Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

गजल श्रृङ्खला – १६

जेष्ठ १०, २०८२

मुक्तक श्रृङ्खला – ३६

जेष्ठ १०, २०८२

अनुभव

जेष्ठ १०, २०८२

दृष्टि

जेष्ठ १०, २०८२

आमा

जेष्ठ १०, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न

कथा घर हाईलाइट्स
हाम्रो कथा घरहाम्रो कथा घरबैशाख ९, २०८२867 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

काठमाडौं । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव भव्य रूपमा सम्पन्न भएको छ। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजित सो कार्यक्रम शनिबार ठमेल चि:वहालमा सम्पन्न भएको हो।

काव्योत्सवमा अग्रजदेखि अनुजसम्मका करिब तीन दर्जन कविहरूले आ–आफ्ना रचना वाचन गरेका थिए। कार्यक्रमको समुद्घाटन काठमाडौं महानगरपालिका–२६ का वडा अध्यक्ष ख्यामराज तिवारी, कवि तथा निर्देशक राजेन्द्र शलभ, र वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले पानसमा दीप प्रज्वलन गरी संयुक्त रूपमा गरेका थिए।

चि:वहाल परिवार, ठमेलको सह–आयोजनामा सम्पन्न उक्त काव्योत्सवमा वडा अध्यक्ष तिवारीले समाज सुधारमा कविको कलमले टेवा दिन सक्ने उल्लेख गर्दै साहित्यिक सहकार्यका लागि आफू सधैं तयार रहेको बताए।

कार्यक्रमका विशिष्ट अतिथि कवि, निर्देशक तथा गीतकार राजेन्द्र शलभले कविता वाचन गर्दै आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरे। अर्का विशिष्ट अतिथि वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले लोकगीत मार्फत विकृति र विसंगतिविरुद्ध दृढ आवाज उठाउनुपर्नेमा जोड दिए।

साहित्यकार स्नेह सायमीले चि:वहालको महत्वमाथि मन्तव्य दिँदै कविता सुनाएका थिए। त्यस्तै, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले प्रतिष्ठानले स्थापनाकालदेखि नै उल्लेखनीय साहित्यिक गतिविधिहरू गर्दै आएकोमा खुसी व्यक्त गरे।

कविता वाचन कार्यक्रममा सहभागी प्रमुख स्रष्टाहरूमा कृष्ण वाउसे, श्रीबाबु कार्की, डा. अनन्त अधिकारी, मधु पाठक, विमल भौकाजी, शकुन्तला जोशी, दियश रत्न शाक्य, देविका तिमिल्सिना, तारा केसी, विश्व सिग्देल, मुरारी सिग्देल, सुषमा आचार्य, दीपक चौलागाई, शशीश्री आचार्य, रुपा रिसाल, धर्म थापा ‘पुरुष’, राजुबाबु श्रेष्ठ, माधव विंडारी, लक्ष्मण सापकोटा, रमा अधिकारी ‘कादम्बरी’, गंगा थापा अधिकारी, मिनकुमार नवोदित, पूर्णबहादुर श्रेष्ठ ‘हृदयंकृत’, विष्णु थापा, गोविन्दराज पौडेल लगायत रहेका थिए।

कार्यक्रम सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता तथा महासचिव प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो। प्रतिष्ठानका उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

काव्योत्सवको सह–आयोजक चि:वहाल परिवार तथा पार्टनर ‘इ–खबर डटकम’ रहेका थिए। कार्यक्रममा कवि, लेखक र साहित्यप्रेमीको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा घर हाईलाईट्स कव्योत्सव साहित्यिक कार्यक्रम सुनकोसी वाङ्मय प्रतिष्ठान

यो पनि पढ्नुहोस्...

खनालको ‘मानिस किन बिदेसिन्छन्!’ सार्वजनिक

साहित्यसेवी विजय चालिसेसँग कथा यात्रा

दमन्ता खनाल स्मृति स्रष्टा सम्मानद्वारा तिवारी आमा सम्मानित

राजबाबु श्रेष्ठ ‘सागर’को कथासंग्रह ‘फिर्दोसको साँचो’ सार्वजनिक

साहित्य दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

फिर्दोसको साँचो लिएर चाँडै आउँदैछन् साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

कथा: पश्चात्ताप

भर्खरै

गजल श्रृङ्खला – १६

जेष्ठ १०, २०८२

मुक्तक श्रृङ्खला – ३६

जेष्ठ १०, २०८२

अनुभव

जेष्ठ १०, २०८२

दृष्टि

जेष्ठ १०, २०८२

आमा

जेष्ठ १०, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.