Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कथा: घरको मृत्यु

असार १७, २०८२

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » कथा: घरको मृत्यु

कथा: घरको मृत्यु

आख्यान - कथा
देबकी के. सी.देबकी के. सी.असार १७, २०८२505 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

देवकी के.सी.


सानुमाया उमेरले असी पुग्नै लाग्दा अनेकौँ रोगको घर बनेकी थिइन् । हर्करामको घरमा उनकी दुलही बनेर घर भित्रिँदा सानुमाया जम्मा सात वर्षकी मात्र थिइन् । हर्करामचाहिँ एघार वर्षका थिए । सानुमायाले त्यस घरमा जम्मा एघार जना सन्तान जन्माएकी थिइन्, जसमा सात जना छोरी थिए भने चार जना छोरा । जसमा तीन जना छोरा त जन्मिनेबित्तिकै मरेका थिए । बाँचेको भनेको एउटै छोरा सन्तराम थियो । सानुमायाले एघार सन्तान जन्माए पनि हालसम्म जीवित आठ सन्तान मात्र थिए । जीवनसाथी हर्करामले पनि साथ छाडेको एक दशक बितिसकेको थियो । सात जना छोरी र एक छोरा सन्तरामबाट सानुमाया हजुरआमासमेत बनिसकेकी थिइन् ।

आफ्नो जीवनकालमा सासु-ससुरा, बज्यै-सासु, बजे-ससुरा, लोग्ने, छोराछोरी लगायत ठूलो संयुक्त परिवार र अनेकौँ दुःख झेलेकी सानुमाया अब त्यो परिवारको विरासत थेग्ने एउटै मात्र ज्येष्ठ सदस्य थिइन् । सानुमाया जवान हुँदाखेरि उनको बज्यै-सासु, बजे-ससुरा, सासु, ससुरा र लोग्ने मिलेर ढुङ्गा-माटो, काँचो इँटा, काठ प्रयोग गरेर तीन तलाका तीनवटा घर र दुई तलाका दुईवटा गोठ निर्माण गरेका थिए । त्यही दुईवटा घर भत्काएर छोरा सन्तरामले आधुनिक घर बनायो । दुईवटा गोठमध्ये एउटा गोठ वर्षामा झरी पर्दा आफैँ भत्कियो । बाँकी एउटा गोठ अहिले वस्तुभाउ पाल्नै छाडेपछि रित्तो बनेको थियो । बाँकी रहेको एउटा घर पटक-पटक आएका ठूला भूकम्पले पनि हल्लाउन सकेको थिएन । तर पछिल्लो समय दुई हजार बहत्तर सालको महाभूकम्पले भने त्यो घरको पछाडितिर दुई हात जति चिरा पारेको थियो भने घर थोरै दायाँतिर ढल्केको थियो । त्यसो त त्यो माटोको घर यसो काठपात र थोत्रा सामान मिल्काउने गोदामजस्तो मात्र भएको थियो । सन्तरामले आधुनिक घर निर्माण गरेपछि सानुमाया पनि उतै आधुनिक घरमा बस्थिन् । त्यसैले पनि त्यो माटोको घर बेवास्ताको सिकार बनेको थियो । कुनै बेला मान्छेले भरिभराउ त्यो घर आज मुसाका लागि उफ्रने मैदान भएको थियो । कुनै बेला लितपोत गरेर चिटिक्क देखिने त्यो घर आज हेर्दै घिनलाग्दो र फोहोरी देखिन्थ्यो ।

