Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

छन्द कविता: वियोगी धुन

बैशाख ३०, २०८२

कविता: आफ्नो लासको आफैँ मलामी

बैशाख ३०, २०८२

‶गरुराहाʺ उपन्यासमा एक दृष्टि – देवेन्द्र मिश्र

बैशाख २९, २०८२

गीति कविता: अटुट प्रेम

बैशाख २७, २०८२

कविता: आमा

बैशाख २७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: सपना

कथा: सपना

आख्यान - कथा
बिपिन खनालबिपिन खनालबैशाख ८, २०८२586 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

नेपालकै कुनै एउटा कुनामा, बिपिन नाम गरेको “फुर्के” गाउँको हरियाली र शान्त वातावरणमा हुर्किएको सोझो र मेहनती युवक थियो। आज उसैका बारेमा कोरिएको कथा हजुरहरू समक्ष पस्कने जमर्को गर्दैछु।


बिपिन एउटा निम्न वर्गीय परिवारमा जन्मिएको युवक थियो। बिहान स्कुल जाने र बेलुका घरमा आफ्नो परिवारलाई सघाउने काम उसको दैनिकी जस्तै थियो। अन्तर्मुखी स्वभावको बिपिन प्रायः कक्षामा पनि धेरैसँग बोल्दैनथ्यो। आफ्नै १–२ जना मिल्ने साथी बाहेक अरूसँग नजिक पर्न खोज्दैनथ्यो।
जति जे भए पनि, आफ्ना कक्षाका साथीहरूसँगै उसले आफ्नो SLC गाउँबाटै उत्तीर्ण गर्छ। SLC पछि उसका मिल्ने साथीहरू पढ्न शहर छिर्छन्। ऊ भने गाउँमा एक्लो जस्तो हुन्छ। जहिले झोक्राएको जस्तो देखेर उसका बा–आमाले आफैंले संङ्गालेर राखेको केही रकम दिएर भारी मनले बिपिनलाई पढ्न काठमाडौं शहर पठाउँछन्।
बिपिन पनि खुसी भएर, जीवनमा केही ठूलो गर्ने सपना बोकेर काठमाडौंको एउटा कलेजमा भर्ना हुन्छ।

गाउँबाट सहरको यात्रा, बिपिनका लागि नौलो संसारको ढोका खुल्नुजस्तै थियो।

कलेजको पहिलो दिन।
कक्षामा नयाँ विद्यार्थीहरू एकआपसमा परिचय साटिरहेका थिए। बिपिन ढोका नजिकको कुनामा बसेर किताब पल्टाइरहेको थियो। उही बेला, एक युवती हल्का हावाको झोंका झैँ कक्षामा प्रवेश गर्छिन्। कालो कुर्ता र सेतो सलवारमा सजिएकी, आत्मविश्वासले भरिएको उनको व्यक्तित्वले सबैको ध्यान तान्छ। उनी थिइन् सपना—कक्षाकी सबैभन्दा स्मार्ट र सुन्दर छात्रा।

सपना आफ्ना साथीहरूसँग हाँस्दै अगाडि गएर बस्छिन्। बिपिनले उनलाई हेर्न मात्र सक्छ। उसका आँखाले सपना प्रति एउटा गहिरो आकर्षण महसुस गर्छ। तर ऊ आफूलाई सम्झाउँदै भित्र मनमै भन्छ—
“ऊ त आकाशको तारा जस्ती छे। उसको ध्यान मेरो जस्तो सामान्य केटामा कहिल्यै पर्ने छैन।”

त्यस दिन कक्षामा नयाँ विषयहरूको परिचर्चा हुँदै थियो। प्राध्यापकले सबैलाई समूहमा विभाजन गरेर परिचयात्मक प्रोजेक्ट दिनुभयो। संयोगले, बिपिन र सपना एउटै समूहमा परे। सपना समूहको नेतृत्व गर्न चाहन्थिन्, र सबैले सहमति पनि जनाए। उनका विचार र प्रस्तुतीकरण शैलीले सबैलाई प्रभावित पार्‍यो।
बिपिन भने एक छेउमा बसिरहेको थियो—बोल्न अलिक लजाउने, सानैदेखि अन्तर्मुखी स्वभावको मान्छे जो थियो।

