Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

नवपुस्ता कथा: माटोका सन्तान | हाम्रो कथाघर

साउन १०, २०८२

लघुकथा: पैसा | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: इमेज | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

साउन ९, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » नियात्रा: जनकपुरको सेरोफेरो

नियात्रा: जनकपुरको सेरोफेरो

गैर आख्यान - नियात्रा
भूमिका गैरे तिमिल्सिनाभूमिका गैरे तिमिल्सिनाअशोज २२, २०८१1K Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

यात्रा शब्दमा ‘नि’ उपसर्ग लागेर बनेको हुँनाले नियात्रालाई निबन्धयात्रा भनेर पनि चिनिन्छ । नियात्रालाई यात्रासाहित्य, यात्रावृतान्त, यात्रावर्णन, यात्रासंस्मरण आदि शब्दले पनि चिनिन्छ । पूर्वीय र पाश्चात्य सन्दर्भमा नियात्रालाई यात्राकारको निजी अनुभव, स्थानगत अनुभूति, परिवेशगत परिचय आदिका माध्यमबाट सृजना गरिएको रोचक एवम् ज्ञानवर्दक साहित्यका रुपमा चिनिन्छ । यात्रा गतिशील हुँनुपर्छ । नियात्राका लागि आवश्यक निजात्मकता थपेर यात्रा अनुभव , दृश्यसंयोजन, गति र निजात्मक प्रस्तुतिले पनि अझ विशेष रुपमा चिनाएको हुन्छ । नियात्रा लेखनका लागि यात्रा गर्नु अनिवार्य हुन्छ । यात्राका क्रममा भेटिएका कुराहरुको टिपोट गरेर त्यसलाई रोचक एवम् कलात्त्मक तरिकाले प्रस्तुत गर्नुपर्छ । पाठकलाई लागोस् कि, यात्राकारसँगसँगै हिँडेको जस्तै अनुभव होस् । यथार्थ घटना र कल्पनाको मिश्रण हुनुपर्छ । लेखकीय इमान्दारीता र सूक्ष्म अवलोकनको महत्त्वपूर्ण भूमिका रहन्छ । निष्पक्षता, वस्तुगत, स्थूल कुराहरु प्रतिको सतही अवलोकन, साना – साना सूक्ष्म कुराहरुले गर्दा नियात्रालाई रोचक बनाउँछ । घटना सम्प्रेषणमा प्रभावकारिता हुनु आवश्यक हुन्छ ।

हामी गैंडाकोट नगरपालिका वार्ड नम्बर- ४ अन्तर्गतको “नमुना जागृति महिला समूह ” द्वारा धनुषा जिल्लामा अवस्थित जनकपुरधामको रामजानकी मन्दिर जाने निर्णय गर्यौ । मिति २०८० साल माघ २७ गते शनिबारका दिन बिहान ४:०० बजे ४२ जना दिदीबहिनीहरुसहित गाडी चढ्यौ । जसमा समूहकी सचिव, म लेखक स्वयम् ( भूमिका गैरे, तिमिल्सिना ) पनि उपस्थित थिएँ । हाम्रो यात्रा एकदिने अवलोकनीय भ्रमण रहेको थियो । हाम्रो गन्तव्य मिथिला राज्यको राजधानी जनकपुर राज्यको राजधानी जनकपुरधाम र सर्लाहीको भरतताल रहेको थियो ।

