Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक चर्चा
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

Home » Blog » दुई लघुकथा: खराब/सुधार

दुई लघुकथा: खराब/सुधार

आख्यान - लघुकथा
लक्ष्मी रिजाललक्ष्मी रिजालपुस १, २०८१272 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest

(स्रोतकथा)
लघुकथा: खराब

– प्रतिज्ञा प्रतिज्ञा

“यसरी गर्नुहुँदैन, छोरी!”— उनले भने।

“के गरिछे र छोरीले?”— सन्ध्याले सोधिन्।

“घरिघरि बुबाको टोपी र चस्मा तान्ने गरिरहन्छे।”

“बिचरी सानी छे, अलिअलि चकचक त गरिहाल्छे। सहिदिँदा के हुन्छ?”— सन्ध्याले भनिन्।

“तिमीले गर्दा नै उसमा त्यस्तै बानीको विकास भएको छ,”— उनले प्रसंगलाई गम्भीर बनाउँदै भने।

सन्ध्याले विषय मोड्न खोज्दै भनिन्,— “भयो, कति रिसाउनुभएको! बरु जानुस् न, आँप टिप्न। अघि गएकी थिएँ, सकिनँ। नजिकै भएकोले टिपेर ल्याइदिनुस्।”

थोरै समयपछि उनले आँप टिपेर ल्याए। सन्ध्याले आँपलाई राम्ररी नियालीन् ।

“के हेरेको त्यसरी?”— उनले प्रश्न गरे।

“हेर्नुस् त, बुढा! त्यो रुख नै खराब हो कि जस्तो लाग्यो। टिपेका फल सबै बिग्रिएका रहेछन्,”— सन्ध्याले चिन्तित हुँदै भनिन्।

सन्ध्याको कुरा सुनेपछि उनको अनुहार अँध्यारो भयो। यो देखेर सन्ध्याले सोधिन्,— “के भयो, बुढा?”

उनले गहिरो स्वरमा भने,— “छोरीमा पनि खराब बानी छ भनेर कसैले हामीलाई यस्तै भन्यो भने?”
~~~०००~~~
(उत्तरकथा)
लघुकथा: सुधार

– लक्ष्मी रिजाल
[ रुपनगर, सप्तरी ]

सन्ध्याको भनाइले उनको मनमा गहिरो घाउ बनायो। छोरीका साना चकचकलाई आफूले गलत दृष्टिकोणले हेरिरहेको भन्ने कुरा उनले सोच्न थाले।
रातभरि उनि आफ्नो मनको भारीसँग संघर्ष गरिरहे। सानो छोरीका साना बानीहरूलाई ठूला गल्ती ठान्दै सधैं गुनासो गरिरहने आफ्नो स्वभाव परिवर्तन गर्नुपर्छ भन्ने कुरा उनलाई महसुस भयो।

भोलिपल्ट बिहान सन्ध्या भान्सामा थिईन्।
“सन्ध्या, छोरी कता छे?”— उनले सोधे।

“कोठामा खेलिरहेकी छे।”

उनी छोरी भएको कोठामा गए। छोरीले बुबाको टोपी र चस्मा लगाएर झर्केझर्के अनुहार बनाउँदै थिई।
“ए, मेरी सानी नानी, के गरिरहेकी छ्यौ?”— उनले हाँस्दै सोधे।

छोरीले मुस्कुराउँदै भनिन्,— “म बुबा भएजस्तो गर्दै छु।”

छोरीको उत्तरले उनको आँखामा आँसु ल्यायो।
“मेरो नानी त मेरो जस्तै बन्न खोजिरहेकी रहिछे। तर म त तँलाई राम्रो उदाहरण दिन असफल भएँछु। अब म आफूलाई सुधार्छु, ताकि तँ राम्रो बानीको मान्छे बन्लिस्।”

त्यसपछि उनले छोरीलाई आफ्नो काखमा राखेर माया गरे।
सन्ध्या भान्साबाट यो दृश्य हेरिरहेकी थिईन्। उनी मुस्कुराउँदै कोठामा आइन्।

“अचम्म! आज तपाईंको स्वभाव फेरिएको देख्दा खुसी लाग्यो।”— सन्ध्याले भनिन्।

“हिजो तिमीले भनेको खराब रुख र बिग्रिएको फलको कुराले मेरो मनमा घोच्यो। मैले बुझें, हामीलाई आफ्नो छोरीलाई दोष दिनुभन्दा पहिला आफूलाई सुधार्न जरुरी छ।”

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

लक्ष्मी रिजाल लघुकथा

यो पनि पढ्नुहोस्...

कथा : स्वच्छन्द

कथा: प्रेमको घोषणापत्र

कथा: निर्मलाहरू

लघुकथा: प्रतिप्रश्न

छोटा कथा: गणतन्त्रको उपहार

लघुकथा: अदृश्य घाउहरू

raj shrestha book
♈ दैनिक राशिफल ♎

विशेष

कथा: निर्मलाहरू

फिर्दोसको साँचोमा के छ त्यस्तो नयाँ? बुझौँ लेखकबाटै

कथा: पश्चाताप

कथा: सपना

भर्खरै

हाम्रो कथाघर डट कम दोस्रो वार्षिकोत्सव

असार २, २०८२

कथा : स्वच्छन्द

जेष्ठ २१, २०८२

कविता: म साक्षर उज्यालोको खोज्दै छु

जेष्ठ २०, २०८२

कविता: समय पीडा

जेष्ठ २०, २०८२

स्मार्ट कविता श्रृङ्खला – ३७

जेष्ठ १७, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.