समूहको काम सकिएपछि सपना सबैलाई भन्छिन्,
“हामी राम्रो काम गर्दैछौं, तर यसलाई अझ सुधार गर्नुपर्छ। भोलि कलेजपछि भेटेर अन्तिम रूप दिने है।”
सबैजना हुन्छ सपना भन्छन्, तर बिपिन भने सपनाको स्वरको मिठासमा हराउँछ।

भोलिपल्ट।
समूहको तयारी भइरहँदा सपना बिपिनतिर फर्केर सोध्छिन्—
“बिपिन, तिमी किन चुपचाप बस्छौ? तिमी के सोच्दैछौ?”

बिपिन झस्किएर भन्छ—
“म… म ठीकै छु। तिमीले राम्रो गरिरहेकी छौ।”

सपना मुस्कुराउँदै भन्छिन्—
“तिमी पनि समूहको हिस्सा हौ। आफ्नो विचार खुलस्त भन। म तिमीबाट पनि केही नयाँ कुरा सिक्न चाहन्छु।”

यो पहिलो पटक थियो, जब बिपिनले सपनाको ध्यान आफूमा गएको महसुस गर्‍यो। सपनाको त्यो सामान्य व्यवहार पनि बिपिनका लागि विशेष बन्यो। त्यस दिनदेखि, बिपिन सपनालाई नजिकबाट बुझ्न चाहन्थ्यो। तर, उसको मनभित्र एउटा डर पनि पलाइरहेको थियो—
“कसरी आफ्नो भावना लुकाउने? के उसको साथले मेरो जीवनमा बदलाब ल्याउन सक्छ?”

कलेजको जीवन बिपिनलाई सहरको उज्यालो पक्ष जस्तै लाग्न थालेको थियो। सपना मात्र होइन, त्यहाँको खुला वातावरण, विद्यार्थीहरूको आत्मविश्वास, र आधुनिक सोचले बिपिनलाई लगातार प्रेरित गरिरहेको थियो।
तर, सपनाको हँसिलो अनुहार र उसको मिठासपूर्ण बोलीले सहरप्रतिको बिपिनको आकर्षण झन् गहिरो बनाउँदै लग्यो।

यो पहिलो भेट नै बिपिनका लागि प्रेमको अंकुरण थियो।

त्यसपछि बिपिन र सपना बिस्तारै साथी बन्न थाले। प्रोजेक्टको बहानामा उनीहरू प्रायः समय सँगै बिताउँथे। सपनाको स्वभाव खुला र सहज थियो। उनी आत्मविश्वासी मात्र होइन, दयालु र सहयोगी पनि थिइन्—जसले बिपिनजस्ता लजालु र गम्भीर स्वभावका केटाहरूसँग पनि सजिलै संवाद गर्न सक्थिन्।

एक दिन, कक्षापछि सबै विद्यार्थीहरू छुट्टी कसरी मनाउने भन्नेबारे योजना बनाइरहेका थिए। तर बिपिन भने पुस्तकालयमा बसेर पढाइमा मग्न थियो।
त्यही बेला सपना त्यहाँ आइपुग्छिन्।

“तिमी यहाँ? सबैजना बाहिर रमाइलो गर्दै छन्, अनि तिमी चाहिँ किताबमै हराइरहेका छौ?” सपनाले मुस्कुराउँदै सोधिन्।

बिपिन हल्का मुस्क्याउँदै जवाफ दिन्छ—
“मलाई यी किताबहरूसँग समय बिताउनु रमाइलो लाग्छ। बाहिर जान त अलिक अड् लाग्छ।”

सपना झस्किएर भन्छिन्—
“तिमी साँच्चै अनौठो छौ। तर मलाई तिम्रो यो गुण मन पर्छ।”

त्यो दिन उनीहरू पहिलोपटक लामो समयसम्म कुरा गर्छन्। सपना बिपिनको गाउँको जीवन, संघर्ष, र ठूलो सपना बोकेर सहर आएको कथा ध्यान दिएर सुन्छिन्।
बिपिनका सरल र इमानदार उत्तरहरूले सपना गहिरोसँग प्रभावित हुन्छिन्।

समूहको अन्तिम प्रस्तुति दिनुअघि, बिपिन र सपना प्रोजेक्टको तयारीका लागि कलेजको क्यान्टिनमा भेट्छन्।

“तिमी साँच्चै कडा मेहनत गर्छौ, बिपिन। गाउँबाट आएर सहरमा यसरी टिक्न सजिलो छैन होला, है?” सपना भन्छिन्।

“गाह्रो त छ,” बिपिनले उत्तर दिन्छ, “तर सपना देख्न छोड्नु भन्दा गाह्रो के नै हुन्छ र?”

