Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथा: प्रेमको घोषणापत्र

जेष्ठ १४, २०८२

फिर्दोसको साँचो : नवीन स्वादको पठनीय कथाकृति – सीता अधिकारी थापा

जेष्ठ १३, २०८२

विद्युतकर्मी साहित्यिक समाजको आठौँ अधिवेशन विविध कार्यक्रमसहित सम्पन्न

जेष्ठ १२, २०८२

धान सुक्यो राप्ले फकाउँछ काफ्ले जानु कि नजानु – गीत समीक्षा

जेष्ठ १२, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३६

जेष्ठ १०, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: पश्चात्ताप

कथा: पश्चात्ताप

आख्यान - कथा
शरण रेग्मीशरण रेग्मीबैशाख १, २०८२1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

केही दिन अघिको कुरा हो। मेरो डेराको कोठासँगै बस्ने छिमेकी, सरिना, पश्चात्तापले अति दुःखी देखिन्थिन्। रोगका हिसाबले उनी धेरै धनी छिन्। विशेष गरेर डिप्रेशनको शिकार भएकी उनका अगाडि अनन्त अध्यारो मात्र छ। उनी लामो सुरुङभित्र पसेको अनुभूति गर्छिन्, र त्यो ठाउँबाट बाहिर आउन सक्दिनन्। सात महिना अघिका उनका खुसीहरू त पाहुना रहेछन्; ती कहिल्यै फर्केनन्।

यस्तो लाग्थ्यो कि सात महिनाअघि उनी जति खुसी यो विश्वमा अरू कुनै प्राणी छैन होला। उनले छोरो जन्माएपछि भुइँमा खुट्टा थिएन। सरिना दायाँ–बायाँ रहने जो कोहीलाई मान्छे गन्दिनथिन्। उनमा घमण्ड धेरै थपिएको थियो। मानिस सामाजिक प्राणी भएकैले छिमेकीहरूलाई ‘जिउँदाका जन्ती र मर्दाका मलामी’ भनिएको हो। नत्र त मानिस ओडारमा बसे भैहाल्थ्यो नि। तर, उनमा बोध थिएन।

विगत सात महिनाको अवधिमा उनको जीवनमा धेरै उथलपुथल भएको छ। सात महिना अघि उनले छोरो जन्माइन्। त्यसैले पितृसत्तात्मक समाजमा बाँच्न उनलाई सहज भएको थियो। छोराको आगमनले एकाएक कम बोल्ने, शान्त स्वभावकी उनी सात महिना अघि राष्ट्रपति नै भएकी जस्तो गर्व गर्थिन्। उनको स्वभाव पनि परिवर्तन भएको थियो। दुई–चार जना जम्मा भएको ठाउँमा उनी आफ्ना कुरा राख्न भ्याइहाल्थिन्। आइ.ए.सम्म अध्ययन गरेकी भए पनि पि.एच.डी. पास गरेकी झैँ धाक देखाउँथिन्। आफूभन्दा ठूलालाई गर्नुपर्ने आदर–सत्कार उनीमा देखिँदैन थियो। आफैँ नै सर्वेसर्वा हुन्थिन्।

अरूको घरमा डेरा गरेर बसे पनि आफ्नै घर जस्तो गरेर अरुलाई लदाउँथिन्। सायद आफ्नै गाउँको छिमेकीको घर भएकाले पनि होला। घरबेटी दिदी भने माथिल्लो फ्ल्याटमा बस्नुहुन्थ्यो। उनी दोस्रो फ्ल्याटमा दुईवटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। ग्राउण्ड फ्लोरको दोस्रो फ्ल्याटमा “यो सफा गर”, “त्यो सफा गर”, “ट्वाइलेट सफा गर”, “भुइँ सफा गर” भन्दै हिँड्थिन्। आफ्ना तीनवटा छोरीहरूले गरेको फोहोर भने देख्दिनथिन्। छोरीहरू जङ्क फुड खाएर फोहोर गर्दै हिँड्थे, तर गाली अरूले पाउँथे।

शायद आफू घरबेटीको अगाडि राम्रो बन्न चाहन्थिन्। त्यसैले डेरामा बस्ने अन्य मानिसहरूलाई ढोका खोल्दै, गाली गर्दै हिँड्थिन्। त्यसको फाइदा के लुटेकी छिन्, खै थाहा छैन। मानिस स्वार्थी प्राणी भएकोले होला, उनी आफ्नो स्वार्थमा जे गर्न पनि तयार हुन्थिन्। घरबेटीले देख्ने गरी कहिलेकाहीँ सफा गरेझैँ गर्थिन्। त्यस घरमा बस्ने प्रायः सबै जनाले उनलाई ‘घरबेटी’ को संज्ञा दिन्थे। उनीहरू खासखुस गर्थे —
“यो पापीनीले घर बनाएपछि भाडामा बस्नेलाई के गर्छे होली?”

