडेल निर्वाचित भए। वि.सं. २०७९ साल फागुन २९ गतेदेखि उनी नेपालको सम्माननीय राष्ट्रपति हुन्। वि.सं. २०७२ सालमा जारी भएको नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवं अभिभावकको रूपमा स्थापित गरेको छ। राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ भन्ने कुरा संविधानले निर्दिष्ट गरेको छ।

निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय प्रजातन्त्र आएको पनि ठीक ३५ वर्ष पुगिसकेको छ। यही बहुदलीय व्यवस्थामा नै नेकपा (माओवादी) ले भूमिगत रूपमा सशस्त्र आन्दोलन (उनीहरूको शब्दमा जनयुद्ध) सुरु गर्यो र देश पछि धकेलियो। यही बहुदलीय व्यवस्थामा नै दरबार हत्याकाण्ड घट्यो र राजा वीरेन्द्रको वंश विनाश भयो। त्यसपछि राजा ज्ञानेन्द्र सत्तामा पुगे र विस्तारै अधिकार आफ्नो हातमा लिएर सक्रिय राजतन्त्र लागू गरे। जनता फेरि सक्रिय राजतन्त्रको विरोधमा सडकमा उत्रिए र राजाले आफ्नो अधिकार त्यागिदिए। पछि सबै दल मिलेर गणतन्त्रको घोषणा गरे।

गणतन्त्र आएको १६ वर्ष बितिसक्दा पनि देशले राम्ररी फड्को मार्न नसकेको र राजनीतिक दलहरूले जनताको विश्वास जित्न नसकेको हुँदा नेपाली जनता राजतन्त्र र गणतन्त्रका पक्षमा गरी दुई खेमामा विभाजित भएर आआफ्नो एजेन्डा अघि सारेर सडकमा उत्रिरहेका छन्। हामी नेपालीको तीन पुस्ताको जुनी आन्दोलन गर्दागर्दै बितेर गएको छ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नवराज न्यौपाने `मौन′ पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा संस्मरण

यो पनि पढ्नुहोस्...

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

निबन्ध: नेपाली विद्यार्थीको नजरमा देश

निबन्ध: खडेरीमा पनि फुल्ने फूलहरू

संस्मरण: मित्रताको आयु र गौरीपुर हाउस

यात्रा पोखराको – चाँदनी कुमारी

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२

निर्बन्ध प्रेम!

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.