सपनाले आफ्नो नामसँग जोडिएको “सपना” शब्दलाई लिएर थोरै हाँस्दै भन्छिन्, “मेरो नामसँग तिम्रो सपना पनि जोडिएको छ र?”

बिपिनको अनुहार रातो हुन्छ। ऊ लजाउँदै आफ्नो नजर किताबमा गाड्छ। त्यस दिन सपनाले महसुस गर्छिन् कि बिपिन साँच्चै फरक छ—अरूजस्तो गर्व वा स्वार्थ नभएको, तर खालि इमानदारीले भरिएको, स्वच्छ मन भएको।

कलेजमा कहिलेकाहीँ छुट्टीपछिको सांगीतिक कार्यक्रम, खेलकुद वा बाहिरी भ्रमण हुन्थ्यो। एक दिन, सपना र बिपिनको समूह डाँडाको फेदीमा पिकनिक मनाउन जान्छ। सबैजना हाँस्दै, गफ गर्दै, रमाइलो गरिरहेका बेला बिपिन सपना नजिक आउँछ र सोध्छ,

“तिमी किन सधैं खुशी देखिन्छ्यौ? कहिल्यै दुःखी हुँदिनौ जस्तो लाग्छ।”

सपना केही बेर मौन हुन्छिन् र भन्छिन्, “खुशी देखिनु मेरो बानी हो, बिपिन। तर म भित्र पनि केही खालीपन छ। तिमी जस्तै मैले पनि जीवनलाई राम्रो बनाउन संघर्ष गरिरहेकी छु।”

सपनाको यो जवाफले बिपिनलाई छुन पुग्छ। ऊ भित्रैदेखि सपनालाई अझ नजिकबाट बुझ्न चाहन्छ।

समयसँगै सपना र बिपिनको सम्बन्ध गहिरिँदै जान्छ। अब सपना बिपिनलाई धेरै कुरामा साथ दिन थाल्छिन्।

जब बिपिन कक्षामा केही बुझ्दैन, सपना धैर्यपूर्वक उसलाई सिकाउँछिन्। जब सपनालाई कुनै प्रोजेक्टमा समस्या आउँछ, बिपिन आफ्नो गाउँले ज्ञानको सादगीले समाधान दिन्छ।

दुवैजना यो कुरामा बेखबर हुन्छन् कि उनीहरूको मित्रता प्रेमतर्फ मोडिइसकेको थियो। सपनालाई बिपिनसँग हुँदा असल ऊर्जा महसुस हुन्थ्यो, र बिपिन सपनाको हरेक हाँसोमा आफ्नो संसार देख्थ्यो।

एक दिन, सपनाले बिपिनलाई एकदमै फरक ढंगले हेर्दै भन्छिन्,

“तिमी मेरो जिन्दगीको अनौठो हिस्सा बन्न थालेका छौ, बिपिन। तिमी बिना अब कलेजको कल्पना गर्न गाह्रो हुन्छ।”

बिपिन झस्किन्छ। उसको मनमा हल्का खुशीको लहर चल्छ, तर भित्र एक शंका पनि उठ्छ—”के सपना पनि मलाई मन पराउन थालिन् त?”