आफ्नो लोग्ने हर्कराम, सासु-ससुराले कति दुःख गरेर ढुङ्गा-माटो आफैँले बोकेर बनाएको त्यो घर ! हर्करामले आफ्नै हातले काँचो इँटा पारेर बनाएको त्यो घर ! अनि आफैँले डँडाल्नुका छाला खुइलिने गरी ढुङ्गा-माटो र जङ्गलबाट काठ बोकेर बनाइएको त्यो घरको सानुमायालाई असाध्यै माया लागेर आउँथ्यो । त्यो घरले चर्चेको जमिन उही बेलादेखि नै साहुको थियो । मोही र तलसिङको भागमा जमिन बाँडफाँड गर्दा त्यो घर आधा सानुमायाको भागमा र आधा साहुको भागमा पर्न गयो । अब त आधा-आधा भागमा परेको त्यो घर राख्नुभन्दा भत्काएर जमिन बाँडफाँड गर्नु उचित थियो । त्यसो त त्यो घरलाई पनि सानुमायालाई जस्तै बुढ्यौलीले गाल्दै लगेको थियो । अनि पटक-पटकको भूकम्पले चिरा पारेर ह्वाङ्गै बाहिरबाट भित्र सबै देखिन्थ्यो । घरको पाली लचक्कै भासिएर घरको मूल ढोकै भत्किएको थियो भने घरका थाम र दलिनहरू प्रायः मक्किएका र भाँचिएका थिए । देख्नेजति सबैले “यो पुरानो घर कुन बेला भत्कने हो टुङ्गो छैन, यसले जुनसुकै बेला पनि समस्या ल्याउन सक्छ, बरु बेलैमा भत्काए राम्रो” भन्ने गर्दथे । हुन पनि सबैको कुरा सही नै थियो, त्यो घरको अवस्था नै त्यस्तै थियो ।

त्यो घर भत्काउनका लागि सन्तरामले पारि गाउँबाट दश जनाजति बलिया पाखुरा भएका केटाहरू ल्याउने निर्णय आमालाई सुनायो । घरको अवस्था देख्दा भत्काउनु नै बेस थियो । घर भत्काउने छोराको निर्णय सानुमायालाई पनि उत्तम नै लागेको थियो । तर कताकता आफूले त्यत्रो दुःख गरेर बनाएको त्यो सिर्जना आफ्नै हातले भताभुङ्ग पार्नुपर्ने अवस्था आएको सम्झेर सानुमायाको मन निकै अमिलियो । त्यो घरसित सानुमायाको सुख-दुःख, हाँसो-खुसी, लोग्नेको न्यानो माया, अनि एघार सन्तान जन्माउँदाको प्रसव पीडा र सङ्घर्ष सबै गाँसिएको थियो । प्रत्येक दसैँमा त्यो घरको बाहिर-भित्र आफ्नै हातले लितपोत गरेर चिटिक्क पारेको सम्झना अझै सानुमायाको मस्तिष्कमा लाहाछापजस्तै गाढा थियो । त्यो घरको प्रत्येक कुना-कुनामा उनी आफ्नो हाँसो, खुसी र आँसु सबै पोखिएको महसुस गर्थिन् ।

त्यसो त उनले त्यो घरलाई आफ्नै जीवनसित तुलना गरिरहेकी थिइन् । ‘जवानीमा यो घर पनि मेरा सन्तानले भरिभराउ थियो । सबैको माया र संरक्षणले उल्लासमय थियो । यसको रौनक नै बेग्लै थियो । जब यो बुढो हुँदै गयो, यसका अङ्गहरू मक्किँदै, चर्किँदै गए । भूकम्पले चिरा-चिरा पार्‍यो । यसको रौनक हावामा बिलायो । सबैले सुविधायुक्त आधुनिक गुँड निर्माण गर्न थालेपछि त यो सबैको नजरबाट टाढा भयो । यसको सुन्दरतामा कुरूपताको जालो टाँसियो । त्यस्तै, कुनै बेला जवानीमा म पनि कम्ती हराभरा थिइनँ । एघार सन्तान जन्माउँदा पनि बलिया थिए मेरा शरीरका अङ्गहरू । अहिले पो रोग र बुढ्यौलीले यो घरजस्तै म पनि गल्दै गएकी छु । बाहिर नदेखिए पनि भित्र-भित्रै मेरा अङ्गहरू कुहिँदै गएका छन् ।’ सानुमायालाई त्यो घर सम्झँदा मनमा यस्तै कुराहरू नागबेलीझैँ सल्बलाउन थाल्थे ।