उनी त्यो कुरा पनि राम्रैसँग बुझ्थिन्। तैपनि उनी मख्ख पर्दै साँच्चै नै घरबेटी जस्तो व्यवहार देखाउँथिन्।

उनकी तीनवटी छोरीहरू कक्षा चार, सात र दश कक्षामा पढ्थे। सामुदायिक विद्यालयमा पढ्ने उनीहरू पढाइमा निकै कमजोर थिए। दोस्रो त्रैमासिक परीक्षामा सबैले १.६ जी.पी.ए. ल्याएका थिए। न उनीहरूको कसैसँग बोल्ने ढंग थियो, न त संस्कार नै सिकेका थिए। उनीहरूलाई सामुदायिक विद्यालयमा पढाउन पनि सरिनालाई धौ–धौ परेको थियो। स्कुलको अतिरिक्त कक्षामा पनि पठाउँदिनथिन्। कारण उही थियो—उनीहरूलाई गरीबीको अरिंगालले निलेको थियो।

विगत सात महिनादेखि भने उनको श्रीमान्सँग राम्रो सम्बन्ध थियो। श्रीमान् बेरोजगार भए पनि दिनभर छोरो खेलाउने र छोरोको थाङना धोएर बस्ने गर्दथे।

स्नातक तह पढ्दा–पढ्दै पढाइ छोडेका उनका श्रीमान् दुई वर्षअघि एउटा संस्थामा जागिरे थिए। त्यतिबेला श्रीमतीलाई नानाथरी गाली–गलौज गरेर घरबाट निकाल्नेसम्मका हर्कत गरेका थिए। उनको भनाइ आजसम्म पनि मेरो दिमागमा फ्ल्यासब्याक भएर आइरहन्छ। उनले भनेका थिए, “मेरी श्रीमती घमण्डी भइन्, अब घरमा सँगसँगै बस्न सकिने भएन।”

त्यतिबेला उनी एक वर्षसम्म नारी हिंसा र महिला सशक्तिकरणको नारा उचाल्दै भाषण गरेर हिँड्थे। “छोराछोरी एउटै रथका दुई पाङ्ग्रा हुन्,” भन्ने गर्थे। तर घरमा आइपुग्दा भने छोराको परिकल्पनाले कहिल्यै छोडेन उनलाई। तीन पटकसम्म त उनीहरूले गर्भको बच्चा छोरी भएको कारणले नै फालेका थिए।

संस्थाको प्रोजेक्ट सकियो र उनी पुनः एक वर्षपछि बेरोजगार बने। शान्त स्वभावका उनी श्रीमतीको कुरा नाघ्न सक्दैनथे। एक पटक त श्रीमतीसँग डिभोर्स गर्ने भनेर छिमेकीहरूसँग बम्किँदै हिँडेका पनि थिए।

श्रीमान्–श्रीमतीको झगडा परालको आगो हो भनेर मैले उनलाई धेरै पटक सम्झाएको थिएँ। तुलनात्मक रूपमा मसँग उनी अलि नजिक भएकाले मैले जानेका केही अर्ति–उपदेश पनि दिएको थिएँ। सोचेँ—“उनमा छोराको कति मरिहत्ते!”

तर मलाई उनीहरूको दाम्पत्य जीवन सुखमय होला जस्तो लाग्दैनथ्यो।

अर्कोतर्फ श्रीमती सरिना भन्थिन्—
“रातो चुरा, रातो टीका र रातो सारी लगाउने धोको नमेटिएको हुनाले मेरो मुर्दा लोग्नेलाई ‘लोग्ने’ भन्नु परेको हो। ऊ त जिउँदो लास हो। मेरो लोग्नेलाई ‘श्रीमती भन्न मन लाग्ने’ कुनै सुन्दरता र आकर्षण ममा छैन। म कुरुप महिला हुँ—कुरुप।”