हेटौंडा जीतपुर, सिमरा बारा निजगढ, बकैँया पुल, बाग्मती सर्लाही, सिकौल, आँमखोला , चन्द्रनिगाहा, रौतहट, चन्द्रपुर, चाँदी खोला, मंगलपुर, खेलमैदान, कमैया, हरिवन नयाँरोड, बाईपुल, लालबन्दी , बस्तीपुर , बाँके पुल , गढन्ता पुल, बर्दीबास, महोत्तरी , मिथिला नगरपालिका हुँदै हामी करिब १०:०० बजे लालगढ पुग्यौं । हामीले गाडीभित्र दोहोरी गीतको आनन्द लिदैँ हाम्रो यात्रा अगाडि बढायौँ । लालगढमा पुगेर हामीले खाना खायौँ । करिब ११ : ०० बजे त्यहाँबाट गाडी चढ्यौँ । त्यसपछिको हाम्रो यात्रा धनुषा , ढल्केबरको आयल निगम, महेन्द्रनगरको आयल निगम, सपही, लक्ष्मीनिया हुँदै पिडारी चौक, जनकपुरको रेलवे लाइन, रामानन्द चोकबाट भित्र गयौं । हामी रामजानकीको मन्दिरतर्फ अगाडि बढ्यौं । हाम्रो गाडी रामजानकीको मन्दिर पुग्नुभन्दा केही अगाडिको बसपार्कमा रोकियो । जहाँ ठूलो क्षेत्रफलमा बसपार्क रहेछ । त्यहाँबाट हामीले आठओटा अटो लियौँ । सबैजना सँगसँगै उक्त अटोमा जानकी मन्दिरतर्फ अगाडि बढ्यौँ ।

सर्वप्रथम हामी जनकको कुटिया अवलोकन गर्यौँ । राजा जनकले आफ्नो भएको सम्पूर्ण सम्पति सबै रामजानकीलाई कन्यादानमा सुम्पिएको र आफ्नो नाममा त्यति कुटियामात्र राखेको जानकारी पायौँ । त्यसपछि राजा जनक त्यहीँ कुटियामा आएर बाँकी जीवन काटेको कुरा मन्दिरका पुजारीबाट थाहा पायौँ । त्यसपछि जनकको कुटिया अगाडिको धनुषकुण्डको अवलोकन गर्यौँ । गंगासागरमा हरेक साँझ गंगा आरती हुँने कुराको जानकारी पायौँ । त्यस पश्चात हामी छप्पनकोटी पुरुषोत्तम महाराजको मन्दिर जहाँ छप्पन्न देवीदेवताको मूर्ति रहेछ । त्यसको अवलोकन गर्यौँ । त्यस मन्दिर शान्त, सुन्दर विभिन्न देवीदेवताका मूर्ति हुँनुका साथै ऋषिको मूर्ति पनि रहेछ । जुन अत्यन्तै मनमोहक थियो । त्यसपछि हामी जानकीको मन्दिरतर्फ लाग्यौँ । जानकी मन्दिर अत्यन्त ठूलो क्षेत्रफलमा रहेको थियो । विशाल मन्दिर त्यसभित्र पनि विभिन्न देवीदेवताका मूर्तिहरु थिए । हवनकुण्डमा विभिन्न शुभकार्यहरु भइरहेका थिए । मन्दिर मुगल शैलीमा निर्माण भएका रहेछन् । विवाहमण्डप जहाँ जानकीको जन्मदेखि खेलेका , हुर्किएका कलात्मक तस्बिरहरु थिए । जहाँ पुरुषोत्तम रामले धनुष वाण चलाएको स्थान रहेछ । जानकीले धनुष उचालेको स्थान रहेछ । राम- जानकीको विवाह मण्डप, सातफेरो लिएको ठाउँ, विवाह भएको स्थान रहेछ । त्यसपछि शालिकरामको शिलासँगको लक्ष्मण मन्दिरको दर्शन गर्यौँ । त्यसपछि हामीसबै बाबा पशुपतिनाथको दोस्रो स्वरुप बाबा भूतनाथ स्वर्गद्वार मन्दिरको दर्शन गर्यौँ । त्यसपछि हामी राजा जनकको कूलदेवीको मन्दिरको दर्शन गर्यौँ । त्यसपछि हामी राजमाता शक्तिपीठ माँ राजदेवीको मन्दिरको दर्शन गर्यौँ । राम जन्मको अवसरमा हरेक चैतमा रामनवमी पूजा भव्य हुने रहेछ । मङ्सिर महिनामा रामजानकी विवाह उत्सव भव्य हुने कुराको जानकारी पायौँ । मिथिला सभ्यताको धरोहर रामजानकी मन्दिर तल्कालिन समयमा निर्माणाधीन अवस्थामा जम्मा नौँ लाखमा मन्दिर निर्माण भएकाले उक्त मन्दिरलाई नौँलखा मन्दिर भनेर पनि चिनिने रहेको कुरा जानकारी पायौँ । सबै मठमन्दिर दर्शन गरेपश्चात हामी खाजा खाएर त्यहाँबाट बेलुका ४:०० बजे निस्कियौँ । हाम्रो योजना धनुषा जिल्लाको जनकपुरधामको रामजानकी मन्दिरको दर्शन पश्चात सर्लाहीको भरततालको अवलोकन गर्नु रहेको थियो । गाडीमा हामीले सुन्तला खाँदै दोहोरी गाउँदै रमाइलो गर्यौ । सोही योजना अनुसार नै हामी बेलुका ५: ०० बजे भरतताल आइपुग्यौँ । अत्यन्तै सुन्दर, विशाल , पर्यटकीय दृष्टिकोणले मनमोहक रहेछ भरतताल । त्यहाँ साइकलिङ्ग, बोटिङको व्यवस्थित प्रबन्ध रहेछ । हामी पनि तालमा बोटिङ् गर्यौ । विभित्र ठाउँबाट आएका मानिसहरुको जमात भिन्न भिन्नै थियो । ताल वरिपरि मानिसहरुको फोटो, सेल्फी खिच्ने त्यो भिड देख्दा छुट्टै रमाइलोको आभास हुन्थ्यो । त्यो दृश्य देख्दा, लाग्थ्यो कि मानिसहरु आफ्नो व्यस्त जीवनबाट केही टाढा पुनर्ताजगी , रमाइलो गर्न आएका हुन् , जस्तो । सार्हौ रमाइलो माहोल थियो । अलौकिक दृश्यलाई आँखाभरि नियाल्दै हामी बेलुका ७:०० बजे त्यहाँबाट गाडी चढ्यौँ । त्यसपछि हामी बेलुका राती १०:०० बजे सबैजना सकुशल घरमा आइपुग्यौँ ।