भोलिपल्ट छोराले त्यो घर भत्काउन खेताला ल्याउने दिन थियो । अघिल्लो रात सानुमायाले सपनामा उही घर देखिन् । सपनामा आफू, लोग्ने र सासु-ससुरा सबै मिलेर रातो माटोले त्यो घर लितपोत गरेर चिटिक्क पारेको देखिन् । जब सपनाबाट उनी ब्युँझिइन्, उनले त्यो घरलाई धित मरुन्जेल हेरिन् । पारि गाउँबाट छोराले भोलिपल्ट बिहानै त्यो घर भत्काउन दश जना बलिया केटाहरू ल्यायो । उनीहरू हातमा औजारसहित घर भत्काउन तयारी अवस्थामा थिए । सानुमायाले सन्तरामलाई भनिन्, “छोरा, भत्काउनुभन्दा पहिले एक पटक यो घरलाई राम्रोसँग बाहिर-भित्र रातो माटोले लितपोत गरौँ न ! मेरो ठूलो इच्छा छ ।”

आमाको कुरा सुनेपछि छोराले भन्यो, “आखिर यो घर जसरी पनि भत्काउनु नै छ भने किन लितपोत गरेर समय खेर फाल्नु र आमा?”

उसको कुरा पनि गलत त थिएन । तर सानुमायाले जब सपनाको कुरा छोरालाई सुनाइन्, त्यसपछि उसले पनि आफ्नी आमाको इच्छालाई रोक्न चाहेन । आमाकै इच्छा पूरा गर्नका लागि उसले खेतालाहरूलाई रातो माटोले बाहिर-भित्र लितपोत गर्न लगायो । सबै जना गाउँलेहरू भत्काउनुपर्ने घर किन लितपोत गरेका होलान् भनेर अचम्मित हुँदै थिए । लितपोत सकेपछि घर साँच्चै सुन्दर देखियो । नयाँ लुगा, गहना र सिउँदोमा सिन्दूरले सजिएकी नवदुलहीझैँ देखियो त्यो अघिको कुरूप घर पनि ।

रातमा चाँदनीले सगरलाई उज्यालो बनाएझैँ घर पनि उज्यालो भयो । वर्षौंदेखि कचरा र मुसाले राज गरिरहेको घर बेहुलीझैँ देखियो । सानुमायाले त्यो घरलाई खुब हेरिन् । त्यो घरको सुन्दर स्वरूप हेरेपछि उनलाई आफ्नो अतीतको खुब याद आयो । उनले विगतमा आफूले त्यो घरमा बिताएका हरेक पललाई स्मरण गर्न थालिन् । उनका आँखाबाट खुसीका आँसु बग्न थाले । त्यो घरसँगका आफ्ना ती अतीत सम्झेर उनको मन नाच्न थाल्यो ।

“यो घर कुमारी थिई, अब यो बेहुली भई । यसको कर्म पनि पूरा भयो । मृत्यु अन्तिम सत्य हो । चाहे त्यो सजीव होस् वा निर्जीव, एक दिन सबैको मृत्यु हुन्छ । अब यो घरको पनि मृत्यु हुने समय आइसक्यो,” भन्दै सानुमायाले त्यो घरलाई धित मरुन्जेल हेरिन् । अनि एक पटक विगतको आफ्नो परिवारको मीठो साथ सम्झेर निकै भावुक भइन् । त्यसपछि जुरुक्क उठेर सन्तरामलाई भनिन्, “अब यो घरको मृत्यु नजिक आइसक्यो । अब तैँले यसको अन्त्येष्टि गर्ने कामलाई अगाडि बढा ।” र, उनी फुत्त आधुनिक घरको आफ्नो कोठामा पसिन् ।