एक दिन श्रीमान् भन्दै थिए, “तिमी सँग मेरो जीवनको रथ चल्दैन। म आफ्नै बाआमालाई पाल्छु, छोरीहरूलाई पाल्छु—तिमीलाई होइन।”
उनीहरूको झगडाको चरम उत्कर्षमा बोलचाल नै बन्द भएको थियो।

खै, जादुको छडिजस्तै, सात महिना अघि छोराको आगमनले सरीनाको जोडी ढुकुरको जस्तै भयो। न्वारनमा पनि टोलभरिका सबैलाई बोलाएर भोज खुवाइन्। छिमेकीहरू भन्दै थिए—
“बिहान–बेलुकाको छाक टार्न धौधौ पर्ने सरीनाको परिवारमा के अचम्म भयो! कहाँबाट पैसा ल्याए होलान्?”

छोराको पास्नीको तीन दिनअगाडि निमन्त्रणापत्र छपाएर सरिनाले अर्को आश्चर्यको कर्म गरिन्। छोरीहरू पढाउन पनि धौ–धौ पर्ने सरिनाले प्रत्येक छिमेकीको घरमा निमन्त्रणापत्र पठाइन्। श्रीमान् पनि सबै छिमेकीलाई मौखिक रूपमा उपस्थितिको लागि अपील गर्दै हिँडेका थिए।

मैले पनि सरिनाको व्यवहार जे जस्तो भए पनि उक्त दिन सहयोग गर्ने निर्णय गरेँ। पास्नीको दिन आयो। सरिनाले आफ्नो माइतीका सबैलाई बोलाइन्, तर घरपट्टीका कसैलाई पनि निमन्त्रणा दिइनन्।

पास्नीको दिन सबै छिमेकीहरू खटे। धेरै परिकारहरू बनाए—खसीको मासु, कुखुराको मासु, रोष्ट, माछा फ्राई, तीन थरी तरकारी, अचार, पुलाउ, दही, जेरी, आइसक्रिम आदि आदि। आइसक्रिम त मेरी छोरीले सातपटक खाइ भनेर भन्थी। त्यो भोज शहरको कुनै धनाढ्यको भन्दा कम थिएन। प्रायः सबै छिमेकीहरूले छोरोलाई आउँदै आशीर्वाद दिए। मैले पनि दिएँ।

पैँतिस वर्षकी सरिना छोरोलाई काखमा राखेर मन्द–मन्द मुस्कानमा बसेकी थिइन्। तीनवटा छोरीहरू सँगै थिए, तर उनीहरू खुसी थिएनन्। सबै सन्तानहरू—छोरा र छोरी—टिका ग्रहण गरिरहेका थिए। संस्कृतिलाई जोगाउने नाममा देखासिकी अत्यधिक देखिन्थ्यो। छोराको आगमनले यस्तो भोज भएको प्रष्ट देखिन्थ्यो। तीनवटा छोरीको पालामा भने घरमा सुटुक्क भोज गरिएको थियो।

पचहत्तर वर्ष पुगिसकेका दमका रोगी सासु–ससुरा भने निमन्त्रणा बाहिरै थिए। छिमेकीहरू टिप्पणी गर्दै थिए—”सासु–ससुरालाई बोलाएको भए राम्रो हुन्थ्यो, तर सरिनाले के गरी के!” गाउँको घरमा पनि सासु–ससुरा बाहेक कोही थिएनन्। सासु–ससुरा भने उतै गाउँमा “आज नातीको पास्नी” भन्दै हिँडेका थिए रे।

उफ! सासु–ससुरालाई पापको सजाय दिइयो। उनीहरूले त आफ्नै वृद्धभत्ताबाट कटौती गरेर महिनैपिच्छे केही न केही रकम सरिनाको हातमा पठाउँथे। आफ्नो छोरा र सरिनाको चिना हेरेर कुलघरानकी छोरीसँग सम्बन्ध गाँसेका थिए उनीहरूले।

विवाह भएको बीस वर्षपछि मात्र सरिनाको श्रीमान्–श्रीमतीको सम्बन्ध जमेको देखियो। श्रीमान् सधैं सरिनालाई सहयोग गर्थे, सरिनाले पनि श्रीमान्लाई माया गर्थिन्। उनीहरूको एउटै लक्ष्य थियो—छोरा जन्माउनु। त्यो लक्ष्य पूरा भइसकेको थियो। लक्ष्य पूरा नहुँदासम्म परिवारको रथ राम्रोसँग चलेको थिएन। तर अब, लक्ष्य पूरा भएपछि रथ रफ्तारमा गइरहेको थियो।

