Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

गजल श्रृङ्खला – १६

जेष्ठ १०, २०८२

मुक्तक श्रृङ्खला – ३६

जेष्ठ १०, २०८२

अनुभव

जेष्ठ १०, २०८२

दृष्टि

जेष्ठ १०, २०८२

आमा

जेष्ठ १०, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » राजबाबु श्रेष्ठ ‘सागर’को कथासंग्रह ‘फिर्दोसको साँचो’ सार्वजनिक

राजबाबु श्रेष्ठ ‘सागर’को कथासंग्रह ‘फिर्दोसको साँचो’ सार्वजनिक

कथा घर हाईलाइट्स
हाम्रो कथा घरहाम्रो कथा घरबैशाख ७, २०८२870 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

राजबाबु श्रेष्ठ ‘सागर’को कथासंग्रह ‘फिर्दोसको साँचो’ सार्वजनिक

काठमाडौं। — साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’को नयाँ कथासंग्रह ‘फिर्दोसको साँचो’ लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा शुक्रबार आयोजित विशेष समारोहबीच उक्त कृतिको विमोचन गरिएको हो।

समारोहमा प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. अर्चना थापा, समालोचक अनुपमा रेग्मी, सप्रा.डा. अशोक थापा, लेखक स्वयं राजबाबु श्रेष्ठ तथा सञ्चालक हेम भण्डारीको उपस्थितिमा पुस्तक विमोचन गरिएको हो। कार्यक्रमको सुरुवात राष्ट्रगानबाट गरिएको थियो भने स्वागत मन्तव्य डा. अशोक थापाले राखेका थिए।

समालोचक अनुपमा रेग्मीले संग्रहमा समावेश कथाहरू सामाजिक यथार्थ, उत्पीडन, जातीय तथा लैंगिक विभेदजस्ता गहन विषयवस्तुमा आधारित रहेको बताइन्। उनले लेखकको सशक्त अभिव्यक्ति र स्वरकल्पनाको प्रयोगले पाठकलाई आकर्षित गर्ने धारणा राखिन्।

वरिष्ठ समालोचक अर्चना थापाले सबै कथा प्रभावशाली रहेको बताउँदै नारी सौन्दर्यको चित्रण केही अश्लील लाग्न सक्ने संकेत गरिन्। तर कथाहरूको अन्त्यसम्म पाठकलाई बाँधेर राख्ने लेखकको शैलीप्रति प्रशंसा जनाइन्।

प्रा.डा. ज्ञवालीले लेखकको लेखनशैलीमा यथार्थवाद र अतियथार्थवादको मिश्रण देखिने बताए। उनले ‘खामभित्रको चिठ्ठी’ कथालाई संग्रहको उत्कृष्ट कथा ठहर गर्दै ‘निर्जला’ कथामा दलित समुदायप्रति देखाइएको यथार्थतालाई विशेष प्रशंसा गरे।

लेखक श्रेष्ठले सौन्दर्य चित्रणबारे उठेका प्रश्नहरूमा जवाफ दिँदै दृश्यलाई जसरी देखिन्छ, त्यसरी लेख्नु लेखकको कर्तव्य रहेको बताए। उनले सौन्दर्य, चरित्र, घटना र स्थानीय परिवेशलाई सन्तुलित ढंगले समेट्नु कथाको सम्पूर्णता हो भन्ने तर्क प्रस्तुत गरे।

कार्यक्रममा सभाध्यक्ष वा प्रमुख अतिथि नराखिने निर्णयलाई धेरैले नयाँ प्रयोगका रूपमा लिएका थिए। सहभागीहरू मध्ये लगभग ९५ प्रतिशतले पुस्तक किनी लेखकबाट हस्ताक्षर गराएका थिए।

‘फिर्दोसको साँचो’ इन्डिगो इन्क प्रकाशनद्वारा प्रकाशित गरिएको हो। यसअघि लेखकका ‘बन्द फ्रेमभित्रको चिठ्ठी’, ‘हराएका छोराहरू’, ‘देशको चिना’ तथा ‘यादका बस्तीहरू’ जस्ता कृतिहरू पाठकमाझ आइसकेका छन्।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा सङ्ग्रह सार्वजनिक फिर्दोसको साँचो राज बाबु श्रेष्ठ 'सागर' लोकार्पण

यो पनि पढ्नुहोस्...

खनालको ‘मानिस किन बिदेसिन्छन्!’ सार्वजनिक

साहित्यसेवी विजय चालिसेसँग कथा यात्रा

दमन्ता खनाल स्मृति स्रष्टा सम्मानद्वारा तिवारी आमा सम्मानित

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न

साहित्य दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

फिर्दोसको साँचो लिएर चाँडै आउँदैछन् साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

कथा: पश्चात्ताप

भर्खरै

गजल श्रृङ्खला – १६

जेष्ठ १०, २०८२

मुक्तक श्रृङ्खला – ३६

जेष्ठ १०, २०८२

अनुभव

जेष्ठ १०, २०८२

दृष्टि

जेष्ठ १०, २०८२

आमा

जेष्ठ १०, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.