आमाको आदेश पालना गर्दै सन्तरामले केही बेरअघि रातो माटोले लितपोत गरेर चिटिक्क पारेको त्यो घर खेताला लगाएर धमाधम भत्काउन लगायो । भत्काउँदा आएको ड्याङ-डुङ, ठ्याक-ठुक, ढ्याङ-ढुङ आवाज सानुमायाको कोठासम्म आइपुग्थ्यो । ती आवाज उनको कानसम्म आएर ठोकिन्थे । त्यो आवाज सुन्दा पनि सानुमायालाई भने अतीतको त्यो घरसँगको मीठो पल सम्झेर आँसु खस्न खोज्थ्यो । उनी आफ्नो मनलाई सम्झाउने कोसिस गर्थिन् ।

घर भताभुङ्ग पारियो । घरका ढुङ्गा, माटो, काँचो इँटा, जस्तापाता एकै ठाउँमा जम्मा गरियो । घरले चर्चेको जग्गाको भागबन्डा गरियो । यसरी त्यो घरको अन्त्येष्टि भयो, अर्थात् अन्त्येष्टि गरियो । त्यो घर भत्काइएदेखि सानुमायाले त्यो घर भएको ठाउँमा एक पटक पनि हेर्ने मन गरिनन् । यसरी घर भत्काएको दिन, हप्ता गर्दै महिना बित्यो । विस्तारै परिवार र गाउँका सबैले त्यो घरलाई पनि भुल्दै गए । बुढ्यौलीले सुधि सेलाउँदै गएको सानुमायाको मस्तिष्कले पनि त्यो घरको याद भुल्दै जान थाल्यो ।

एक दिन सानुमाया कोठामा एक्लै बसेर फतफताइरहेको सुनियो । उनी आफ्नै सुरमा भन्दै थिइन्, “ध्रुवसत्य त्यही हो र संसारको रीति पनि यही हो । हरेक चीजको जन्मसँगै मृत्यु पनि गाँसिएर आएको हुन्छ । अर्थात्, उत्पत्तिसँगै अन्त्य पनि भागमा लेखिएर आएको हुन्छ । जब कुनै चीजको अन्त्य हुन्छ, समय बित्दै जाँदा त्यसको याद पनि हराउँदै जान्छ । सायद यो घरको मृत्यु पनि त्यस्तै हो । कुनै दिन म पनि यो घरमा बुहारी थिएँ, सन्तानको सिर्जना गरेँ, रमाउँदै आफ्नो कर्म गरेँ । अहिले बुढ्यौलीले गाल्दै लगेको छ । कुन दिन ढाल्ने हो, थाहा छैन ! अनि यो घरको सम्झना जस्तै मेरो सम्झना पनि हराउँदै जानेछ । त्यसैले आज यो घरको मृत्युसँगै अब मेरो मृत्युले पनि पालो कुरिरहेको छ ।”

आफूले सिर्जना गरेको घरको मृत्युको पीडासँगै आफ्नै मृत्युको प्रतीक्षा गरिरहेकी सानुमायाको गुनासो सुन्ने त्यहाँ निर्जीव कोठाबाहेक कोही थिएन । ती निर्जीव कोठाका भित्ताहरू सानुमायाको गुनासो सुनेर पनि मौन रहन बाध्य थिए ।

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

कथा घरको मृत्यु देबकी के. सी.

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

छोटा कथा: गणतन्त्रको उपहार

लघुकथा: अदृश्य घाउहरू

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा : स्वच्छन्द

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

भर्खरै

कथा: घरको मृत्यु

असार १७, २०८२

पुस्तक समीक्षा : “उपद्रष्टा हर्कमान तामाङका पाना पल्टाउँदै जाँदा”

असार १४, २०८२

प्रेम

असार १४, २०८२

छर्रा

असार १४, २०८२

हुरी

असार १४, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.