समयसँगै बिपिन र सपनाको मित्रता अझ गाढा हुँदै गयो। उनीहरू कलेजका प्रायः प्रोजेक्टहरू सँगै गर्दै थिए, पुस्तकालयमा सँगै पढ्न जान्थे, र चिया पसलमा रमाइला गफहरू पनि गर्थे। उनीहरूको सम्बन्ध कलेजका अन्य साथीहरूले पनि नोटिस गर्न थालेका थिए। केही साथीहरू ठट्टा गर्दै भन्थे, “सपना र बिपिनको जोडी त गज्जब सुहाएको छ।”

सपना मुस्कुराउँदै ती कुरा टार्ने गर्थिन्, तर बिपिनको मनभित्र भने ती शब्दहरूले गहिरो प्रभाव पारिरहेका हुन्थे।

समय बित्दै जान्छ…

कलेजमा वार्षिक उत्सवको तयारी हुँदै थियो। सबैजना आ–आफ्ना समूहमा विभाजित भई नृत्य, संगीत, र नाटकका अभ्यासमा व्यस्त थिए। बिपिन र सपना पनि एउटै नाटकमा सहभागी भए। नाटकको विषय थियो—”एक प्रेम कहानी”। संयोगवश, बिपिन नायक र सपना नायिकाको भूमिकामा परे।

नाटकको संवाद र रिहर्सल गर्दै जाँदा, बिपिनले महसुस गर्न थाल्यो कि उसले सपना प्रतिको माया अब लुकाउन सक्दैन। त्यो अभिनय मात्र थिएन—त्यो उसले अनुभूत गरिरहेको सत्य थियो।

बिपिनको मनभित्र एक गहिरो द्वन्द्व चलिरहेको थियो।
“के म सपनालाई माया गर्छु? तर ऊ यति उत्कृष्ट छे कि म जस्तो साधारण केटोले यो सम्बन्धको कल्पना गर्नु पनि उचित होला र?”

उसलाई डर थियो—यदि उसले माया व्यक्त गर्‍यो भने, उनीहरूको मित्रता बिग्रन सक्थ्यो। तर उसको मन बारम्बार भनिरहन्थ्यो, “केही न केही गर्नैपर्छ, नभए यो भावना सधैंका लागि मनभित्रै थन्किनेछ।”

कलेजको वार्षिक उत्सवको दिन बिपिनले अन्ततः मनको कुरा भन्नैपर्ने निर्णय गर्छ। ऊ सोच्दै थियो, “उत्सवको अन्तिम दिन सबै रमाइला मूडमा हुनेछन्, त्यो समय उपयुक्त होला।”

त्यो दिन नाटक सकिएपछि, बिपिनले सपनालाई केही टाढा बोलाउँछ। सपना अलिक अचम्म मान्दै सोध्छिन्,
“के भयो, बिपिन? आज तिमी निकै गम्भीर देखिन्छौ।”

बिपिन केही समय मौन बस्छ। बिस्तारै आफ्नो औँलाहरू चलाउँदै भन्छ,
“सपना, आज म तिमीलाई केही भन्न चाहन्छु—एउटा त्यस्तो कुरा जुन मैले लामो समयदेखि मनमा लुकाएर राखेको छु। अब म नलुकाउने निर्णयमा पुगेको छु।”

सपना झस्किन्छिन्,
“के कुरा हो, बिपिन? किन यति गम्भीर देखिन्छौ?”

बिपिनले गहिरो सास फेर्दै, हिम्मत जुटाएर भन्छ,
“सपना, तिमी मेरो लागि केवल साथी होइनौ। तिमी त्यो विशेष व्यक्ति हौ जसले मेरो जीवनको अर्थ नै बदलिदिएको छ। तिमी सँग हुँदा म सधैं प्रेरित महसुस गर्छु। म तिमीलाई माया गर्न थालेको छु, सपना। म चाहन्छु—हामी यो मित्रतालाई एउटा नयाँ रूप दिन सकौँ।”

सपना स्तब्ध भइन्। केही बेर उनले केही बोलिनन्। उनको अनुहारमा हल्का मुस्कान थियो, तर आँखा अलमलिएका थिए।

“बिपिन, म तिमीलाई माया गर्छु भन्ने कुरा मैले कहिल्यै सोचेकी थिइन। तिमी साँच्चै असल व्यक्ति हौ, र मलाई पनि तिमीसँग समय बिताउन धेरै रमाइलो लाग्छ। तर…”