पास्नी भएको एक महिनापछि‍को कुरा हो। पुषको शनिबारको दिन थियो। सरिना छोरालाई कोठामा तेल लगाउँदै थिइन्। त्यो छोराको लागि कोठा नै संसार थियो। कहिलेकाहीं भने ऊ छतमा जान पाउँथ्यो।

छोरालाई “मेरो मुटु! मेरो धड्कन! मेरो दिलको राजा! मेरो ढुकढुकी! मेरो परानी! मेरो प्राण! मेरो खुसी!” आदि शब्दले सम्बोधन नगरी उनी बोल्दिनथिन्। घाममा उनले सोही शब्दहरू प्रयोग गर्दै छोरासँग धेरै गफ गरिन्—“मेरो मुटु! मलाई कहिल्यै पनि हेला नगर है! है परानी! ठूलो भएपछि छोडेर कतै नजाऊ है खुसी! धेरै रुनु हुँदैन है! है राजा।”

नजिकै बसेका श्रीमान्लाई पनि भन्दै थिइन्—“बाबा! मेरो दोस्रो अवतार हेर्नु त!” श्रीमान् पनि छोराको अनुहार हेर्दै पुलकित हुन्थे। मानौँ, उनको लागि जीवनमा अप्राप्य चीज प्राप्त भएको हो।

सरिना भाँडा माझ्न गइन्। उनले केहीबेर छोरालाई हेरेर बस्ने जिम्मा श्रीमान्लाई दिइन्। अनि बाबु–छोरा छतमा खेल्न गए। सरिनाका श्रीमान् छोरोलाई छतमा सुताएर फोहोर सफा गर्दै थिए। हठात् छोरा छतबाट खस्यो।

छोरो खसेको खबर सरिनाले पाइन्। उनी त बाथरुममै बेहोस भइन्। उता श्रीमान् हतारिँदै तल झर्दै थिए। उनी पनि भुइँमा ढले।

सरिना होसमा आउँदा कोठामा थिइनन्। कोठाभरि छिमेकीहरू थिए। तल आँगनमा पनि ठूलो भिड लागेको थियो। पास्नीमा उपस्थित सबै छिमेकीहरूले दुवैजनालाई सम्झाए, बुझाए। केही छिमेकीहरूले छोरालाई नजिकैको अस्पतालबाट ल्याए। छोरो मृत थियो।

छोराको अनुहार हेरेर उनी पुनः बेहोस भइन्। केही समयपछि उनी होसमा आइन्। सबैजना मिलेर छोराको दाहसंस्कार गरे।

आज छोरा बितेको एक महिना भयो। धेरै उपचारपछि सरीना पागल भएर सडक–सडक भौतारिन छोडेकी छिन्। उनका सपनाहरू कोपिलामै झरे। पात, फल, फूल सबै खसेर जिङरिङ परेको रुखजस्तो उनको दयनीय अवस्था छ। अब त उनी ठीक हुन्छिन् कि भनेर सपरिवारमा झिनो आशा पलाएको छ।

संसारमा पाहुना भएर आएको छोरो सात महिनामै फर्केर गयो। उनको छोरा नै पाहुना भएपछि सबैजना पश्चात्तापमा जलिरहेका छन्।


शरण रेग्मी


प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा पश्चाताप शरण रेग्मी

यो पनि पढ्नुहोस्...

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

छोटा कथा: गणतन्त्रको उपहार

लघुकथा: अदृश्य घाउहरू

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: पश्चात्ताप

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

कथा: पश्चात्ताप

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

कथा: पश्चात्ताप

भर्खरै

कथा: प्रेमको घोषणापत्र

जेष्ठ १४, २०८२

फिर्दोसको साँचो : नवीन स्वादको पठनीय कथाकृति – सीता अधिकारी थापा

जेष्ठ १३, २०८२

विद्युतकर्मी साहित्यिक समाजको आठौँ अधिवेशन विविध कार्यक्रमसहित सम्पन्न

जेष्ठ १२, २०८२

धान सुक्यो राप्ले फकाउँछ काफ्ले जानु कि नजानु – गीत समीक्षा

जेष्ठ १२, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३६

जेष्ठ १०, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.