अवलोकनीय यस्ता एकदिने भ्रमनणले गर्दा हामीलाई नजिकका धार्मिक स्थलहरुको धार्मिक महत्व, पौराणिक महत्त्व , ऐतिहासिक महत्व, पर्यटकीय महत्व बुझ्न सक्छौँ । हामी टाढा- टाढाको यात्रा गर्छौ तर ‘नजिको तिर्थ हेला भने झै ‘ हामीले नजिकका स्थानको महत्व बुझिरहेका हुदैनौँ । यस्ता धार्मिक, ऐतिहासिक, सांस्कृतिक , पर्यटकीय, पौराणिक महत्त्व बोकेका स्थलहरुको बारेमा जानकार रहनुपर्छ । आउने पिढीलाई पनि त्यस्ता क्षेत्रको बारेमा परिचय गराउँनु पर्छ । हाम्रै वरिपरि यस्ता कैयौं स्थानहरु छन् । जसको हामीले महत्व, गरिमा बुझ्नु आवश्यक छ ।

गैंडाकोट: ४, नवलपुर

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

जनकपुरको सेरोफेरो नियात्रा भुमिका गैरे तिमिल्सिना

यो पनि पढ्नुहोस्...

नियात्रा: स्वर्गको झलक बडिमालिका | हाम्रो कथाघर

निबन्ध: अनायासै लाग्ने माया र अनायासै जाग्ने घृणा | हाम्रो कथाघर

निबन्ध: ॐ को प्रभावबारे धर्म र विज्ञान के भन्छ?

निबन्ध : एउटा विशुद्ध प्रेम कथा

संस्मरण: दादा, तिमी किन रोएको? नरुनू, म छु…

संस्मरण: पञ्चायतविरुद्धको आन्दोलन र अधुरो अपेक्षा

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला – ११ | हाम्रो कथाघर

कथा: कम्युनिस्टहरू छद्मभेषी बनेपछि | हाम्रो कथाघर

कथा: मुक्कुमलुङ | हाम्रो कथाघर

पाक्षिक लघुकथा अभियान – अंक: १०

भर्खरै

नवपुस्ता कथा: माटोका सन्तान | हाम्रो कथाघर

साउन १०, २०८२

लघुकथा: पैसा | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: ऊ अझ हेरिरहेछ! | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: इमेज | हाम्रो कथाघर

साउन ९, २०८२

लघुकथा: समाजसेवी | हाम्रो कथाघर

साउन ९, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.