“तर?” बिपिनले डराएको स्वरमा सोध्छ।

सपना अगाडि भन्छिन्,
“तर म यो कुरामा अलिकति समय चाहन्छु। म आफैंलाई बुझ्न चाहन्छु। मलाई आफ्नो जीवनको प्राथमिकता र भविष्यबारे अझ सोच्नुपर्छ। तिमी मेरो लागि धेरै महत्त्वपूर्ण छौ, बिपिन। तर म अहिले नै उत्तर दिन सक्दिन।”

बिपिनले सपना प्रति कुनै दबाब दिन चाहँदैन। ऊ मुस्कुराउँदै भन्छ,
“तिमी उत्तरको लागि समय चाहन्छ्यौ भने म प्रतीक्षा गर्न तयार छु, सपना। मलाई तिमीप्रति विश्वास छ।”

त्यस दिनपछि, सपनाले पनि बिपिनलाई फरक दृष्टिकोणले हेर्न थालिन्। बिपिनको सादगी र इमानदारिताले सपनालाई भित्रैसम्म छोइरहेको थियो।

केही हप्तापछि, सपना बिपिनलाई कलेज नजिकैको चिया पसलमा बोलाउँछिन्।
“बिपिन,” उनी भन्छिन्, “तिमीले भनेको कुरा मैले धेरै सोचें। मैले थाहा पाएँ कि तिमी मेरो जीवनको अति महत्वपूर्ण हिस्सा बनिसकेका छौ। म पनि तिमीलाई मन पराउँछु।”

त्यो दिन बिपिनको खुशीको सीमा नै रहेन। उनीहरूको सम्बन्ध अब मित्रतामा मात्र सीमित नरहेर प्रेमसम्बन्धमा परिणत भएको थियो।

बिपिन र सपनाको प्रेमसम्बन्ध कलेजभरि चर्चा हुन थाल्यो। उनीहरूको सम्बन्ध गहिरो हुँदै गएसँगै, उनीहरूले सँगै बिताएका पलहरू स्वर्णिम लाग्थे उनीहरूलाई। उनीहरूको संसार सानो थियो, तर सपना ठूला थिए। उनीहरूको कलेज जीवन प्रेमका सुन्दर क्षणले भरिएको थियो।

कक्षामा, बिपिन र सपना सधैं नजिकै बस्न थाले। साथीहरूले ठट्टा गर्न छोड्दैनथे। “अरे, सपना र बिपिनलाई अलग राख्न त प्राध्यापकले पनि हिम्मत गर्दैनन्,” भनेर कोही साथी हाँस्दै भन्थे।
सपना ती ठट्टाहरूलाई हल्का मुस्कानले टार्थिन्, तर बिपिन भने हल्का लजाउँथ्यो। कक्षा सकिएपछि उनीहरू प्रायः कलेज नजिकको पुरानो चिया पसलमा जान्थे। सपनाले मिठाईसहित चिया मगाउँथिन्, भने बिपिन त्यहाँको वातावरणको सौन्दर्यमा हराउँथ्यो।
“बिपिन, तिमी सधैं यति गम्भीर किन हुन्छौ?” सपना ठट्टा गर्दै भन्थिन्।
“किनभने तिमी मेरा लागि सधैं गम्भीर कुरा हौ,” बिपिन मुस्कुराउँदै उत्तर दिन्थ्यो।

एक दिन, सपना बिपिनलाई सोध्छिन्, “तिमी सधैं मलाई गाउँका कथाहरू सुनाउँछौ। तिमी कहिल्यै गाउँ फर्किन चाहन्छौ?”
बिपिनले गम्भीर हुँदै जवाफ दियो, “गाउँ मेरो जरा हो, सपना। तर म यहाँ आउनुको कारण छ। म चाहन्छु, म कुनै दिन आफ्नो गाउँलाई गर्व गर्न सक्ने बनाऊँ। तिमी सधैं मेरो साथमा रह्यौ भने, यो सपना पूरा गर्न अझ सजिलो हुन्छ।”

सपनाको मनमा यो कुराले झन् गहिरो स्पर्श गर्‍यो। उनी भित्रैदेखि महसुस गर्थिन् कि बिपिनको महत्वाकांक्षा उसको प्रेमसँगै बाँधिएको थियो।

