एक हप्ताकाे हाेस्टेल छुट्टी पछि छाेरा राजुलाई लिएर लता स्कुलकाे हाेस्टेल गेटमा पुगिन्। गेटमा सुरक्षामा खटिएका पाले दाइले विद्यार्थी र उनीहरूकाे सामान चेक गर्दै हाेस्टेलभित्र पठाउँदै थिए।
गेट नजिकै उभिएर राजुकाे साथी प्रकाशलाई उनकी आमाले भन्दै थिइन् –
“बाबु! हाेस्टेलमा नमिठाे पकाउँलान् न खानु। कुखुराकाे मासु पाक्याे भने नखानु ।खसीकै चाहिन्छ भन्नु । दुध, फलफूल नियमित दिन्छन् कि दिदैनन्? आफुलाई मन नपरेकाे तरकारी पाक्याे भने तुरून्तै भन्नु । नुन कडा कम हाेइन ठिक्क बना भन्नु ।”
मैले भनेकाे बुझिस्! भन्दै छाेरालाई सम्झाउँदै थिइन्। छाेरा चाहिँ बुझे -बुझे भन्दै खुर्र दाैडेर राजुसँगै हाेस्टेल भित्र छिर्याे।
गेटकाे छेउनेर कुनामा बबिन आमालाई गुनासाे पाेख्दै रहेछ। उनी पनि आफ्नाे छाेरालाई सम्झाउँदै थिइन्;
SEE भनेकाे आइरन गेट हाे। राम्राेसँग पढ्नु नबुझेका कुरा सर, म्याडमसँग साेध्नु। घरमा त सधै एकनास हुँदैन। कहिले मिठाे कहिले नमीठाे पाक्छ। यहाँ जमात ठुलाे छ। नुन कम, बढी, मिठाे, नमिठाे भनेर अपजस नदिनु। साथीहरूसँग मिलेर बस्नु है बाबु !”
दुई परिवार बिचमा भएका आमा छाेराकाे कुराकानी सुनेर लता छक्क परिन् र साेचिन्-
“घरै पिच्छे बच्चालाई दिने संस्कार र शिक्षा फरक फरक पाे हुँदो रहेछ।”
– तारा के.सी
काठमाडौं ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।