Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » खनालको ‘मानिस किन बिदेसिन्छन्!’ सार्वजनिक

खनालको ‘मानिस किन बिदेसिन्छन्!’ सार्वजनिक

कथा घर हाईलाइट्स
हाम्रो कथा घरहाम्रो कथा घरबैशाख १५, २०८२239 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

काठमाडौं। स्रष्टा मोदनाथ खनालको प्रबन्ध कृति ‘मानिस किन बिदेसिन्छन्!’ को लोकार्पण राजधानीमा एक विशेष समारोहबीच सम्पन्न भयो।

उक्त कार्यक्रममा पूर्वराजदूत तथा परराष्ट्रविद् डा. दिनेशराज भट्टराई, पूर्वमन्त्री चीनकाजी श्रेष्ठ, वरिष्ठ पत्रकार किशोर नेपाल, नेपाली कांग्रेसका नेता गुरु बराल, छविरमण सिलवाल, प्रा.डा. मुकुन्द लामिछाने, समालोचक ज्ञानु अधिकारी तथा स्रष्टा मोदनाथ खनालले संयुक्त रूपमा कृति विमोचन गरे।

कार्यक्रममा प्रमुख अतिथि भट्टराईले वाल्यकालदेखिका प्रसंगहरुदेखि लिएर नेपालका विविध विशेषताहरू समेटिएको यस कृतिले नेपालको वर्तमान राजनीतिक बेथिति उजागर गरेको र मानिसहरू बिदेसिनुका कारणहरू प्रष्ट पारेको बताए।

पूर्वमन्त्री चीनकाजी श्रेष्ठले वर्तमान नेपाली राजनीतिप्रति रोष प्रकट गर्दै भने, “राजनीति लोभीपापीहरूको अखडा बनेको छ। असल व्यक्तित्वहरू पछि पर्ने अवस्थाले देश दुरावस्थामा पुगेको हो। खनालजस्ता इमान्दार व्यक्तिहरूले नेपाल फर्केर राजनीतिमा सक्रिय हुनुपर्छ। सहि मान्छेले सहि ठाउँ नपाएर बिदेसिनु परेको वर्तमान यथार्थता हो।”

कांग्रेस नेता गुरु बरालले पनि राजनीतिक बेथिति प्रति असन्तुष्टि जनाउँदै नेताहरूको भनाइ र गराइमा ठूलो फरक रहेको बताए।

वरिष्ठ पत्रकार किशोर नेपालले कार्यक्रमलाई शुभकामना मन्तव्य दिँदै सम्बोधन गरे।

कृतिमाथि संक्षिप्त टिप्पणी गर्दै समालोचक ज्ञानु अधिकारीले भनिन्, “पुस्तकको शिर्षक नै मुर्त छ। आजको ज्वलन्त विषयलाई आत्मसात गर्दै सर्जकले भोगाइ र अनुभूति मार्फत लेखिएको कृति हो। यसमा बिदेसिएका नेपालीहरूको मनोदशा र दलहरूका अदूरदर्शिताले सिर्जिएको बाध्यता प्रस्ट्याइएको छ।”

प्रा.डा. मुकुन्द लामिछानेले कृतिलाई दार्शनिक चेतसहित लेखिएको बताउँदै भने, “मूलतः दर्शन र राजनीतिलाई विषयवस्तु बनाएर नेपालीहरू राजनीतिक कारणले बिदेसिन बाध्य भएका तथ्यहरू उजागर गरिएको छ। तीन ठूला दलहरूको अक्षम्यताको परिणामस्वरूप मानिसहरू बिदेसिन बाध्य भएका छन् भन्ने कुरा कृतिले स्पष्ट पारेको छ।”

कृतिकार मोदनाथ खनालले लेखन प्रक्रियाबारे अनुभव सुनाउँदै भने, “लेख्न थालेँ र किताब बन्यो। मेरो भोगाइ र अनुभूतिको अभिव्यक्ति हो यो कृति।”

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा कवि एवं सञ्चारकर्मी ठाकुर बेलवासेले सञ्चालन र प्रतिष्ठानका महासचिव कवि तथा नियात्राकार प्रदीप सापकोटाले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कवि छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा घर हाईलाईट्स कृति लोकार्पण मोदनाथ खनाल

यो पनि पढ्नुहोस्...

विद्युतकर्मी साहित्यिक समाजको आठौँ अधिवेशन विविध कार्यक्रमसहित सम्पन्न

साहित्यसेवी विजय चालिसेसँग कथा यात्रा

दमन्ता खनाल स्मृति स्रष्टा सम्मानद्वारा तिवारी आमा सम्मानित

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न

राजबाबु श्रेष्ठ ‘सागर’को कथासंग्रह ‘फिर्दोसको साँचो’ सार्वजनिक

साहित्य दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.