कलेजमा हुने कार्यक्रम, भ्रमण र अभ्यासले उनीहरूको सम्बन्धलाई झन् बलियो बनाउँदै गयो।
सांगीतिक कार्यक्रममा, बिपिनले सपनाको मनपर्ने गीत गाएर सबैलाई चकित पारेको थियो। “यो गीत सपनाका लागि हो,” भन्दै गर्दा सबैले हुटिङ गरेका थिए।
खेलकुद सप्ताहमा, सपना दौड प्रतियोगितामा सहभागी भइन्। उनी दोस्रो स्थानमा आइन्, तर बिपिनले उनलाई स्वर्ण पदक पाएकी जस्तै गरी बधाई दियो।
प्रोजेक्ट प्रस्तुतिमा पनि उनीहरूको सहकार्यले सधैं उत्कृष्ट नतिजा ल्याउँथ्यो।

सपना र बिपिनको सम्बन्धले सहरको घामछायाँ पनि हेर्न थाल्यो। एक दिन, उनीहरू कलेजबाट फर्कंदै थिए। सहरको रमाइलो साँझ, चकमन्न सडक र चिसो सिरेटोबीच सपना अचानक बिपिनलाई भन्छिन्,
“तिमी मेरो जीवनको सबभन्दा विश्वासिलो व्यक्ति हौ। तिमी बिना मलाई मेरो दिन अधुरो लाग्छ।”

बिपिनले हल्का हाँस्दै उत्तर दियो,
“तिमी पनि मेरो जीवनको सबभन्दा सुन्दर हिस्सा हौ, सपना। म सधैं तिम्रो साथमा हुनेछु।”

यसरी नै दुबैबीचको माया बिस्तारै–बिस्तारै बढ्दै जान्छ।

एकदिन सपनाले बिपिनलाई सोधिन्, “बिपिन, हाम्रो भविष्य तिमीले कस्तो देख्छौ?”
बिपिनले केही बेर सोचेर भन्यो, “म तिमीलाई मेरो जिन्दगीको हरेक कदममा चाहन्छु। तिमी मेरो जीवनको प्रेरणा हौ। म तिमीलाई कहिल्यै दुख दिन्न। हामी सँगै राम्रो भविष्य बनाउनेछौं।”
सपना मुस्कुराउँदै भन्छिन्, “मलाई विश्वास छ, बिपिन। हामीले यो सपना साँचो बनाउनेछौं।”

तर जीवन सधैं प्रेमका मिठा क्षणमा मात्र सीमित हुँदैन। उनीहरूको सम्बन्धले पनि चुनौतीहरूको सामना गर्न थालेको थियो। सपनाको परिवारको परम्परागत सोच र बिपिनको साधारण पृष्ठभूमिले ती चुनौतीहरूको बीज रोपिसकेको थियो।

बिपिन र सपनाको प्रेम कथा देख्दा सहरको रौनक र कलेजका चम्किला दिनहरू झैँ रमाइलो लाग्थ्यो। तर, जीवन सधैं केवल मिठासले भरिएको हुँदैन। उनीहरूको सम्बन्धमा तुवाँलो जस्तो पहिलो बादल मन्डारिन थालिसकेको थियो।

एक दिन, सपनालाई उनको घरबाट फोन आयो। उनकी आमाले कडा स्वरमा भन्‍छिन्, “सपना, तिमी काठमाडौँमा पढ्न गएको छौ। तर हामीलाई त तिम्रो पढाइभन्दा अरू कुराको चिन्ता हुन थालेको छ। हामीले त सुनेका छौँ, तिमी कलेजको एउटा सामान्य परिवारको केटासँग नजिक छ्यौ। के यो कुरा सही हो?”

सपना केही बेर मौन रहिन्। त्यसपछि बोलिन्, “हो, आमा। बिपिन मेरो साथी हो र ऊ एकदमै असल व्यक्ति हो।”

उनकी आमाले तुरुन्तै प्रतिवाद गर्छिन्,
“सपना, हाम्रो परिवारको मान र प्रतिष्ठा ठूलो छ। तिमी यस्तो निर्णय लिन सक्दिनौ। हामी तिमीलाई कुनै सानो घरानाको केटासँग भविष्य जोड्न दिन सक्दैनौँ।”

त्यस रात सपना छटपटीमा सुत्न सकिनन्। उनलाई थाहा थियो—परिवारको सोच परिवर्तन गर्न गाह्रो हुनेछ। तर उनले मनमनै बिपिनलाई नछोड्ने प्रतिज्ञा गरिन्।

अर्को दिन, सपना कलेजमा बिपिनलाई भेट्छिन्। उनको अनुहारमा चिन्ताको गहिरो रेखा स्पष्ट देखिन्थ्यो।
बिपिनले सोध्यो, “सपना, के भयो? तिमी आज उदास देखिन्छ्यौ।”
सपनाले सबै कुरा सुनाइन्—उनको परिवारको धारणा, आमा-बुबाको दबाब, र परिवारको प्रतिष्ठाप्रतिको चिन्ता।

बिपिन केही बेर मौन बस्यो। त्यसपछि भन्यो,
“म तिमीलाई गाह्रो परिस्थितिमा राख्न चाहन्न, सपना। म तिमीलाई माया गर्छु, तर म चाहन्न कि मेरो कारणले तिम्रो परिवारसँग तिम्रो सम्बन्ध बिग्रियोस्।”

सपना तुरुन्तै प्रतिवाद गर्छिन्,
“त्यस्तो नभन, बिपिन! तिमी मेरो लागि अत्यन्त महत्वपूर्ण छौ। मैले मेरो परिवारलाई बुझाउने कोसिस गर्नेछु। म तिमीलाई गुमाउन सक्दिन।”

तर समाज पनि बिपिनको पक्षमा थिएन। बिपिन गाउँको साधारण परिवारबाट आएको थियो। उसलाई सहरमा संघर्ष गर्न कति गाह्रो परेको थियो, सपना जान्दथिन्। तर समाज र कलेजका केही साथीहरू चाहिँ बिपिनलाई कमजोर देख्न थाले। “सपना त ठूलो परिवारकी छोरी हो। बिपिनजस्तो केटोसँग उसको केही भविष्य छैन,” कोही फुसफुसाउँथे।

बिपिनले यी कुरा सुन्थ्यो, तर सपना प्रतिको उसको माया यति गहिरो थियो कि ऊ सोच्थ्यो—’सबै कुरा सहन्छु, तर सपनालाई छोड्दिन।’

केही दिनपछि…

बिपिन आफ्ना भावनाहरूसँग संघर्ष गरिरहेको थियो। ऊ सपना प्रतिको मायामा दृढ थियो, तर उसको मनभित्र एउटा डरले जरा गाडिसकेको थियो—”के म सपनाको परिवारको अपेक्षालाई पूरा गर्न सक्छु? के मेरो संघर्षले उसको जीवनलाई खुशी दिने छ?”

सपना भने हरेक दिन बिपिनलाई आश्वस्त पार्ने प्रयास गर्थिन्।
“तिमी मेरो लागि सबैभन्दा ठूलो प्रेरणा हौ, बिपिन। हामी यो संघर्ष सँगै जित्नेछौँ,” उनले भन्थिन्।

तर सपनाको परिवारले उनलाई बिपिनलाई छाड्ने निर्णय गर्न दबाब दिन थाल्यो। उनका आमा-बुबाले भनिरहेका थिए,
“हामीले तिमीलाई राम्रो शिक्षा दिएर यो दिनका लागि हुर्काएका होइनौं। हाम्रो इच्छा मानेर हामीले भनेजस्तो परिवारमा बिहे गर।”
सपना दिनदिनै दबाबमा परिन्।

एक दिन सपनाले बिपिनलाई भेटिन् र भक्कानिँदै भनिन्,
“म थाकिसकेँ, बिपिन। मेरो परिवारले ममाथि निरन्तर दबाब दिइरहेको छ। उनीहरू मबाट तिमीलाई टाढा राख्न चाहन्छन्। तर म तिमीलाई छोड्न चाहन्न।”

बिपिनले उनको हात समाउँदै भन्यो,
“सपना, म तिमीलाई माया गर्छु। तर यदि तिमीलाई यो सम्बन्धले केवल दुःख दिन्छ भने, म तिमीलाई बन्धनमा बाँधेर राख्न चाहन्न। तिमीले आफ्नो परिवारको खुशीका लागि निर्णय लिनुपर्छ।”

यो संवादले सपनाको मन भारी बनायो। परिवारको दबाब र समाजको मान्यताबीच उनी असमञ्जसमा परिन्। अन्ततः सपना आफ्नो परिवारको निर्णय स्वीकार्छिन् र एउटा सम्पन्न परिवारका युवकसँग विवाह गर्न सहमत हुन्छिन्।

बिपिनले यो खबर सुनेपछि भतभती पोलिने पीडा महसुस गर्‍यो। तर ऊ भित्रभित्रै सोच्दै थियो—”यदि सपना खुशी छ भने, म आफ्नो माया त्याग्न तयार छु।”

विवाहअघि सपनाले बिपिनलाई भेट्न चाहिन्। उनीहरू पुरानो चिया पसलमा गएका थिए। केहीबेर दुवै चुपचाप बसे। अन्ततः सपनाले भनीन्,
“माफ गर, बिपिन। तिमी मेरो जीवनको सबैभन्दा महत्वपूर्ण हिस्सा हौ। तर यो संसारले हाम्रो प्रेमलाई स्वीकार गर्न सकेन।”
बिपिन मुस्कुराउँदै भन्छ,
“तिमीले आफ्नो परिवारको निर्णय मानेकी छौ भने, म तिमीलाई दोष दिन्न। म सधैं तिमीलाई माया गरिरहनेछु। तिमी खुशी भए, म पनि खुशी हुनेछु।”

सपनाको आँसु रोकिएन। उनी अन्तिमपटक बिपिनलाई हेरिन् र आफ्नो बाटो लागिन्।

बिपिन र सपनाको प्रेमकथा कलेजका गल्लीमा मात्रै बाँकी रह्यो। सपना अर्को जीवनको यात्रामा लागिन्, तर बिपिनको मनले सधैं सपनाको सम्झना गरिरह्यो।
यसरी उनीहरूको प्रेम, जुन कलेजका दिनहरूमा सुरु भएको थियो, समाज र परिवारको दबाबले अधुरो रह्यो।
यो अधुरो भए पनि, अमर प्रेमको एउटा कथा बन्यो। बस्! अमर प्रेमको एउटा कथा बन्यो।

सपनाको यादमा धेरै समय पिडामा डुबेपछि, बिपिनलाई आफ्नो घर—”फुर्के” गाउँ फर्किन मन लाग्यो। उसले उतै केही काम गर्ने सोच बनाएर भोलिपल्टै गाउँ फर्क्यो।


ल, साथीहरू—आजको कथा यहीं सकिन्छ।

हजुरहरूले पनि कसैलाई माया गर्नुभएको छ भने, जतिसक्दो चाँडो आफ्ना परिवारलाई मन पराएको व्यक्तिको परिवारसँग चिनजान गराइहाल्नु है।

अहिलेलाई यत्ति भन्दै म बिदा हुन्छु। फेरि अर्को कथामा भेटौंला।
– समाप्त

नमस्ते, सबैजनालाई।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा बिपिन खनाल सपना

यो पनि पढ्नुहोस्...

कथा: पश्चाताप

सुरेशकुमार पाण्डेका पाँच लघुकथा

लघुकथा: नयाँ योजना

भूमिका गैरे तिमिल्सिनाका पाँच लघुकथा

लघुकथा: पलायन

रुद्र अधिकारी ‘निर्दोषी’ का पाँच लघुकथा

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

पाक्षिक लघुकथा अभियान – अंक ०७

कथा: पश्चाताप

कथा: सपना

कथा: पश्चात्ताप

पाक्षिक लघुकथा अभियान – अंक ०७

कथा: पश्चाताप

कथा: सपना

कथा: पश्चात्ताप

पाक्षिक लघुकथा अभियान – अंक ०७

भर्खरै

छन्द कविता: वियोगी धुन

बैशाख ३०, २०८२

कविता: आफ्नो लासको आफैँ मलामी

बैशाख ३०, २०८२

‶गरुराहाʺ उपन्यासमा एक दृष्टि – देवेन्द्र मिश्र

बैशाख २९, २०८२

गीति कविता: अटुट प्रेम

बैशाख २७, २०८२

कविता: आमा

बैशाख २७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.